पुस ६, बुटवल । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ। मनोज रूपन्देही क्षेत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ६, बुटवल । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ। मनोज रूपन्देही क्षेत्र"/>
2026-07-09 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा संघका पूर्वकोषाध्यक्षद्वारा अध्यक्ष तिवारीको हत्या: प्रहरी

2016-12-21

पुस ६, बुटवल । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ। मनोज रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन्। व्यक्तिगत रिसइबीकै कारण तिवारीको हत्या भएको प्रहरीको दाबी छ । 

रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुक तिवारी हत्याकाण्डलाई नितान्त आपराधिक घटनाका रूपमा विश्लेषण गर्छन्। ‘विगतको पृष्ठभूमि र पहिले पनि तिवारीमाथि भएको आक्रमणले मनोजकै संलग्नतामा तिवारीको हत्या भएको प्रहरीको निष्कर्ष छ,’ प्रहरी उपरीक्षक धानुकले भने। पार्टीबाट हटाएको, पैसा नदिएको तथा आफ्ना व्यक्तिहरूलाई जेल हालेको रिसइबीमा पुनले उनको हत्या गरेको प्रहरी दाबी छ।

गत ६ चैतमा तिवारीलाई दुई वटा गोली प्रहार भए पनि उनी बच्न सफल भएका थिए। एसपी धानुकका अनुसार मनोजविरुद्ध प्रहरीमा दुई वटा ज्यान मार्ने उद्योगलगायतका उजुरी परेका छन्। ‘मनोज फरार अभियुक्त हो,’ उनले भने।

तिवारीको हत्यामा संलग्न आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। मनोजनिकट तीनजनालाई पक्राउ गरिएको स्रोत बताउँछ। यद्यपि हत्यामा उनीहरूको संलग्नता प्रस्ट भइसकेको छैन।

हत्याको अनुसन्धानका लागि प्रहरीले केन्द्र तहबाट पनि आवश्यक समन्वय तथा सहयोगको काम गरिरहेको रूपन्देही प्रहरी प्रमुख धानुकले बताए। तिवारीको हत्यापछि घटनाको मनोजले जिम्मेवारी लिएका थिए। उनको तस्बिर मनोजकै फेसबुकबाट डाउनलोड गरी प्रहरीले सञ्चारकर्मीलाई उपलब्ध गराएको छ।

रूपन्देही देवदह नगरपालिका–८ स्थित खैरेनी चोकदेखि सय मिटर दक्षिणतर्फ बाटोमा सोमबार अपराह्न गोली प्रहारबाट घाइते भएका तिवारीको उपचारका क्रममा मृत्यु भएको हो।

तिवारी हत्याको विरोधमा युवा संघले आह्वान गरेको लुम्बिनी अञ्चल बन्दले बुटवल, भैरहवासहित यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। बन्दको प्रभाव पहाडी जिल्लामा परेको छ। मंगलबार बिहानैदेखि युवा संघ, अनेरास्ववियुसहित एमालेका नेता–कार्यकर्ता सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए।

पार्टी कार्यकर्ताको हत्याको भोलिपल्ट मंगलबार एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाललगायतका नेताहरू बुटवल आएका छन्। उनीहरूले तिवारीको घरमा पुगी परिवारसँग भेट गरेका थिए। एमाले प्रदेश नम्बर ५ का संयोजक पौडेलले हत्याको घटनालाई सामान्य रूपमा नलिन सरकारलाई चेतावनी दिँदै उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन्।

तिवारीको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ। शवको पोस्टमार्टम मंगलबार साँझसम्म हुन सकेको छैन।

घटनास्थलबाट करिब तीन किलोमिटरको दूरीमा तिवारी हत्यामा प्रयोग भएको मोटरसाइकल बरामद भएको छ। तर, उक्त मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको प्रहरीले जनाएको छ। बा.५१प ८०७३ नम्बरको मोटरसाइकल प्रहरीले सोमबार बेलुका नै मणिग्राममा बेवारिसे अवस्थामा फेला पारेको थियो। मोटरसाइलमा नक्कली नम्बर प्लेट प्रयोग भएको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतले बताए । नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू