पुस ४, काठमाडौं | सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका देशमा तस्करहरूले नयाँ रुटमार्फत पठाउने गरेको पाइएको छ। सो गिरोहका तीन सदस्य पक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ४, काठमाडौं | सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका देशमा तस्करहरूले नयाँ रुटमार्फत पठाउने गरेको पाइएको छ। सो गिरोहका तीन सदस्य पक्र"/>
2026-07-09 11:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली महिला तस्करी हुने नयाँ रुट पत्ता लाग्यो

पुस ४, काठमाडौं | सरकारले वैदेशिक रोजगारीका लागि नेपाली महिलालाई पठाउन प्रतिबन्ध लगाएका देशमा तस्करहरूले नयाँ रुटमार्फत पठाउने गरेको पाइएको छ। सो गिरोहका तीन सदस्य पक्राउ परेपछि रुटबारे खुलासा भएको हो। तस्करहरूले स्थलमार्गबाट भारत, श्रीलंका हुँदै कुवेत, ओमनलगायतका देशमा पठाउने गरेको पाइएको हो। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तस्करहरूले युवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर लाने गरेको जनाएको छ। नवलपरासी दुम्कीवास–३ का ३५ वर्षीय राजकुमार खरेल, ताप्लेजुङ फूलबारी–७ का ४६ वर्षीय पूर्णबहादुर लिम्बू र रूपन्देही गंगोलिया–६ का ४१ वर्षीय हरिप्रसाद थारू पक्राउ परेसँगै युवतीहरूलाई लैजाने रुटबारे प्रहरीले जानकारी पाएको हो।

ब्युरोकी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) मीरा चौधरीका अनुसार उनीहरूले अपराध स्वीकार गर्दै ६ महिलालाई नक्कली कागजात बनाएर रूपन्देहीको बेलहिया नाका हुँदै भारतको नयाँ दिल्लीबाट सीधै श्रीलंका पठाउने गरेको बताइन्। सो गिरोहले त्यहाँ केही दिन राखेर कुवेत, ओमन र दुबईमा घरेलु कामदारका रूपमा पठाउने गरेको पाइएको पनि उनले बताइन्। सो सिलसिलामा उनीहरूले ४५ दिनसम्म विभिन्न मुलुकमा बन्धकजस्तै बनाएर राख्ने गरेको पनि उनको भनाइ छ।

एसपी चौधरीका अनुसार युवती तस्करहरूले विपन्न परिवारहरूलाई आर्थिक प्रलोभनमा पारेर तस्करी गर्दै आएका छन्। यो काम पहिलो भने होइन। उनीहरूले नेपालगन्ज, भैरहवा, वीरगन्जजस्ता नाकाबाट बसमै हालेर दिल्ली लैजाने र त्यहाँबाट श्रीलंका हुँदै कुवेत ओमनजस्ता मुलुकमा पठाउने गरेका छन्।

एसपी चौधरीका अनुसार पक्राउ परेका राजकुमार खरेलकी दिदी कुवेतमा बस्छिन्। उनले कुवेतमा कुरा गर्ने र युवतीहरूको ‘डिमान्ड’ पठाउने, त्यसपछि खरेलले युवतीलाई आकर्षक प्रलोभनमा पारेर सेटिङ गर्ने गरेका थिए।

पक्राउ परेका पूर्णबहादुर लिम्बूले युवतीको कागजपत्र मिलाउने र हरिप्रसाद थारूले युवतीहरूलाई भारत लगेर तस्करको जिम्मा लगाउने र भारतमा भएका तस्करले दिल्ली, श्रीलंका हुँदै सम्बन्धित मुलुकमा पठाउने गरेका थिए। उनीहरूले भैरहवाबाट दिल्लीसम्म लगेको प्रत्येक युवतीको ५ हजार रुपैयाँ कमिसन पाउने गरेका थिए। सो कमिसन पनि काठमाडौंबाट नै तय हुँदै आएको थियो।

उनीहरूले पीडितको राहदानीलगायतका कागजातहरू सुरुमै काठमाडौंबाट दिल्ली कुरियर गरेर पठाउने गरेका थिए। त्यहाँबाट कागजात ठीक छ भनेर आएपछि युवतीहरूलाई काठमाडांबाट भारतीय सीमा सुनौली बेलहिया नाका हुँदै भारतको दिल्लीसम्म लगी दिल्लीस्थित दलाललाई जिम्मा लगाउने गरेका थिए। दलालहरूले नयाँ दिल्लीमा कम्तीमा १६ दिन राखेपछि श्रीलंका लैजाने र त्यहाँ करिब २५ दिन राखी कुवेत पठाउने गरेका थिए। त्यहाँबाट फिर्ता भएको अवस्थामा पुनः दुबई हुँदै ओमान पठाएर काम लगाउने गरेका थिए।

ब्युरोले दिएको जानकारीअनुसार महिलाहरूलाई भारतको इन्दिरा गान्धी विमानस्थलको क्लोज सर्किटबाटै श्रीलंका पठाउने गरेका छन्। उनीहरूले २० देखि ३१ वर्ष उमेर समूहका ती युवतीलाई आकर्षक तलब भएको प्रस्ताव गरेका माग पत्रसमेत देखाएर विश्वासमा पार्ने गरेका थिए।

युवती तस्करी सम्बन्धमा नेपाल–भारत संयुक्त सीमा तथा सुरक्षा बैठकमा सधैं कुरा उठ्ने गरेको भए पनि रोकिएको छैन। नेपालबाट स्थलमार्ग हुँदै भारत पुग्नेहरूका हकमा भारतस्थित दूतावासको नो अब्जेक्सन पत्र अनिवार्य गर्ने निर्णयसँगै दिल्लीलगायतका विमानस्थलको प्रयोगमा कडाइ भए पनि उनीहरूले नयाँ तरिका अपनाएर ‘अनअराइभल भिसा’ पाउने अफ्रिकी मुलुकसम्म तस्करी गर्ने गरेको प्रहरीले दाबी गरेको छ। उनीहरूले प्रायः नेपाली नजाने मुलुकहरू केन्या, तान्जानिया जाने भन्दै दिल्ली विमानस्थल प्रयोग गर्ने गरेका छन्।

स्रोतका अनुसार दिल्ली विमानस्थल हुँदै वर्षमा आठ हजारसम्म नेपाली युवती जोखिमपूर्ण काममा खाडी मुलुकमा तस्करी हुने गरेका छन्। – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू