फागुन २४, सप्तरी । एमालेले मेची–महाकाली अभियान घोषणा गरेदेखि नै मधेसी मोर्चाले अवरोध गर्ने चेतावनी दिएको थियो । 

२१ फागुनमा काँकडभिट्टामा अभि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २४, सप्तरी । एमालेले मेची–महाकाली अभियान घोषणा गरेदेखि नै मधेसी मोर्चाले अवरोध गर्ने चेतावनी दिएको थियो । 

२१ फागुनमा काँकडभिट्टामा अभि"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरीमा यसरी चल्यो गोली

२०७३, २४ फाल्गुन मंगलवार ०१:३१


फागुन २४, सप्तरी । एमालेले मेची–महाकाली अभियान घोषणा गरेदेखि नै मधेसी मोर्चाले अवरोध गर्ने चेतावनी दिएको थियो । 

२१ फागुनमा काँकडभिट्टामा अभियान उद्घाटन भए पनि १९ फागुनदेखि नै सप्तरीमा अवरोधको तयारी भएको थियो । संविधान संशोधन गर्न नदिएर एमालेले मधेसी जनताको अधिकारलाई कुल्चिएको भन्दै मोर्चाले गाउँगाउँमा मसाल जुलुससहित भण्डाफोर अभियान चलाएको थियो । 

एमालेको प्रचारात्मक कार्यक्रमलाई पनि अवरोध गर्दै शुक्रबार बिहान पार्टीका जिल्ला उपसचिव प्रतापनारायण चौधरीलाई मोसो दलिएको थियो । दिउँसो पार्टी सचिव शम्भु यादवको झोला खोसिएको थियो । सोही दिन एमाले सांसद रञ्जु ठाकुर चढेको गाडीमाथि ढुंगामुढा भएको थियो । तर, शनिबार भने मोर्चाका नेताहरू अवरोधको तयारी गर्न गाउँतिर गए, सहर शान्त थियो । यो खबर आजको नयाँ पत्रिकामा छ ।

आइतबार बिहानदेखि टायर बाल्दै एमालेविरुद्ध प्रदर्शन सुरु भयो । राजविराजको कार्यक्रम बिथोलिने निश्चितजस्तै भएपछि एमालेले तीन किलोमिटर उत्तर औद्योगिक क्षेत्रमा सार्ने निर्णय गर्‍यो । तर, सरकारी स्वामित्वमा रहेको औद्योगिक क्षेत्रमा कुनै पनि दलले अहिलेसम्म कार्यक्रम नगरेकाले अब पनि गर्न पाइँदैन भन्दै नाराबाजी भयो । औद्योगिक क्षेत्रको गेटमा तालाबन्दी पनि गरियो ।

औद्योगिक क्षेत्रमा आइतबारदेखि नै सुरक्षाकर्मी परिचालन भएका थिए । तर, सोमबार बिहान सो क्षेत्र पूर्ण रूपमा सुरक्षाकर्मीको नियन्त्रणमा थियो । 

बिहानैदेखि राजविराज, भारदह, कञ्चनपुर, रुपनीमा मोर्चाका कार्यकर्ताले टायर बालेर लाठीसहित प्रदर्शन गरिरहेका थिए । ९ बजेसम्म एमालेले कार्यक्रम गर्ने कि नगर्ने भन्ने अन्योल थियो । ९ बजेपछि मात्र मञ्च बनाउन सुरु भयो । 

एमालेले भारदह–हनुमाननगर–राजविराज आउने रुटलाई परिवर्तन गरेर भारदह–कञ्चनपुर–रुपनी हुँदै औद्योगिक क्षेत्र प्रवेश गर्ने नयाँ रुट बनायो । कार्यक्रम हुने निश्चित देखेपछि मोर्चाका प्रदर्शनकारी गाउँगाउँबाट ओइरिन थाले ।

सुनसरी इनरुवाको कार्यक्रम सकेर एमालेको र्‍याली सप्तरी प्रवेश ग¥यो । भारदहमा सुरक्षा घेराभित्र रहेका मोर्चाका कार्यकर्ताले कालोझन्डा देखाए । तर, झडप भएन । ¥याली कञ्चनपुरतर्पm अघि बढ्यो, जहाँ कालोझन्डा देखाउने मोर्चाका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गर्दा तीनजना घाइते भए । तर, र्‍याली विनाअवरोध अगाडि बढ्यो ।

करिब ४ बजे एमालेको र्‍याली सप्तरीको बसबिट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र प्रवेश गर्‍यो । 

त्यतिवेलासम्म सप्तरीका विभिन्न क्षेत्रबाट आएका मोर्चाका कार्यकर्ता सभास्थलनजिक पुगिसकेका थिए । तर, उनीहरूलाई प्रहरीले औद्योगिक क्षेत्रबाट दक्षिण राजविराजतर्फ नै रोकिराखेको थियो । सभा सुरु भएपछि केही प्रदर्शनकारी सभास्थलको पूर्वपट्टि दुई सय मिटरनजिक गहुँ खेतमा आएर कालोझन्डा देखाउँदै नाराबाजी गर्न थाले । 

प्रहरीले पटकपटक लाठीचार्ज गरेर प्रदर्शनकारीलाई तितरबितर गर्‍यो । उनीहरूले फेरि जम्मा हुँदै नाराबाजी गरिरहे । त्यहीबीचमा सद्भावना पार्टीका नेताहरू दीपेन्द्र चौधरी, किशोर यादव, लक्ष्मण यादवसहितका मधेसी अगुवालाई प्रहरीले पक्राउ पनि गर्‍यो । तर, मोर्चाका कार्यकर्ताको प्रदर्शन थामिएन ।

उता, नेताहरूले भाषण गरिरहेका थिए । माधव नेपाल सुरुमा बोले । त्यसपछि भर्खरै केन्द्रीय सदस्यमा मनोनीत लालबाबु यादव र स्थायी समिति सदस्य सत्यनारायण मण्डल बोले । उनीहरूले पाँच–सात मिनेटका दरले मात्र समय लिए । 

मोर्चाका कार्यकर्ता सभास्थलको ठीक पूर्वतर्फ राजविराज–रुपनी सडकसम्म आएर टायर बाल्दै प्रदर्शन बढाउँदै थिए । उनीहरूलाई नेपाल प्रहरीको दुई र सशस्त्र प्रहरीको एक गरी तीन घेरामा रोकेर राखिएको थियो । योबीचमा मोर्चा कार्यकर्ता र प्रहरीबीच ढुंगा हानाहान भइरहेको थियो । प्रहरीतर्फबाट एमालेका स्वयंसेवकले पनि मोर्चा कार्यकर्तातर्फ ढुंगाबाटै जवाफ फर्काइरहेका थिए ।

अन्त्यमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन सुरु गरे । ‘दुई–चारजनाले कालोझन्डा देखाउँदैमा एमाले डराउनेवाला छैन, कालोझन्डा देखाएर देश बन्दैन, देश बनाउने हो भने रातोझन्डामुनि आऊ, म आग्रह गर्दछु,’ ओलीको भनाइ यस्तै थियो । उनले बोलिरहँदा करिब पौने पाँच बजेको थियो । 

ओलीले सभालाई सम्बोधन गर्न थालेपछि थप आक्रोशित बनेका मोर्चाका कार्यकर्ता सभास्थलतर्फ अगाडि बढ्न खोज्दा सुरक्षाकर्मीले सयौँ राउन्ड अश्रुग्यास प्रहार गर्‍यो । तर, स्थिति नियन्त्रण भएन । त्यसपछि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको मृत्यु भएको मोर्चाले जनाएको छ । 

१२ जना गम्भीर घाइते छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाले स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रहरीले गोली चलाएको बताएका छन् । प्रदर्शनकारीको ढुंगा लागेर दुई–तीनजना सुरक्षाकर्मीसमेत घाइते भएको उनको भनाइ छ । तर, प्रहरीले पानीको फोहोरा हान्न वारुणयन्त्र पनि नचलाई गोली चलाएको आन्दोलनकारीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा