फागुन २५, काठमाडौं । स्ववियु निर्वाचनको माग गर्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा अध्ययनरत एक विद्यार्थीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, काठमाडौं । स्ववियु निर्वाचनको माग गर्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा अध्ययनरत एक विद्यार्थीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु निर्वाचन माग गर्दै सर्वोच्चमा रिट

२५ फाल्गुन २०७३, बुधबार ०१:४३

फागुन २५, काठमाडौं । स्ववियु निर्वाचनको माग गर्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा अध्ययनरत एक विद्यार्थीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्वाचन आयोगको परिपत्रका कारण त्रिभुवन विश्वविद्यालयबाट घोषित स्ववियु निर्वाचन अनिश्चित देखिएको भन्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा पूर्व निर्धारित तालिका अनुसार चैत १ गते गर्न आदेशको मागसहित अर्घाखाँची, मरेङ्ग स्थायी घर रहेका उक्त क्याम्पसमा स्नातक दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी लोचन आचार्यले रिट दायर गरेका हुन् । 

निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयलाई निर्वाचन आचासंतिहा कार्यान्वयनका लागि भन्दै एक पत्रमार्फत निर्वाचन रोक्न भनेपछि अन्यौल सिर्जना हुँदै आएको छ ।

आयोगको पत्रमा ‘विश्वविद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेशागत संघ संगठनहरुको पुर्व निर्धारित कार्यतालिका बाहेकको निर्वाचन नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिने’ व्यहोरा उल्लेख छ । तर आयोगको पत्र अगावै घोषित भएको निर्वाचन रोक्न बाधा नरहे पनि क्याम्पस तयार नदेखिएको भन्दै निर्धारित मितिमा निर्वाचनका लागि अन्तरिम आदेशको माग गरिएको छ ।

स्ववियु निर्वाचन नहुँदा क्याम्पसको शैक्षिक विकास एवम् रचनात्मक क्रियाकलापमा आघात पुग्ने जिकिर आचार्यको छ । यसैगरी तोकिएकै समयमा स्ववियू निर्वाचन माग गर्दै सोमबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थी तपेन्द्रबहादुर शाहीले पनि रिट दायर गरेका थिए । -अन्नपूर्ण पोस्ट् दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन