पूस ६, काठमाडौँ । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूस ६, काठमाडौँ । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । 

<"/>
२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा संघ अध्यक्ष तिवारीको हत्या गर्ने को हुन् मनोज ?

२०७३, ६ पुष बुधबार ०२:२३

पूस ६, काठमाडौँ । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा युवा संघकै पूर्वनेता मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । 

मनोज रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । व्यक्तिगत रिसइबीकै कारण तिवारीको हत्या भएको प्रहरीको दाबी छ । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुक तिवारी हत्याकाण्डलाई नितान्त आपराधिक घटनाका रूपमा विश्लेषण गर्छन् । ‘विगतको पृष्ठभूमि र पहिले पनि तिवारीमाथि भएको आक्रमणले मनोजकैे संलग्नतामा तिवारीको हत्या भएको प्रहरीको निष्कर्ष छ,’ प्रहरी उपरीक्षक धानुकले  भने ।

को हुन् मनोज ?

जिल्ला प्रहरी कार्यालयका अनुसार देवदह नगरपालिका–६ का मनोज पुन युवा संघ रूपन्देही क्षेत्र नम्बर १ का पूर्वकोषाध्यक्ष हुन् । 

युवा संघको आडमा पैसा असुली गरेको आरोपमा उनी पार्टीबाट निष्कासनमा परेका थिए । उनी संगठित अपराध, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार अपराधी हुन् । मनोजको तिवारीसँग पुरानो रिसइबी रहेको र नौ महिनाअघि पनि उनकै संलग्नतामा तिवारीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । 

युवा संघमा रहँदा आर्थिक पारदर्शिताको विषयमा तिवारी र मनोजबीच विवाद रहँदै आएको थियो । मनोजले यसअघि पनि त्यस क्षेत्रमा जग्गाको कारोबार गर्दा विभिन्न व्यक्तिलाई धम्क्याउने र रकम असुल्ने गरेको उजुरी प्रहरीमा परेको छ ।

तिवारी–पुन दोस्तीदेखि दुस्मनीसम्म

प्रहरीका अनुसार गुन्डागर्दीमा संलग्न मनोजले तिवारी हत्याको जिम्मेवारी लिएका छन् । युथ फोर्स सक्रिय रहँदा मनोज एमालेमै थिए । 

तिवारी र मनोजबीच निकट सम्बन्ध थियो । पार्टीको आचरणविपरीत काम गरेको भन्दै तिवारीले मनोजलाई हटाएका थिए । त्यहीवेलादेखि दुईबीच दुस्मनी बढेको थियो । तिवारी व्यापारमा सफल हुँदै गएका थिए भने मनोजले सोचेअनुसार पैसा कमाउन नसकेपछि उनलाई धम्क्याउन थालेका थिए । 

गत वर्ष उनले तिवारीसँग २० लाख मागेका थिए, तर नदिएपछि गोलीसमेत हाने । गत वर्ष ४ चैतमा आफ्नै इँटाभट्टामा तिवारीमाथि गोली प्रहार भएको थियो ।

उक्त घटनामा मनोजनिकट आठजनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू हाल जेलमा छन् । आफ्ना सहयोगीहरूलाई जेल हालेपछि तिवारीसँग मनोज रुष्ट थिए । भारतमा लुक्दै आएका उनले त्यही रिसइबीमा सहयोगी परिचालन गरी हत्या गरेको प्रहरीको हालसम्मको अनुसन्धानको निष्कर्ष छ । 

यद्यपि, एमाले नेताहरूले भने राजनीतिक प्रतिशोधले उनको हत्या भएको बताएका छन् । राजनीतिका साथै व्यापारमा समेत लागेका तिवारी र मनोज दुवै देवदहका स्थानीय हुन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल