पुस २२, काठमाडौं । युएइबाट नेपाल आएका एक युवकको साथबाट प्रहरीले साढे ३३ किलो सुन बरामद गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, काठमाडौं । युएइबाट नेपाल आएका एक युवकको साथबाट प्रहरीले साढे ३३ किलो सुन बरामद गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ए"/>

२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलकै उच्च अधिकारीको मिलेमतोमा ३३ किलो सुन

२०७३, २२ पुष शुक्रबार ०१:२५

पुस २२, काठमाडौं । युएइबाट नेपाल आएका एक युवकको साथबाट प्रहरीले साढे ३३ किलो सुन बरामद गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एयर अरेवियाको जहाजबाट युएइ हुदैँ काठमाडौं आएका गोपाल बहादुर शाहीको साथबाट सो सुन बरामद गरेको हो । स्रोतका अनुसार सोधपुछका क्रममा पक्राउ परेका शाहीले विमानस्थलका उच्च अधिकारीहरूले नै सहयोग गरेको संकेत गरेका छन् । 

भन्सारको स्क्रिनिङमा सुनलगायत अवैध वस्तु कर्मचारीलाई थाहा हुन्छ । तर, ३३ किलो सुन एउटै सुटकेसमा लुकाउँदा पनि थाहा नपाउनुले यसमा मिलेमतो रहेको प्रहरी दाबी छ । स्रोतका अनुसार सुन रहेका ब्यागहरूबारे भन्सारका कर्मचारीलाई पहिले नै सूचना दिइएको हुन्छ, जसका कारण उनीहरूले ती ब्यागहरूमा चेकजाँच गर्दैनन् ।

दुई सय ८२ वटा सुनका बिस्कुटको तौल करिब ३२ किलो ८ सय ८१ सय ग्राम छ । त्यस्तै, औँठी र माला करिब ६ सय ८४ ग्रामबराबरको रहेको प्रहरीले जनाएको छ । बरामद सुन करिब १५ करोड मूल्यबराबरको छ । प्रहरीले एकैपटक बरामद गरेको यो दोस्रो ठूलो परिमाण हो । 

विमानस्थलबाटै तस्करी भई आएको यति धेरै परिमाणको सुन भने पहिलोपटक बरामद भएको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए । विदेशबाटै आएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनी बताउँछन् । तस्करीको सुन कसको भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता