माघ ३, काठमाडौं । केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ३, काठमाडौं । केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शी"/>
2026-07-09 12:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शीतलनिवासमा पूर्वराजा ज्ञानेन्द्र पाहुना !

2017-01-16

माघ ३, काठमाडौं । केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा अतिथिका रूपमा आमन्त्रित गरिएका छन् । 

२०६३ सालयता राष्ट्रिय राजनीतिमाथि एकाधिकार जमाउँदै आएका राजनीतिक शक्तिहरूद्वारा पूर्वराजालाई गरिएको सामाजिक र राजनीतिक बहिष्कार समाप्तिको सुरुआत राष्ट्रपति भण्डारीद्वारा गरिएको संकेतका रूपमा यसलाई राजनीतिक वृत्तमा बुझिएको छ । 

२०६५ जेठ १५ गते पहिलो संविधानसभाको पहिलो बैठकमा राजसंस्था उन्मूलन भएको घोषणा गरी ज्ञानेन्द्र शाहलाई बिनाकुनै औपचारिक बिदाइ नारायणहिटी राजदरबार छाड्न बाध्य पारिएको थियो । त्यसपछि पूर्वराष्ट्राध्यक्षका रूपमा उनलाई कुनै पनि सम्मान उपलब्ध गराइएको थिएन । राष्ट्रपति भण्डारीद्वारा पठाइएको कार्डमा उनलाई पूर्वमहाराजाधिराजकै हैसियतमा आमन्त्रण गरिएको स्रोतले बताएको छ ।

पूर्वराष्ट्रपति डा. रामवरण यादव सोमबार चौध महिनापछि शीतलनिवास प्रवेश गर्दैछन् । तर यसपटक उनी पूर्वराष्ट्रपति वा कुनै संवैधानिक हैसियतमा नभई राष्ट्रपति भण्डारीका कुटुम्ब (सम्धी) का रूपमा शीतलनिवास जान लागेका हुन् । उनी आफ्ना नाति अभिषेक यादवको जन्ती लिएर विवाह समारोहमा सहभागी हुनेछन् । जननेता मदन भण्डारी र गणतन्त्र नेपालकी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमसँग रामवरणका नाति अभिषेकको विवाह समारोह सोमबार शीतलनिवासमै हुने भएकाले उनी परिवारको अभिभावकत्व ग्रहण गर्दै जन्ती बनेर जान लागेका हुन् ।

पेसाले चिकित्सक निशाकुसुम र अभिषेक बूढानीलकण्ठ स्कुल पढ्दादेखिकै साथी थिए । करिब ७ वर्षको प्रेमसम्बन्धलाई दुवै परिवारले स्वीकारेपछि उनीहरूबीच माघ ३ गते विवाह हुन लागेको हो ।

राष्ट्रपतिका प्रेससल्लाहकार माधव शर्माका अनुसार सोमबार बिहान ९ बजेर २० मिनेटमा जन्ती शीतलनिवास पुग्नेछन् । साढे नौ बजे स्वयम्बरको कार्यक्रम छ । त्यसपछि जग्गेको कार्यक्रम सुरु हुनेछ । करिब एक घन्टामा विवाहका सबै विधि पूरा हुने अनुमान राष्ट्रपति सचिवालयले गरेको छ । विवाह कार्यक्रम संक्षिप्त हुने पनि प्रेस सल्लाहकार शर्माले बताए ।

हिन्दु विधिअनुसार सम्पन्न हुने विवाहमा कन्यादान र गोडा धुने कार्यक्रम राखिनेछैन । 'विवाह विधि हो, दान होइन । त्यसकारण कन्यादान कार्यक्रम हुँदैन', शर्माले भने ।

समाज सुधार ऐनअनुसार ५१ जनाभन्दा बढी जन्ती नल्याउन राष्ट्रपति कार्यालयले दुलहा पक्षलाई आग्रह गरेको छ । त्यसमा ब्यान्डबाजाको संख्या भने समावेश हुनेछैन । विवाह भएकाले जन्तीमा बाजा ल्याउने सहमति भने दुवै पक्षबीच यसअघि नै भएको छ ।

जन्ती र घरपक्ष गरी करिब एक हजार पाँच सयजना वैवाहिक समारोहमा सहभागी हुने अनुमान गरिएको छ । सहभागीका लागि दिवाभोजको व्यवस्था गरिएको छ । यसको जिम्मा कार्की पार्टी प्यालेस क्याटरिङले पाएको छ । उसले सबै अवस्थालाई ख्याल गरेर दुई हजारभन्दा बढीका लगि भोजको तयारी गरेको छ । भेज र ननभेज गरी दुई दर्जन खानाको परिकार रहने स्रोतले जनाएको छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू