चैत १, धादिंग । नीलकण्ठ नगरपालिका–२ तीनघरेकी ओममाया मिजार कुपोषणले ग्रस्त भएकी छन् । उमेरले भर्खर ६ वर्ष भएकी उनी अहिले उपचारको खोजीमा छिन् । हेर्दा उनको शरीरमा हाड "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १, धादिंग । नीलकण्ठ नगरपालिका–२ तीनघरेकी ओममाया मिजार कुपोषणले ग्रस्त भएकी छन् । उमेरले भर्खर ६ वर्ष भएकी उनी अहिले उपचारको खोजीमा छिन् । हेर्दा उनको शरीरमा हाड "/>
२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

मृत्युसँग संघर्ष गर्दै ६ वर्षीया बालिका

२०७३, १ चैत्र मंगलवार ०१:५५

चैत १, धादिंग । नीलकण्ठ नगरपालिका–२ तीनघरेकी ओममाया मिजार कुपोषणले ग्रस्त भएकी छन् । उमेरले भर्खर ६ वर्ष भएकी उनी अहिले उपचारको खोजीमा छिन् । हेर्दा उनको शरीरमा हाड र छाला मात्र देखिन्छ । उनको घरमा पोषणयुक्त खानेकुरा त परै जाओस दैनिक छाक टार्नसमेत मुस्किल छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

ओममायाकी आमा जुठी मिजारले भनिन्, ‘घरको आर्थिक अवस्था अत्यन्त दयनीय छ, बिहान खायो बेलुका के खाऊँ भन्ने अवस्था छ अनि कसरी बालबच्चालाई पोषणयुक्त खाना खुवाउने ? ’ ओममायाको अहिले उमेर अनुसारको न तौल छ न त उचाइ । कडा खाले कुपोषण देखा परेको भए पनि उनले कुनै उपचार पाउन सकेकी छैनन् । परिवारले उपचार गर्न खर्चसमेत जुटाउन नसकेपछि उनी मृत्युसँग संघर्ष गर्न विवश छिन् ।

त्यसो त जुठी मिजार आफै पनि बिरामी र गर्भवती छिन् । ५ सन्तानकी आमा जुठी भर्खर २६ वर्षको भए पनि फेरि अर्को सन्तान जन्माउने तरखरमा छिन् । दलित परिवारमा चेतनाको कमीका कारण परिवार नियोजनबारे ज्ञान नहुँदा बर्सेनि सन्तान जन्माउने गरेको र पौष्टिक खानेकुरा नपाउने भएकाले बालबालिकामा कडा कुपोषण देखा परेको स्थानीयले बताए ।

जुठीका अन्य बालबच्चामा कुपोषणको लक्षण देखिएको भए पनि कडा कुपोषण भने ओममायामा मात्र देखिएको छ । मिठु मिजारका श्रीमान्ले ज्याला–मजदुरी गरेर परिवारको एक छाक टारिरहेको भए पनि पोषणयुक्त खानेकुरा अभावमा परिवार नै बिरामी परेका हुन् । ‘अभाव र गरिबीमा जिउनुपरेको छ । एकछाक टार्नै धौधौ भएको छ । बच्चा कुपोषणको सिकार भएका छन् । श्रीमान्ले ज्याला–मजदुरी गर्ने भए पनि कमाएको पैसा धेरैजसो रक्सी खाएरै सक्छन्’, जुठीले आँसु झार्दै भनिन्, ‘परिवार नियोजनबारे जानकारी भए पनि केही गर्न सकिएन, हरेक वर्ष बच्चा जन्मिन्छन्, कसरी हुर्काउने ? ’

जिल्ला सदरमुकामदेखि १ घन्टाको दूरीमा रहेको तीनघरेमा रहेका अधिकांश दलित परिवार अति विपन्न अवस्थामा छन् । सरकारले दलित भएकै कारण उपेक्षा गरेको मिजार समुदायको आरोप छ । ओममाया मात्र होइन, धादिङ जिल्लाभर करिब सय हाराहारीमा यस्ता प्रकृतिका कुपोषित बालबालिका छन् । विशेष गरी चेपाङ, दलित र समाजबाट पछाडि पारिएका न्यून आय भएका पारिवारका बालबालिका कुपोषणको सिकार बनेका छन् ।

जसकारण जिल्लामा सरकारी र गैरसरकारी संस्थाले सञ्चालन गरेका पोषणसम्बन्धी कार्यक्रमसमेत प्रभावहीन देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार २८ हजार ६ सय ८२ जना बालबालिकामा गरिएको पोषणसम्बन्धी सर्वेक्षणअनुसार प्रशस्त मात्रामा कुपोषणको सिकार भएका बालबालिका रहेको पाइएको छ । कार्यालयका अनुसार कडा र मध्यम खाले गरी करिब सात सय हाराहारीमा बालबालिका कुपोषित छन् । यस्ता बालबालिकालाई न सरकारको षोषणसम्बन्धी कार्ययक्रमले छुन सकेको छ न त कुनै गैर सरकारी संस्थाले ।

जिल्लाभर करिब ३६ हजार हाराहारीमा पाँच वर्षमुनिका बालबालिका छन् भने भूकम्पपश्चात् धादिङमा आधा दर्जन गैरसरकारी संस्थाले पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । -अन्नपूर्ण पोस्टमृत्युसँग संघर्ष गर्दै ६ वर्षीया बालिका

जिल्लाभर करिब ३६ हजार हाराहारीमा पाँच वर्षमुनिका बालबालिका छन् भने भूकम्पपश्चात् धादिङमा आधा दर्जन गैरसरकारी संस्थाले पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । -अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा