२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईबाट फर्किएकी रमिता सिधै अपराध महाशाखामा

२०७३, १३ पुष बुधबार ०२:०३

पुस १३, काठमाडौं | दुबईबाट फर्किएकी एकल महिला रमिता (नाम परिवर्तन) सोझै टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखा पुगिन् । उनको समस्या प्रहरीका निम्ति नयाँ त थिएन तर अनौठो भने थियो । 

वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेकी उनी रणबहादुर खडकासँग नजिकिइन् । उनीहरूबीच प्रेमको मात्रै पलाएन, शारीरिक सम्बन्ध हुँदै आर्थिक लेनदेन पनि हुन थाल्यो । नेपाल फर्केकी रमिता प्रहरीमा पुग्नुको कारण भने अनौठो थियो । 'विवाहित खड्काले अविवाहित हुँ' भनेर झुक्याएको, प्रेम र शारीरिक सम्बन्ध राखेको र पछि धोका दिएकोमा रमिताको आपत्ति थिएन । प्रहरीचौकी पुग्नुपर्ने बाध्यता सिर्जिएको थियो, आर्थिक कारोबारमा भएको धोका । खड्काले आफूबाट लिएको ७ हजार दिराम अर्थात करिब २ लाख रुपयाँ फिर्ता लिन उनी प्रहरीकहाँ पुगेकी थिइन् । 

प्रेम जालमा पार्ने र त्यही विश्वासका आधारमा गरिने आर्थिक कारोबारमा फसेपछि न्यायका निम्ति प्रहरी गुहार्ने रमिता मात्रै छैनन् । पछिल्ला महिनामा महाशाखामा आउने धैरेजसो महिला ठगीका घटनाको पृष्ठभूमिमा झुटो प्रेम लुकेको देखिन्छ ।

इन्स्पेक्टर गोविन्द पन्थीको अनुभवमा अविवाहित केटीका ठगीसम्बन्धी धेर उजुरीमा झुटो प्रेम र त्यसैको विश्वासमा गरिने आर्थिक कारोबार मुख्य देखिन्छ । पन्थीले भने, ‘केटी पीडित भएका आधाजसो ठगीका मुद्दामा नक्कली प्रेम जोडिएको हुन्छ ।’ काठमाडौंकी मुना सिलवालले कसैलाई दक्षिण कोरियामा आकर्षक जागिर मिलाइदिने, कसैलाई राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै १५ जनाबाट १ करोड १५ लाख रुपयाँ उठाइन्। त्यतिका रकम उनले आफ्ना प्रेमी ईश्वरीप्रसाद पोख्रेलले देखाइदिएको बाटो र विश्वासका आधारमा उठाएकी थिइन् । उक्त मुद्दालाई नजिकबाट नियालिरहेका महाशाखाका एक प्रहरीले भने, ‘उनीहरूबीच अफेयर थियो। मुनाको प्रेमलाई ईश्वरीले आफ्नो ठगी धन्दाका निम्ति उपयोग गरे।’ २५ दिनदेखि केन्द्रीय कारागारमा थुनामा रहेका पोख्रेलको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।

- कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा