माघ १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चौतर्फी दबाब र असहयोगकै बाबजुद पनि यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन् ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चौतर्फी दबाब र असहयोगकै बाबजुद पनि यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन् ।
२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चा नमाने पनि चुनाव घोषणाको तयारी प्रधानमन्त्री

२०७३, १७ माघ सोमबार ०१:२५

माघ १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चौतर्फी दबाब र असहयोगकै बाबजुद पनि यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन् ।

१५ माघभित्रै निर्वाचनसम्बन्धी संसद्मा विचाराधीन कानुन पारित गराएर निर्वाचन घोषणा गर्ने तयारीमा जुटेका प्रधानमन्त्री दाहाल आज (सोमबार) सम्म आवश्यक कानुन पारित गराउने र आजै सत्तारूढ नेपाली कांग्रेस र संयुक्त मधेसी मोर्चासँग वार्ता गरी सम्भव भए मंगलबार नभए केही दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने तयारीमा छन्। 

स्थानीय विकास तथा संघीय मामिलामन्त्री हितराज पाण्डेले सरकारले देशलाई निर्वाचनमा लैजान आवश्यक सबै पहल अगाडि बढाइरहेको भन्दै यसै साता बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुने दाबी गरे ।

प्रधानमन्त्रीको सचिवालयले सोमबारसम्म निर्वाचनसम्बन्धी आवश्यक कानुन पारित भइसक्ने सम्भावना रहेको भन्दै सहमति जुटेको खण्डमा मंगलबार नै निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको जनायो ।‘अहिले नै यो दिन मिति घोषणा हुन्छ त नभनौं, सोमबारसम्म आवश्यक निर्वाचन कानुन पारित भइसक्ने र निर्वाचनका लागि सहमति जुटेमा मंगलबार नै पनि निर्वाचन मिति घोषणा हुन सक्छ, नभए यसै साता निर्वाचन मिति घोषणा हुन्छ र देश निर्वाचनमा जानेछ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री अहिले यसैमा सहमति जुटाउन अन्तिम प्रयास गरिरहनुभएको छ ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले चाँडो निर्वाचन मिति घोषणा गर्न माग गरिरहेको छ। यस्तै, नेपाली कांग्रेस पनि निर्वाचन मिति घोषणाको पक्षमा उभिएको छ। तर, सरकारलाई समर्थन गरिरहेको मधेसी मोर्चाले भने संविधान संशोधन विधेयक पारित भएपछि मात्रै निर्वाचन मिति घोषणा गर्नुपर्ने अडान राख्दै आएको छ ।

स्थानीय विकासमन्त्री पाण्डे भने निर्वाचन गर्न मोर्चासहित सबै दल सहमत भएको र संविधान संशोधन विधेयक पनि प्रक्रियामा रहेकाले निर्वाचन मिति घोषणामा सबैको सहमति हुने बताउँछन्।

प्रधानमन्त्री दाहालले मोर्चालाई पनि निर्वाचन मिति घोषणा गर्न सहमति जुटाएर मिति तोक्ने तयारी गरेका छन्। दाहालले निर्वाचन मिति घोषणाका विषयमा सोमबार मोर्चाका नेताहरूलाई बालुवाटारमा बोलाएका छन्। मोर्चासँगको वार्ताअघि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुने बताइएको छ। त्यसपछि पुनः त्रिपक्षीय छलफल गरेर निर्वाचनको मिति टुंगो लगाउने सोचमा प्रधानमन्त्री रहेका छन् ।

निर्वाचन मितिकै विषयमा आइतबार प्रधानमन्त्री दाहाल र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्रीले सरकार निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा रहेको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले प्रमुख आयुक्त यादवलाई वैशाख अन्तिमसम्म निर्वाचन गर्ने गरी मिति घोषणाको तयारी भइरहेको जानकारी दिँदै निर्वाचनका लागि सरकारले निभाउनुपर्ने भूमिकाका विषयमा सुझाव मागेका थिए ।

भेटमा प्रमुख आयुक्त यादवले प्रधानमन्त्री दाहाललाई निर्वाचनसम्बन्धी कानुन प्राप्त गर्नासाथ आयोगले आफ्नो काम अगाडि बढाउने अवगत गराएका थिए। प्रधानमन्त्री दाहालले पनि निर्वाचन कानुन पारित गराउन आफूले सक्दो पहल गरिरहेको भन्दै आजभोलि नै आवश्यक सबै कानुन पारित हुने बताएका थिए ।

यसअघि नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीच १५ माघभित्र स्थानीय चुनावको मिति घोषणा गर्ने समझदारी भएको थियो। मोर्चाले मिति घोषणा गर्न असहयोग गर्दै आन्दोलन गर्ने चेतावनी दिएपछि १५ माघ अगाडि चुनावको मिति घोषणा गर्नबाट सरकार पछि हटेको थियो । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला