पुस २, काठमाडौं । असरल्ल फोहोरको डंगुर, सवारीसाधन, उद्योग र कलकारखानाले फ्याँक्ने कालो धुवाँ, चौडा गराउने नाममा भत्काएर अलपत्र पारिएका सडकबाट बुङ्बुङ्ती उड्ने धु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २, काठमाडौं । असरल्ल फोहोरको डंगुर, सवारीसाधन, उद्योग र कलकारखानाले फ्याँक्ने कालो धुवाँ, चौडा गराउने नाममा भत्काएर अलपत्र पारिएका सडकबाट बुङ्बुङ्ती उड्ने धु"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुवाँधुलोको राजधानी, सास फेर्नै कठिन

२०७३, २ पुष शनिबार ०३:०६

पुस २, काठमाडौं । असरल्ल फोहोरको डंगुर, सवारीसाधन, उद्योग र कलकारखानाले फ्याँक्ने कालो धुवाँ, चौडा गराउने नाममा भत्काएर अलपत्र पारिएका सडकबाट बुङ्बुङ्ती उड्ने धुलोबाट प्रदूषित वायुका कारण दिक्कलाग्दो दैनिकी बनेको उपत्यकावासीको स्वास्थ्यमा समेत घातक असर पर्न थालेको छ । नियन्त्रणका लागि प्रभावकारी कदम नचालिए उपत्यकावासीको मृत्युको पहिलो कारक प्रदूषित वायु नै बन्ने चेतावनी चिकित्सकले दिएका छन् ।

कठ्याङग्रिँदो मौसमसँगै अत्यधिक धुलोधुँवा सामान्य मास्क र चस्माले छेक्न नसक्ने भएको छ भने कपडा, अनुहार, शरीर र कपालसमेत कुरूप बन्दै गएको छ । धोएको कपडासमेत सफा लगाउने मौका कमैले पाउन थालेका छन् । धुवाँधुलोले अनावश्यक पानी र साबुनसमेत खर्च गर्न बाध्य अधिकांशको समय सडकमा पानी छ्याप्न, पसल वा घरका सामग्रीमा टाँसिएको धुलो पुछ्नै बित्न थालेको छ । महत्वपूर्ण काम गर्न नपाउँदा तनावग्रस्त बन्न थालेको छ उनीहरूको जीवन । तनावसँगै अनेकौं घातक रोग देखापर्न थालेका छन् ।

धुवाँधुलोका कारण अत्यधिक प्रदूषित कार्बनले बटुवामात्र होइन, घरमै बस्नेमा पनि रुघाखोकी, एलर्जी, दिक्दारी, कामको लगावमा कमी, थकाइ लाग्ने, अनुहारमा दाग आउने, कालोपोतो र डन्डीफोर आउने, कपाल सुक्खा हुने र झर्ने, छाला फुस्रो हुनेलगायत समस्याबाट ग्रसित हुनु नियति नै बनिसकेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ प्राध्यापक डा.करवीरनाथ योगी उपत्यकाको धुवाँधुलोले मानिसको सौन्दर्यसँगै स्वास्थ्यमा समेत घातक असर पारेको र यसले धेरैको ज्यान लिने क्रम बढेको बताउँछन् । – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा