माघ १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ६ महिनाको अवधिमा प्रमुख राष्ट्रिय मुद्दामा सहमति जुटाउन असफल बनेको छ । 

संविध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ६ महिनाको अवधिमा प्रमुख राष्ट्रिय मुद्दामा सहमति जुटाउन असफल बनेको छ । 

संविध"/>

2026-07-09 12:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाहाल सरकारको छ महिना: न सहमति, न सहकार्य

2017-02-01


माघ १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ६ महिनाको अवधिमा प्रमुख राष्ट्रिय मुद्दामा सहमति जुटाउन असफल बनेको छ । 

संविधान कार्यान्वयनलाई तीव्रता दिनेदेखि संविधान संशोधन, स्थानीय निर्वाचन मिति घोषणा, अख्तियार प्रमुखविरुद्धको महाअभियोग प्रस्तावलगायत विषयमा सरकार सत्तारूढ र विपक्षी दलहरूसँग सहमति एवं सहकार्यका साथ अघि बढ्न पूर्णतः असफल बनेको हो ।

कुन–कुन बुँदामा संविधान संशोधन गर्ने भन्नेमा सरकारले प्रमुख प्रतिपक्षसँग मात्रै नभएर सरकारमै सहभागी भएको दलदेखि समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई समेत बुझाउन सकिरहेको छैन । मोर्चाले संसद्मा दर्ता भएको विधेयक परिमार्जनसहित पारित हुनुपर्ने अडान राखिरहेको छ ।

संसदमा दर्ता भएको अहिलेकै विधेयकमा मोर्चा र प्रमुख प्रतिपक्षी एमालेसँग सहमति जुटाउने प्रयासमा छ । मोर्चासँगको सहमति जुट्न नसकेकै कारण सरकारले निर्वाचन मिति घोषणासमेत गर्न सकेको छैन । अख्तियार प्रमुख (अयोग्य घोषित भएका) लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगमा समेत सरकारले सहमति जुटाउन सकेको थिएन ।

सत्ता साझेदार प्रमुख दल कांग्रेसलाई नै प्रधानमन्त्रीले महाअभियोगको पक्षमा ल्याउन नसक्दा अदालतको निर्णयबाट अयोग्य घोषित भई कार्की हटेका हुन् । सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि कार्की पदमुक्त भएका थिए । 

पछिल्लोपटक दलहरूबीच सहमति र सहकार्यको राजनीति टाढिँदै जाँदा स्थानीय निर्वाचन तथा संविधान कार्यान्वयनसमेत अनिश्चिततातर्फ धकेलिँदै गएको छ ।  -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू