फागुन २५, काठमाडौं । स्ववियु निर्वाचनको माग गर्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा अध्ययनरत एक विद्यार्थीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, काठमाडौं । स्ववियु निर्वाचनको माग गर्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा अध्ययनरत एक विद्यार्थीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु निर्वाचन माग गर्दै सर्वोच्चमा रिट

२०७३, २५ फाल्गुन बुधबार ०१:४३

फागुन २५, काठमाडौं । स्ववियु निर्वाचनको माग गर्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा अध्ययनरत एक विद्यार्थीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्वाचन आयोगको परिपत्रका कारण त्रिभुवन विश्वविद्यालयबाट घोषित स्ववियु निर्वाचन अनिश्चित देखिएको भन्दै आयुर्वेद क्याम्पस कीर्तिपुरमा पूर्व निर्धारित तालिका अनुसार चैत १ गते गर्न आदेशको मागसहित अर्घाखाँची, मरेङ्ग स्थायी घर रहेका उक्त क्याम्पसमा स्नातक दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी लोचन आचार्यले रिट दायर गरेका हुन् । 

निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयलाई निर्वाचन आचासंतिहा कार्यान्वयनका लागि भन्दै एक पत्रमार्फत निर्वाचन रोक्न भनेपछि अन्यौल सिर्जना हुँदै आएको छ ।

आयोगको पत्रमा ‘विश्वविद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेशागत संघ संगठनहरुको पुर्व निर्धारित कार्यतालिका बाहेकको निर्वाचन नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिने’ व्यहोरा उल्लेख छ । तर आयोगको पत्र अगावै घोषित भएको निर्वाचन रोक्न बाधा नरहे पनि क्याम्पस तयार नदेखिएको भन्दै निर्धारित मितिमा निर्वाचनका लागि अन्तरिम आदेशको माग गरिएको छ ।

स्ववियु निर्वाचन नहुँदा क्याम्पसको शैक्षिक विकास एवम् रचनात्मक क्रियाकलापमा आघात पुग्ने जिकिर आचार्यको छ । यसैगरी तोकिएकै समयमा स्ववियू निर्वाचन माग गर्दै सोमबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थी तपेन्द्रबहादुर शाहीले पनि रिट दायर गरेका थिए । -अन्नपूर्ण पोस्ट् दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा