२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युत प्राधिकरणको एमडी बनाइदिन ऊर्जामन्त्रीलाई १० करोड अफर !

२०७३, २९ मंसिर बुधबार ०२:२६

मंसिर २९, काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन आफूलाई १० करोड रुपैयाँ घुस अफर आएको बताएका छन् । पाँच जना व्यक्ति १० करोडको अफर लिएर आफूकहाँ आएको तर, आफूले त्यसलाई अस्वीकार गरिदिएको उनले बताए ।

मोरङको रंगेलीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘मैले त्यस्तो अफर स्वीकार गरेको भए तपाईंहरु जस्तो उद्योगपति म पनि हुनसक्थें हुँला तर मैले त्यो बाटो रोजिन । परिणामस्वरुप आज जनताको घर आँगन झिलिमिली भएको छ ।’

उनल आफूले व्यक्तिगत स्वार्थलाई भन्दा जनताको सेवा गर्ने कार्यलाई एक सुत्रीय नारा बनाएर अघि बढेकाले त्यस्तो अफर अस्वीकार गरेको बताए ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव अनुप उपाध्यायले लोडसेडिङ हटाएर जनताबाट पाएको वाहवाही र सदभावलाई कायम राख्न कडा मेहेनतका साथ लागिपर्न कर्मचारीहरुलाई निर्देशन दिए । ऊर्जामन्त्रीको कुशल राजनीतिक नेतृत्व र कार्यकारी निर्देशकको सक्षम व्यवस्थापनको कारण लोडसेडिङ हटेको भन्दै उनले यसलाई सुख्खायाममा पनि निरन्तरता दिन फिल्डमा खट्ने कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

लोडसेडिङ न्यूनिकरण होइन, अन्त्यः कुलमान

यसैबीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ न्यूनिकरणको कार्ययोजनालाई लोडसेडिङ अन्त्यको कार्ययोजनामा बदल्ने उदघोष गरेका छन् ।

प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेले काठमाडौंमा पत्रकार सम्मेलन गरी फागुनदेखि बैशाखसम्म काठमाडौंमा लोडसेडिङ नभए कुनै पनि सार्वजनिक पद धारण नगर्ने चुनौति दिँदै गर्दा वर्तमान कार्यकारी निर्देशक घिसिङले सो उदघोष गरेका हुन् ।

मोरङ व्यापार संघले आयोजना गरेको अन्तर्क्रियामा उनले लोडसेडिङ न्यूनिकरण अभियानमा प्राधिकरणले सफलता हात पारेको भन्दै अब मुलुकबाट लोडसेडिङ पूर्णरुपमा अन्त्य गर्ने उत्साह मिलेको बताए । उनले यो अभियानमा सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रहसमेत गरे । – अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा