मङ्सिर १९, काठमाडौं । काठमाडौंमा सवारी जामको समस्या अन्त्यका लागि महत्वपूर्ण चार ट्राफिक नियम परिवर्तन गरेर कडाइ गरिने भएको छ ।

यातायात व्यवस्था विभाग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १९, काठमाडौं । काठमाडौंमा सवारी जामको समस्या अन्त्यका लागि महत्वपूर्ण चार ट्राफिक नियम परिवर्तन गरेर कडाइ गरिने भएको छ ।

यातायात व्यवस्था विभाग "/>

2026-07-09 11:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् ट्राफिक नियममा गरिएका चार महत्वपूर्ण परिवर्तन

2016-12-04

मङ्सिर १९, काठमाडौं । काठमाडौंमा सवारी जामको समस्या अन्त्यका लागि महत्वपूर्ण चार ट्राफिक नियम परिवर्तन गरेर कडाइ गरिने भएको छ ।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले बनाएको नियम यो नियम रिंगरोडभित्र लागू हुनेछ । सवारी चापको समयमा केही प्रयोजनका गाडीलाई अब रिंगरोडभित्र समय तोकेर निषेध गर्नेदेखि सवारीको जथाभावी मोड्ने प्रवृत्तिमाथि अंकुश लगाउने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए ।  सुरुमा प्रचार–प्रसार गरेर यो नियमबारे जनतालाई सचेत गराइनेछ र, निश्चित समयपछि लागू गरिनेछ ।

१. राइट साइडमा मोड्न नपाइने

अहिले ट्राफिक प्रहरीले लेनको नियम नमान्नमाथि कारवाहीको चिट थमाइहाल्छ । अब लेन अनुशासनलाई थप कडाइ गर्न सवारीलाई जथाभावी दायाँतर्फ मोड्न बन्द गर्ने निर्णय भएको छ ।

अहिले सवारी गइरहेको साइडभन्दा पारिपट्टीको बाटो प्रयोग गर्न बिपरित लेन हुँदै सवारी क्रस गरेर जाने प्रचलन छ ।

सवारी फर्काउन पनि विपरित लेनमा जथाभावी दायाँ मोड्ने गरिएको छ ।

तर, अब नयाँ नियम लागू गरेर यसमा कडाइका साथ रोक लगाइनेछ । सवारीहरुले ट्राफिक आइल्याण्डबाट मात्रै राइटसाइड मोड्न सक्नेछन् । जथाभावी दायाँ मोड्न दिँदा सवारी जाम बढेको र ट्राफिकलाई पनि हैरानी भएको यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको दाबी छ । ट्राफिक आइल्याण्ड नभएका क्रसिङ बाटोमा अब राइट मोडेर विपरित दिशाको सडकतर्फ जान पाइने छैन ।

उदाहरणका रुपमा बानेश्वरबाट सिभिल हस्पिटल जानेहरु सवारी अहिले यातायात व्यवस्था विभाग आसपासका लेन चेञ्ज गर्ने ठाउँबाट पारी जान्छन् । तर, अब ट्राफिक प्रहरीले यसरी मोडेर बाटो क्रस गर्न दिने छैन । अब ट्राफिक आइल्याण्डबाटै राइट मोडेर आउनुपर्ने हुन्छ ।  तर, यो नियमले आम सर्वसाधारणलाई निकै असहज हुनसक्छ ।

२. पुलमुनिका सडक खोलेर प्रयोगमा ल्याउने

विभाग र ट्राफिकले अब पुलमुनीका सडकलाई अधिकतम् रुपमा प्रयोगमा ल्याउने निर्णय पनि गरेका छन् ।

अब सबै पुलमुनिका बाटाहरु खोलिने भएको छ । पुलमुनीका सडक प्रयोगमा आउँदा जाम कम हुने र करिडोरका सडकमा पनि सवारी गुडाउने क्रम बढ्ने विश्वास गरिएको अधिकारीहरुले बताए ।

सडककै दुबै लेनतर्फबाट पुललाई क्रस गरेर खोलिएका सडकको प्रयोग बढाउन पनि राइट टर्न लिन बन्द गर्नुपरेको प्रवक्ता पाण्डेले बताए ।

अहिले उपत्यकामा थुप्रै त्यस्ता पुल छन्, जसको मुनिबाट क्रस रोडहरु क्रस छन् । यस्ता सडक प्रयोगमा ल्याउँदा सडकमा चाप कम पर्ने र ट्राफिक ब्यवस्थापन कम हुने अपेक्षा गरिएको छ ।

३. स्कुल बसलाई समयसीमा

नयाँ नियम अनुसार अब विद्यालयका बसहरुलाई पनि सडकमा ‘अफिस टाइम’मा गुड्न नदिइने भएको छ ।

स्कुल बसहरुले ९ बजेअघि नै विद्यार्थीलाई विद्यालय पु¥याइसक्नुपर्नेछ र ४ बजे अघि नै विद्यार्थी फर्काएर स्कुल बस विद्यालयमा आइसक्नुपर्नेछ ।

अर्थात विहान ९ बजेभित्र स्कुलबस स्कुल हाताभित्र प्रवेश गरिसकेकेको हुनुपर्नेछ भने भने बेलुका ४ बजेपछि पनि स्कुल बस सडकमा आउन पाउने छैनन् ।

अहिले उपत्यकामा झण्डै ३ हजारभन्दा बढी स्कुल बस रहेको अनुमान छ । अन्य भाडाका सवारीले पनि स्कुल बसका रुपमा विद्यार्थी बोक्ने गरेका छन् । अब स्कुल बस धेरै ट्राफिक जाम हुने समयमा सकडमा गुड्न पाउने छैनन् । यो नियम कडाइका साथ लागू गर्ने तयारी छ ।

४. डेलिभरी भ्यानमा पनि कडाइ

ट्राफिक प्रहरीले अब खानेपानी बोक्नेबाहेक अन्य डेलिभरी भ्यानलाई पनि ‘अफिस टाइम’मा रिंगरोडभित्र चलाउन नदिने भएको छ ।

विभिन्न सामग्रीको ढुवानीका लागि चल्ने साना भ्यान तथा गाडीलाई बिहान ९ बजेदेखि ११ बजेसम्म चल्न नदिइने भएको छ । यसैगरी अपहरान्ह ४ देखि बेलुकी ६ बजेसम्म पनि यस्ता भ्यान चल्न नदिने निर्णय भएको छ ।  

अब मुख्य जाम हुने समयमा डेलिभरी भ्यान तथा गाडीहरु सडकमा आए ट्राफिक प्रहरीले कारवाही गर्नेछ । ट्रापिक  प्रहरीले अब पैदलयात्रुले जेब्राक्रसिङबाटै बाटो काट्ने वातावरण बनाउन पनि विशेष प्रयास गर्ने बताएको छ । अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू