माघ १७, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले एकपछि अर्को भ्रष्टाचारीहरुमाथि निसाना सोझ्याउन थालेको छ । 

भ्रष्टाचारीहरुमाथि निरन्तर प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १७, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले एकपछि अर्को भ्रष्टाचारीहरुमाथि निसाना सोझ्याउन थालेको छ । 

भ्रष्टाचारीहरुमाथि निरन्तर प्र"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवको ‘मर्निङ वाक’ आतंक !

२०७३, १७ माघ सोमबार ०७:१५


माघ १७, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले एकपछि अर्को भ्रष्टाचारीहरुमाथि निसाना सोझ्याउन थालेको छ । 

भ्रष्टाचारीहरुमाथि निरन्तर प्रहार गर्दै आएको यसले गत पुस ७ मा सर्वोच्च अदालतको पेसी कक्षभित्रै लोकमानसिंह कार्कीमाथि कालोमोसो दलेको थियो । त्यसको झण्डै एकपहिना पछि माघ ६ मा विप्लवको निसानामा फेरि नेपाल ट्रष्टका विवादास्पद सचिव अर्जुनकुमार कार्की परे । एकपछि अर्को भ्रष्टाचारी करार गर्दै विभिन्न व्यक्तिहरुलाई कारबाही थालेको विप्लव माओवादीले लोकमानसिंह कार्कीमाथि कालोमोसो दलेर एक महिना सजाय भुक्तान गरेका विद्यार्थी नेतालाई त विप्लव स्वयंले उपस्थित भएर सम्मान नै गरे ।

विप्लवले लोकमानलाई कालोमोसो दलेका दुई विद्यार्थी नेताको बहादुरीताको प्रशंसा गर्दै अब भ्रष्टाचारीहरु क्रमशः पार्टीको निसानामा पर्दै जाने अभिव्यक्ति दिए । एकातिर विप्लवको पार्टीले एकपछि अर्को निसाना सोझ्याउँदै जानु, अर्कातिर विप्लव स्वयंले पनि भ्रष्टाचारी नछाड्ने अभिव्यक्ति दिनु भ्रष्टाचार गरेर देशलाई लुट्दै आएका केही कर्मचारीहरुमा भने विप्लवको पछिल्लो गतिविधि टाउको दुखाइको विषयम मात्रै बनेको छैन, केहीको निदहराम नै भएको खबर छ ।

त्रास कतिसम्म बढेको छ भने विप्लको सम्भावित कारबाहीमा पर्न सक्ने विभिन्न तहका कर्मचारीहरु पछिल्ले समय सतर्कता अपनाउन थालेका छन् । अझै रोचक त के छ भने विप्लवको निसानामा पर्ने डरले पछिल्लो समय केही भ्रष्ट कर्मचारीहरुले आफ्नो दैनिकी नै कटौती गरेका छन् । उनीहरुले ‘मर्निङवाक’ लगायतका दैनिकी त्यागेका हुन् ।

भ्रष्टहरुलाई कारबाही गर्न गौंडा ढुकेर बस्न थालेका विप्लव पार्टीका कार्यकर्ताले पार्टी नेतृत्व तथा सहकर्मीहरुसँग भ्रष्ट कर्मचारीहरुले मर्निङवाक गर्न छाडेपछि यस्तो दुखेसो गर्न थालेका छन् । ‘भ्रष्टाचारीलाई कारबाही गर्ने तयारी हाम्रो पार्टीले गरेको थाहा पाएपछि कर्मचारीहरुले नित्य कर्म नै छाडेका छन्,’ विप्लवका एक कार्यकर्ताले भने, ‘यसले हामीलाई केही असहज भएको छ ।’ -साँघु साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै