माघ १०, काठमाडौं । भारतमा हालै भएको दुई देशका पर्यटन तथा नागरिक उड्डयनका उच्च अधिकारीको बैठकमा गरिएको एमओयू (सम्झौता) ‘राष्ट्रघाती’ भएको सरोकारवालाले बताएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १०, काठमाडौं । भारतमा हालै भएको दुई देशका पर्यटन तथा नागरिक उड्डयनका उच्च अधिकारीको बैठकमा गरिएको एमओयू (सम्झौता) ‘राष्ट्रघाती’ भएको सरोकारवालाले बताएक"/>

2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एयरमार्सल बार्गेनिङ्ग प्वाइन्ट बनाइनुपर्थ्यो’

January 24, 2017


माघ १०, काठमाडौं । भारतमा हालै भएको दुई देशका पर्यटन तथा नागरिक उड्डयनका उच्च अधिकारीको बैठकमा गरिएको एमओयू (सम्झौता) ‘राष्ट्रघाती’ भएको सरोकारवालाले बताएका छन् । हवाई ट्राफिक तथा नयाँ रुटबारे पुस ५ गते नयाँ दिल्लीमा भएको दुई दिने बैठकपछि गरिएको सम्झौतामा नेपालले तुलनात्मकरुपमा धेरै लाभ उठाउन नसकेको एक पूर्व पर्यटन सचिवले बताए । 

‘नेपालका सहसचिवको नेतृत्वमा गएको टोलीले एयरमार्शललाई ‘बार्गेनिङ्ग प्वाइन्ट’ बनाउदै धेरै लाभ लिन सक्थ्यो,’ उड्डयन क्षेत्रमा लामो समय बिताएका ती पूर्वसचिवले भने, ‘सम्झौतापत्र हेर्दा नेपाली टोलीले समर्पण गरेको देखियो ।’

सम्झौतापत्र अध्ययन गरेपछि आफूले भारतीयहरु गहन तयारीका साथ उपस्थित भएको तर नेपालीको प्रस्तुति फितलो देखिएको पाएको उनले बताए । यो सम्झौताका लागि मन्त्रीपरिषदले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई नेतृत्वको जिम्मेवारी दिएको थियो ।

सहसचिव आचार्यको नेतृत्वमा आफना दुई प्राविधिकलाई पनि यसै टोलीमा पठाएको नागरिक उड्डयन प्राधिकरण पनि यस सम्झौताबाट ‘सन्तुष्ट’ देखिएको छैन । ‘उहाँहरुले पाएको म्यानडेटभन्दा बाहिर गएर सम्झौता भएको देखियो,’ प्राधीकरणका एक उच्च अधिकारीले भने, ‘नेपालले आशा गरेको उपलब्धि पाइएन ।’

प्राधीकरणले निमार्णाधीन दोस्रो अन्तराष्ट्रिय विमानस्थल सिमराका लागि जनकपुरबाट ठूला जहाजलाई प्रवेश गर्ने ‘इन्ट्री प्वाइन्ट’ बनाउन खोजिरहेको छ । त्यस्तै भैरहवामा बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागि नेपालगञ्जलाई पश्चिममा ‘इन्ट्री प्वाइन्ट’ बनाउन खोजिरहेको छ । तर, भारतले सहमति दिइसकेको छैन ।

‘अहिले हामी पोखरा, भैरहवा विमानस्थल निर्माणको चरणमा छौं तर, यी विमानस्थलसँग हवाई रूट छैन, भारतको आकाश प्रयोग नगरी हाम्रा विमान पूर्व वा पश्चिमी मुलुक जान सक्दैनन्,’ प्राधिकरणका एक उपमहानिर्देशकले भने, ‘नेपाली टोलीले यतिबेला हवाई रुटमै केन्द्रित भई परिणाममुखी सम्झौता गर्नुपथ्र्यो ।’ तर यस्तो हुन नसकेको उनले दाबी गरे । नेपालले महेन्द्रनगर हुँदै दिल्ली जाने हवाई रुटलाई दुईतर्फी चलाउन खोजिरहेको छ । भारत यसमा सहमत भइसकेको छैन ।

यो मागबारे काठमाडौंमा हुने प्राविधिकहरुको बैठकलाई जिम्मेवारी सुम्पिइएको छ । आउने/जाने विन्दु नभएको नेपालगञ्जबाट भित्र पस्ने मात्रै एकतर्फी बाटो नेपालले खोजिरहेको छ । त्यस्तै नेपालबाट बाहिरीने विराटनगर, जनकपुर, भैरहवालाई पनि नेपाल दुईतर्फी हवाई रुट बनाउन खोजिरहेको छ । यी विन्दुलाई संचालनमा ल्याउन भारतको अनुमति नभई हुँदैन । किनकी यी नाकाबाट निस्कीने बित्तिकै जहाज भारतीय आकाशमा पुग्छन् ।

हाल काठमाडौं छिर्ने दुईटा मात्रै अन्तराष्ट्रिय हवाई प्वाइन्ट छन् । सिमरा नजिकैका यी दुवै आगमन बिन्दु बाहेक अन्य विन्दुबाट ठूला विमान नेपाल पस्न पाउदैनन् । चीनलगायत पूर्वबाट आउने र भारतलगायत मध्यपूर्वी मुलुकबाट आउने विमान सबै सिमरामा पुगेर मात्रै काठमाडौंमा अवतरण गर्छन् ।

काठमाडौंबाट निस्कीदा पश्चिम जानेहरु भैरहवा र महेन्द्रनगर नाकाबाट बाहिरिन्छन भने पूर्व जानेहरु जनकपुर र विराटनगरबाट निस्किन्छन् । उत्तरतर्फ चीनतर्फ जाने विमान संखुवासभाको किमाथांका नाका हुदै ल्हासा पस्छन् । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते