वैशाख १०, काठमाडौं | चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ । शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १०, काठमाडौं | चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ । शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने"/>
2026-06-20 03:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमडीको प्रवेश परीक्षामा ब्लुटुथबाट चिट चोरी

वैशाख १०, काठमाडौं | चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ । शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने दुई चिकित्सक पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले सञ्चालन गरेको परीक्षामा चिट चोर्ने चिकित्सकद्वय डा. अभिषेक आचार्य र डा. मनसा भोहरा पक्राउ परेका हुन् । 

आचार्य कमलपोखरीस्थित किस्ट कलेज तथा भोहरा महाराजगन्जस्थित त्रिवि नर्सिङ कलेजबाट पक्राउ परेका हुन् । कानमा ब्लुटुथ लगाएर उनीहरूले बाहिरबाट चिट चोर्ने गरेको खुलेपछि पक्राउ गरी प्रहरीलाई बुझाइएको थियो । उनीहरूको ब्लुटुथ डिभाइसमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । परीक्षाहल बाहिरबाट उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

पक्राउ परेकी २७ वर्षीय भोहरा भारतीय नागरिक हुन् । दुवैजनाले एउटै तरिकाबाट चिट चोरेकाले यसमा कुनै गिरोहले उनीहरूलाई सहयोग गरेको प्रहरी आशंका छ । एमडी अध्ययनका लागि धेरै पैसा पर्ने र नाम निकाल्ने गाह्रो हुने भएकाले यसमा चलखेल भएको आशंका गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले दुवै चिकित्सकलाई नियन्त्रणमा लिएको हो । चिकित्सा अध्ययन संस्थानले उनीहरूको परीक्षा रद्द गरी अनुसन्धानका लागि प्रहरीमा बुझाएको हो । चिट चोरेकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले तारेखमा उनीहरू छुटेको महाराजगन्ज वृत्तका डिएसपी गोविन्द पुरीले बताए । महानगरीय अपराध महाशाखाले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ । काठमाडौं महानगरपालिका–३५ का ५५ वर्षीय भोला अधिकारी, ४५ वर्षीय पुरुषोत्तम ढकाल र ७० वर्षीया कान्छी खड्का छन् । – नयाँ पत्रिकाबाट 

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ