२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब राजधानीबाटै सगरमाथाको अवलोकन गर्न पाइने

२०७३, ७ पुष बिहीबार ०१:१०

पुस ७, चन्द्रागिरि (काठमाडौँ) | विश्वको सर्वोच्च शिखर सगरमाथा नाङ्गो आँखाले हेर्न हजारौँ विदेशी पर्यटक लाखौँ खर्च गरेर नेपाल आउँछन् र कोही सगरमाथाको चुचुरोमै पुग्छन् त कोही फेदीमा पुगेर सगरमाथालाई नाङ्गो आँखामा कैद गर्छन्।

हामी सगरमाथाकै देशका कतिपय नागरिकले सगरमाथा हेर्न पाएका छैनौँ तर अब यो स्थितिमा परिवर्तन आएको छ, सगरमाथा हेर्न इच्छुक नागरिकले अब काठमाडौँबाटै देख्न सकिने छ।  काठमाडौँ उपत्यकाको सबैभन्दा अग्लो डाँडो चन्द्रागिरि (दुई हजार ५४० मिटर)मा बनाइएको भ्युटावरबाट उत्तरी दिशामा पूर्वदेखि पश्चिम भएर फैलिएको मनोरम हिमश्रृङ्खला मनै लोभिने गरी हेर्न सकिन्छ।  त्यही हिमश्रृङ्खलामा भ्युटावरबाट सगरमाथा हेर्न सकिने भएको हो।  

चन्द्रागिरि हिल्स लिमिटेडले साउन अन्तिम साताबाट सञ्चालनमा ल्याएको केबुलकारको आरामदायी यात्रा वा थानकोटबाट चित्लाङ जाने कच्चीबाटो भएर चन्द्रागिरि डाँडोमा पुग्दा पूर्वमा सगरमाथा र पश्चिममा माछापुच्छेसम्म एकैचोटी आँखाभरि राख्न सकिन्छ।

चन्द्रागिरि हिल्स लिमिटेडका सञ्चालक अम्बिकाप्रसाद पौडेलले पूर्वमा सगरमाथादेखि पश्चिममा काञ्जिरोवा हिमाल मज्जैले देख्न सकिने जानकारी दिए।अन्य हिमश्रृङ्खला खुला आँखाले देखिने भए पनि सगरमाथा भने चन्द्रागिरि डाँडोमा निर्मित भ्युटावरमा रहेको दुरबिनको मद्दतले सजिलै देख्न सकिने पौडेलले बताए।

पश्चिमा रहेको आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमश्रृङ्खला, आठ हजार १५६ मिटरको मनास्लु हिमश्रृङ्खला, सात हजार ४२२ मिटरको गणेश हिमाललगायत हिमाल भने आँखा अगाडि नै टल्किरहेको देख्न सकिन्छ।

नौ वर्ष लगाएर नेपालका हिमालसम्बन्धी प्रोफाइल तयार पारेका शुक्रसागर श्रेष्ठले १९० एरोनोटिकल किलोमिटरको दूरीमा रहेको सगरमाथालाई चन्द्रागिरि डाँडामा पुगेर अध्ययन अनुसन्धान गरेपछि मात्र देखिने वा नदेखिनेबारे आधिकारिक धारणा दिनसक्ने जानकारी गराए।

हिम श्रृङ्खला मात्र होइन, चन्द्रागिरिबाट काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी जिल्लासमेत देख्न सकिन्छ भने चन्द्रागिरि डाँडाको दक्षिणी भेगका टिस्टुङ, फाकेल, चित्लाङका रमणीय गाउँहरू स्पष्ट रूपमा नियाल्न सकिन्छ।

बाक्लो वनजङ्गलले ढाकिएको उक्त डाँडामा पृथ्वीनाराण शाहले पाइला टेकेको, सतीदेवीको भाल (निधार) खसेको सुन्दर शक्तिपीठ रहेको छ।  उक्त शक्तिपीठमा फागु पूर्णिमा र वैशाख १ गते चखेल, फाकेल, चित्लाङ, थानकोटका भक्त मेला भर्न आउने गरेको निर्माण व्यवसायी मधुसूदन घिमिरेले जानकारी दिए।

पुरानो शक्तिपीठलाई यथावत राख्दै चन्द्रागिरि हिल्स लिमिटेडले आधुनिक प्यागोडा शैलीको भालेश्वर महादेवको मन्दिर स्थापित गरेको छ।  - गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा