फागुन २५, काठमाडौँ । मृतक तीनैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ । अन्त्येष्टि कहिले हुने हो थाहा छैन, नभएसम्म घरमा चुलो बल्दैन ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, काठमाडौँ । मृतक तीनैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ । अन्त्येष्टि कहिले हुने हो थाहा छैन, नभएसम्म घरमा चुलो बल्दैन ।&n"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोलीले गाउँ स्तब्ध: मारिने तीनैजना राजनीतिबाट टाढा

२०७३, २५ फाल्गुन बुधबार ०२:०९

फागुन २५, काठमाडौँ । मृतक तीनैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै छ । अन्त्येष्टि कहिले हुने हो थाहा छैन, नभएसम्म घरमा चुलो बल्दैन । 

स्थानीय पसले सञ्जन मेहताको बिहे नौ महिनाअघि मात्रै भएको थियो । बेहोस भएकी श्रीमतीको राजविराज अस्पतालमा उपचार भइरहेको छ, दाजुलाई हृदयाघात भएको छ ।

५० वर्षीय पीताम्बर मण्डल घरमा रंगरोगन गर्ने मजदुर थिए । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप हुन थालेपछि उनी घरनजिकै रहेको सडकमा निस्केका मात्र थिए । अचानक गोली पेटमा लाग्यो र उनको मृत्यु भयो ।

पाँच वर्षमुनिका बालबालिकालाई पोलियो खोप पुर्या‍एर घर फर्कंदै गरेका सिनियर अहेब आनन्द साहले श्रीमतीलाई फोन गरेर आफु बाटोमै भएको जानकारी दिएका थिए । तर, उनी घर पुग्न पाएनन् । मोटरसाइकलमै गोली लागेर उनको निधन भयो ।

सरकारलाई मोर्चाको अल्टिमेटम

संविधान संशोधन र चुनाव स्थगित नगरे सात दिनमा समर्थन फिर्ता

संघीय गठबन्धन र मधेसी मोर्चाले सात दिनभित्र संविधान संशोधन तथा स्थानीय तहको निर्वाचन स्थगित नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छन् ।

राजविराज घटनालगत्तै सोमबार बसेको गठबन्धन बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मंगलबार संसद् सचिवालयमा त्यससम्बन्धी पत्र दर्ता गर्ने निर्णय गरेको थियो । तर, मंगलबार पुनः बसेको बैठकले भने सातदिने अल्टिमेटम दिने निर्णय गरेको हो । बैठकले सप्तरी गोलीकाण्डका मृतकलाई तत्काल सहिद घोषणा गर्न, परिवारलाई क्षतिपूर्ति दिन र घाइतेलाई स्वास्थ्य उपचार गर्न सरकारलाई आग्रह गरेको छ ।

एमाले अभियान अब हेटौँडाबाट

‘पार्टी नेतृत्वको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास’

एमालेले राजविराजमा घेरा हालेर पार्टी नेतृत्वको सामूहिक हत्या गर्ने सुनियोजित प्रयास भएको दाबी गरेको छ । ‘कार्यक्रमस्थलनजिक बम राखियो । कार्यक्रम चलिरहँदा बम प्रहार भयो । तीनतिरबाट घेराउ गरियो । गाउँगाउँबाट मानिसलाई लाठी र भाला लिएर आउन निर्देशन दिँदै सुरक्षा घेरा तोड्न खोजियो,’ मंगलबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष भीम रावलले भने, ‘नेतृत्वपंक्तिलाई नै समाप्त पार्ने दुरासय थियो भन्ने कुरा प्रस्ट भएको छ ।’

एमालेले सप्तरी घटनामा भएको तीनजनाको मृत्युको जिम्मेवारी गृहमन्त्री र मधेसी मोर्चाले लिनुपर्ने बताएको छ । अबको कार्यक्रम २७ फागुनदेखि हेटौँडाबाट सुचारु हुने पार्टीले जनाएको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा