चैत १, धादिंग । नीलकण्ठ नगरपालिका–२ तीनघरेकी ओममाया मिजार कुपोषणले ग्रस्त भएकी छन् । उमेरले भर्खर ६ वर्ष भएकी उनी अहिले उपचारको खोजीमा छिन् । हेर्दा उनको शरीरमा हाड "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १, धादिंग । नीलकण्ठ नगरपालिका–२ तीनघरेकी ओममाया मिजार कुपोषणले ग्रस्त भएकी छन् । उमेरले भर्खर ६ वर्ष भएकी उनी अहिले उपचारको खोजीमा छिन् । हेर्दा उनको शरीरमा हाड "/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

मृत्युसँग संघर्ष गर्दै ६ वर्षीया बालिका

१ चैत्र २०७३, मंगलवार ०१:५५

चैत १, धादिंग । नीलकण्ठ नगरपालिका–२ तीनघरेकी ओममाया मिजार कुपोषणले ग्रस्त भएकी छन् । उमेरले भर्खर ६ वर्ष भएकी उनी अहिले उपचारको खोजीमा छिन् । हेर्दा उनको शरीरमा हाड र छाला मात्र देखिन्छ । उनको घरमा पोषणयुक्त खानेकुरा त परै जाओस दैनिक छाक टार्नसमेत मुस्किल छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

ओममायाकी आमा जुठी मिजारले भनिन्, ‘घरको आर्थिक अवस्था अत्यन्त दयनीय छ, बिहान खायो बेलुका के खाऊँ भन्ने अवस्था छ अनि कसरी बालबच्चालाई पोषणयुक्त खाना खुवाउने ? ’ ओममायाको अहिले उमेर अनुसारको न तौल छ न त उचाइ । कडा खाले कुपोषण देखा परेको भए पनि उनले कुनै उपचार पाउन सकेकी छैनन् । परिवारले उपचार गर्न खर्चसमेत जुटाउन नसकेपछि उनी मृत्युसँग संघर्ष गर्न विवश छिन् ।

त्यसो त जुठी मिजार आफै पनि बिरामी र गर्भवती छिन् । ५ सन्तानकी आमा जुठी भर्खर २६ वर्षको भए पनि फेरि अर्को सन्तान जन्माउने तरखरमा छिन् । दलित परिवारमा चेतनाको कमीका कारण परिवार नियोजनबारे ज्ञान नहुँदा बर्सेनि सन्तान जन्माउने गरेको र पौष्टिक खानेकुरा नपाउने भएकाले बालबालिकामा कडा कुपोषण देखा परेको स्थानीयले बताए ।

जुठीका अन्य बालबच्चामा कुपोषणको लक्षण देखिएको भए पनि कडा कुपोषण भने ओममायामा मात्र देखिएको छ । मिठु मिजारका श्रीमान्ले ज्याला–मजदुरी गरेर परिवारको एक छाक टारिरहेको भए पनि पोषणयुक्त खानेकुरा अभावमा परिवार नै बिरामी परेका हुन् । ‘अभाव र गरिबीमा जिउनुपरेको छ । एकछाक टार्नै धौधौ भएको छ । बच्चा कुपोषणको सिकार भएका छन् । श्रीमान्ले ज्याला–मजदुरी गर्ने भए पनि कमाएको पैसा धेरैजसो रक्सी खाएरै सक्छन्’, जुठीले आँसु झार्दै भनिन्, ‘परिवार नियोजनबारे जानकारी भए पनि केही गर्न सकिएन, हरेक वर्ष बच्चा जन्मिन्छन्, कसरी हुर्काउने ? ’

जिल्ला सदरमुकामदेखि १ घन्टाको दूरीमा रहेको तीनघरेमा रहेका अधिकांश दलित परिवार अति विपन्न अवस्थामा छन् । सरकारले दलित भएकै कारण उपेक्षा गरेको मिजार समुदायको आरोप छ । ओममाया मात्र होइन, धादिङ जिल्लाभर करिब सय हाराहारीमा यस्ता प्रकृतिका कुपोषित बालबालिका छन् । विशेष गरी चेपाङ, दलित र समाजबाट पछाडि पारिएका न्यून आय भएका पारिवारका बालबालिका कुपोषणको सिकार बनेका छन् ।

जसकारण जिल्लामा सरकारी र गैरसरकारी संस्थाले सञ्चालन गरेका पोषणसम्बन्धी कार्यक्रमसमेत प्रभावहीन देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार २८ हजार ६ सय ८२ जना बालबालिकामा गरिएको पोषणसम्बन्धी सर्वेक्षणअनुसार प्रशस्त मात्रामा कुपोषणको सिकार भएका बालबालिका रहेको पाइएको छ । कार्यालयका अनुसार कडा र मध्यम खाले गरी करिब सात सय हाराहारीमा बालबालिका कुपोषित छन् । यस्ता बालबालिकालाई न सरकारको षोषणसम्बन्धी कार्ययक्रमले छुन सकेको छ न त कुनै गैर सरकारी संस्थाले ।

जिल्लाभर करिब ३६ हजार हाराहारीमा पाँच वर्षमुनिका बालबालिका छन् भने भूकम्पपश्चात् धादिङमा आधा दर्जन गैरसरकारी संस्थाले पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । -अन्नपूर्ण पोस्टमृत्युसँग संघर्ष गर्दै ६ वर्षीया बालिका

जिल्लाभर करिब ३६ हजार हाराहारीमा पाँच वर्षमुनिका बालबालिका छन् भने भूकम्पपश्चात् धादिङमा आधा दर्जन गैरसरकारी संस्थाले पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । -अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला