माघ ८, काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । 

मलेसियाबाट कालिन्डो एयरमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । 

मलेसियाबाट कालिन्डो एयरमा"/>

2026-07-09 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तस्करको अखडा विमानस्थल: फेरि समातियो सुन

2017-01-21

माघ ८, काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । 

मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो । उनले आफूसँग साढे दुई किलो सुन भएको बताए पनि भन्सार कार्यालयका कर्मचारीले खानतलासी गर्दा एक किलो दुई सय ग्राम मात्र फेला परेको छ ।

जाँचक्रममा एक किलो दुई सय ग्राम मात्र भेटिएकाले थप अनुसन्धान भईरहेको भन्सार कार्यालयका एक कर्मचारीले बताएका छन् ।

पक्राउ परेका बंगलादेशीले प्रारम्भिक सोधपुछमै स्पष्ट कुरा नभनेपछि राति अबेरसम्म केरकार चलिरहेको थियो। काठमाडौं विमानस्थलमा उत्रिएपछि अध्यागमनले उनलाई नेपालको आगमन प्रवेशाज्ञा (अनअराइभल भिसा) दिएको थियो ।

भिसा लिएलगत्तै मोलाले आफू ट्रान्जिटका रूपमा विमानस्थलमै बस्ने र शनिबार अपराह्न बंगलादेश जाने भन्दै शंकास्पद कुरा गरेपछि अध्यागमनले भन्सार कार्यालयको जिम्मा लगाएको स्रोतले बताएको छ ।  

उनी बीएम ०७७९२३७ नम्बरको राहदानीमा नेपाल आएका हुन् । उनीसँग आइतबार बंगलादेश फर्कने विमान बंगलादेशको टिकटसमेत छ ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगनाले ती बंगलादेशीले नेपालको भिसा लिइसकेकाले उनले ल्याएको सुन जफत हुने बताए। ढुंगानाले अन्नपूर्णसँग भने, ‘नेपालमा ट्रान्जिट सुविधा छैन । कसरी उनले ट्रान्जिट टिकट लिए भन्ने अनुसन्धान भइरहेको छ ।'

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ गते विमानस्थलको सुरक्षा र भन्सार पार गराएपछि पिंगलास्थान र गोठाटारबाट ३३ किलो सुनसहित तीनजनालाई पक्राउ गरेको थियो। विमानस्थलको ३३ किलो सुनकाण्डमा संलग्न भएको आशंकामा प्रहरी मुख्यालयले विमानस्थलका एसएसपी श्याम खत्रीलाई फिर्ता बोलाएको छ । विमानस्थल सुरक्षा प्रमुखमा गोविन्द निरौला छन् ।

विमानस्थलबाट सुन बाहिरिएपछि भन्सार कार्यालयले त्यस दिन ड्युटीमा रहेका दुई दर्जनभन्दा बढी कर्मचारीलाई काम गर्न बन्देज लगाइसकेको छ । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू