मंसिर २१, काठमाडौ | संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि सत्तापक्ष र प्रतिपक्षबीच चर्किएको विवादका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २१, काठमाडौ | संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि सत्तापक्ष र प्रतिपक्षबीच चर्किएको विवादका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकम"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको अवरोधका कारण लोकमानको महाअभियोग प्रस्ताव अलपत्र

२०७३, २१ मंसिर मंगलवार ०२:०७

मंसिर २१, काठमाडौ | संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि सत्तापक्ष र प्रतिपक्षबीच चर्किएको विवादका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगसम्बन्धी कारबाही प्रक्रिया अलपत्र परेको छ । 

कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको संसदको पूर्ण बैठकमा छलफल सकेर महाअभियोग सिफारिस समितिमा पठाउने काम संसद् अवरोधका कारण अल्झिएको छ । प्रमुख प्रतिपक्षी एमालेले सरकारले पेस गरेको संविधान संशोधन प्रस्ताव ‘राष्ट्रघाती’ भएको आरोप लगाउँदै गत बिहीबारदेखि निरन्तर संसद् अवरोध गरिरहेको छ ।

कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव एमाले र माओवादी केन्द्रका सांसदहरूले दर्ता गराएका हुन् । संसद्ले महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची नियमित रूपमा राख्दै आएको छ तर बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका नेताहरूले बोलेर संसद्मा विरोध प्रदर्शन गर्ने गरेकाले कार्यसूची अघि बढ्न पाएको छैन । ‘सरकारले असंवैधानिक तरिकाले अदालतको समेत अपमान गर्दै संविधान संशोधन प्रस्ताव अघि बढाएकाले हामीले बाध्य भएर सदनमा विरोध गर्नुपरेको छ, त्यसैले उक्त प्रस्ताव फिर्ता नहँुदासम्म हाम्रो विरोध रहन्छ,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले  भने, ‘त्यही कारण महाअभियोग प्रस्तावसम्बन्धी कार्यसूची पनि अघि बढ्न नसकेको हो, संसद् खुल्ने गरी सरकारले वातावरण बनाउनेबित्तिकै प्रस्ताव अघि बढ्छ ।’

उनले महाअभियोग प्रस्तावलाई छिटो अघि बढाउनुपर्छ भन्ने पक्षमा आफूहरू पनि रहेको र सरकारले जिम्मेवार भएर सदन खुलाउने वातवारण बनाएपछि यो प्रस्ताव अघि बढ्ने दाबी गरे । ‘यसलाई अघि नबढाउनुपर्ने अन्यथा कुनै कारण छैन, सरकार संविधानकै प्रतिकूल उत्रिएकाले मात्र हामीले सबै काम रोकेर सदनमा संघर्ष गर्नुपर्ने अवस्था आएको हो,’ ढकालले भने । – यो कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा