२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवाको विज्ञापनमा दरखास्त दिने घटे

२०७३, २७ मंसिर सोमबार ०२:२४

मंसिर २७, काठमाडौँ । देशमा बेरोजगारीको समस्याले विदेशिने युवाको सङ्ख्या बढ्दो छ तर लोक सेवा आयोगले १२६ वटा विज्ञापनबाट १७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन ।

आर्थिक वर्ष २०७२र७३ का लागि गरिएको विज्ञापनमा खुला, आन्तरिक, समावेशी सबैमा दरखास्त नपरेको जानकारी आयोगले दिएको छ । दलित, अपाङ्ग, महिला, मधेसी, जनजातिका लागि समावेशीतर्फ छुट्टाइएका पदहरूमा समेत दरखास्त परेनन् ।

आयोगले लिएको परीक्षामा अन्तर्वार्तामा छनोट भएका ५५ पदमध्ये २० पदमा कुनै उम्मेदवारको सिफारिस हुन सकेन । यस्तै, १० वटा विज्ञापनबाट २६ पदका लागि दरखास्त परी लिखित परीक्षा सञ्चालन भएकोमा कुनै पनि उम्मेदवार परीक्षा दिन आएनन् ।

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले कुल १२६ वटा विज्ञापनबाट १७२ पदका लागि दरखास्त आह्वान गरिएकोमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको बताए । कोइरालाले भने , ‘‘दरखास्त नपर्नुको मुख्य कारणमा सम्बन्धित पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता नपुग्नु, तल्लो तहमा कार्यरत कर्मचारीको माथिल्लो पदमा दरखास्त दिने अवधि नपुग्नु, सम्बन्धित पदका लागि अनुभव नहुनु र यस्ता जनशक्ति बाहिर कतै व्यस्त रहनुले पनि दरखास्त नपरेको हो । ’’

आयोगको सूचना तथा प्रकाशन शाखाका शाखा अधिकृत नारायण पोखरेलले शैक्षिक योग्यता तोक्ने, सेवा समूह सञ्चालन गर्ने कार्य सम्बन्धित मन्त्रालयले हो, सेवा प्रवेश गरेकाले आफ्नो योग्यता वृद्धि गर्न नसक्नु पनि दरखास्त नपर्नुको कारण भएको बताए ।  गोरखापत्र ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा