माघ ३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन् । 

भूकम्प र बमप्रतिरो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन् । 

भूकम्प र बमप्रतिरो"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिका लागि ‘बम प्रुफ’ भवन तयार, छोरीको बिहेपछि सर्ने

२०७३, ३ माघ सोमबार ०२:००

माघ ३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी माघको पहिलो साता शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छिन् । 

भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। शीतलनिवास परिसरको एक सय आठ रोपनी जग्गामध्ये २० रोपनी जग्गामा नयाँ भवन बनाइएको हो। ‘अब कोठा सजावटका केही काम काम बाँकी छन्,’ भवन विभागका सिनियर डिभिजन इन्जिनियर(सिडिई) हिमाल केसीले भने, ‘एक–दुई दिनभित्रै नवनिर्मित भवन सर्नका लागि तयार हुनेछ।’

केसीका अनुसार राष्ट्रपतिकी छोरीको विवाहका कारण नयाँ भवनमा सर्ने दिन लम्बिएको हो। ‘पहिले नै सार्ने योजना थियो, अब विवाह सकिएपछि उहाँ नवनिर्मित भवनमा सर्नुहुन्छ,’ केसीले भने। भवन दुई प्याकेजमा निर्माण गरिएको छ।

पहिलो प्याकेजमा भवनको संरचना खडा गरिएको हो भने दोस्रोमा आन्तरिक सजावटको काम भएको हो। विभागका अनुसार पहिलो प्याकेजअन्तर्गत २८ करोड २४ लाख रुपैयाँ खर्च भएको छ। दोस्रो प्याकेजअन्तर्गत ३३ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ। भवन बेसमेन्टसहित पाँच तलाको छ। भवन निर्माणमा कुल ६१ करोड ९९ लाख रुपैयाँ खर्च भइसकेको छ।

नवनिर्मित भवनमा राष्ट्रपतिलाई सारेपछि अहिले राष्ट्रपति कार्यालय रहेको भवन भने भत्काइने भएको छ। १२ वैशाख ०७२ को भूकम्पले सो भवनमा क्षति पुगेकाले भत्काउन लागिएको हो। भवन भत्काउन टेन्डर आह्वान भएर सम्झौतासमेत भइसकेको छ। सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका तर्फबाट परियोजन निर्देशक शिवहरि शर्मा, बिल्डिङ डिजाइन अथोरिटीका तर्फबाट कार्यकारी निर्देशक सुदीप पौडेल, प्लस इन्जिनियरर्स एन्ड आर्किटेक्टका तर्फबाट सुदीपकुमार श्रेष्ठ र डिजिकन इन्जिनियर्स कन्सल्टेन्टका रामउदार यादवबीच १९ मंसिरमा टेन्डर सम्झौता भएको हो।

ठेकेदार कम्पनीले अबको सात महिनाभित्र भवन भत्काइसक्नेछ। इकाइका उपनिर्देशक सुरेश वाग्लेका अनुसार भवन भत्काउन पुरातत्व विभागबाट समेत स्वीकृति लिइसकिएको छ। ‘राष्ट्रपति बस्दै आएको भवन भूकम्पले क्षति पु¥याएको र रेट्रोफिटिङ गरेर पनि प्रयोग गर्न नसकिने अवस्था रहेकाले पूरै भत्काउन लागिएको हो,’ वाग्लेले भने। त्यस ठाउँमा राष्ट्रपति कार्यालय रहने गरी भूकम्प र बमप्रतिरोधी भवन नै निर्माण गरिने भएको छ। तर, डिजाइन बनाइएको छैन।

शीतलनिवास चन्द्रशमशेर सत्तामा रहेका वेला १० असार १९५८ मा निर्माण गरिएको हो। भवन तत्कालीन इन्जिनियर कुमारनरसिंह राणा र किशोरनरसिंह राणले बनाएका हुन्। सो भवन चन्द्रशमशेरले आफ्नी जेठी महारानी लोकभक्तलक्ष्मीदेवीका कान्छा छोरा कृष्णशमशेरलाई उपहारमा दिएका थिए।

पछि कृष्णशमशेरले सो भवन सरकारलाई हस्तान्तरण गरे। राणा सरकारको रोलक्रमबाट बाहिरिएपछि कृष्णशमशेर विरक्तिएर भवन छाडेको र भारततर्फ लागेको बताइन्छ। इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार कृष्णशमशेरले भवन मर्मत गर्न तीन लाख २२ हजार आठ सय रुपैयाँ सरकारलाई दिएका थिए। त्यसपछि नेपालस्थित भारतीय दूतावास, राजकीय गेस्टहाउस, परराष्ट्र मन्त्रालय हुँदै अहिले राष्ट्रपतिनिवास र कार्यालयका लागि प्रयोग गरिएको हो।

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुम र पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवबीच सोमबार विवाह हुँदै छ। विवाहमण्डप शीतलनिवासमै बनाइएको छ। विवाह सकिएपछि राष्ट्रपतिलाई नवनिर्मित भवनमा सार्ने तयारी भएको छ। -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला