माघ १८, काठमाडौं । ७८ वर्षीय दुलाहा, ४३ वर्षीया दुलही । लौरो टेक्दै अघि लागेका श्रीमानको हात समाउँदै खुसी र उमंगसहित पछिपछि श्रीमती । जन्तीको लस्करमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 माघ १८, काठमाडौं । ७८ वर्षीय दुलाहा, ४३ वर्षीया दुलही । लौरो टेक्दै अघि लागेका श्रीमानको हात समाउँदै खुसी र उमंगसहित पछिपछि श्रीमती । जन्तीको लस्करमा "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँ निकाला गर्ने नै जन्ती गएपछि…

१८ माघ २०७३, मंगलवार ०२:११


 माघ १८, काठमाडौं । ७८ वर्षीय दुलाहा, ४३ वर्षीया दुलही । लौरो टेक्दै अघि लागेका श्रीमानको हात समाउँदै खुसी र उमंगसहित पछिपछि श्रीमती । जन्तीको लस्करमा थिए प्रमु्ख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानासहित दर्जनौं अधिकारकर्मी र स्थानीय ।

अन्तर्जातीय र फरक उमेर बीचको प्रेम सम्बन्ध खुलेपछि गत पुस १ मा गाउँबाटै धपाइएका अर्वेनी ५ का लालबहादुर सुनार र साबित्रा न्यौपानेबीच बाजागाजाका साथ शनिबार दोस्रो विवाह भएको हो । अधिकारकर्मी र स्थानीयकै पहिलमा दम्पत्तिलाई पञ्चेबाजासहित पुनःस्थापना गरिएको हो ।

गाउँ निकालासँगै भत्काइएको उनीहरुको घर पनि स्थानीय समुदायबाटै निर्माण गरिएको छ । खरले छाएको पुरानो घर भत्के पनि अहिले टिनको छाना, दुई कोठा र शौचालयसहित चिटिक्कको घर पनि निर्माण भएको छ ।

लालबहादुर र साबित्रालाई स्थानीय राजनीतिक दलका प्रमुखसहित गाविस कार्यालयमै उपस्थित भएर छलफल गराई विवाह गरेको कागज गराएर गाउँमा बस्न नदिई निकाला गरिएको थियो । बाहुन परिवारकी महिला दलित वृद्धसँग लागेको आरोपमा सावित्राका भतिज चिन्तामणि न्यौपानेकै अगुवाइमा घर समेत भत्काउन लगाइएको थियो । 

प्रहरीमा सार्बजनिक अपराध अन्तर्गत निवेदन दर्ता भए पनि समाजमा पुनःस्थापित गर्ने दिनसम्म चिन्तामणि र गाविस सहायक झविलाल न्यौपाने फरारकै सूचीमा छन् । उजुरी परेका दुबै फरार रहे पनि कुनै न कुनै दिन पक्राउ पर्ने र कारबाही पनि हुने प्रजिअ ढुंगानाले बताए । कान्तिपुर दैनिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै