४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जहाँ छात्राहरुले दिनभर पिसाव रोक्छन्

११ बैशाख २०७४, सोमबार ०१:४५

वैशाख ११, वैतडी | ‘एसइई (कक्षा १०) को परीक्षा सञ्चालन भइरहेकै बेला दुई छात्राको रजस्वला भयो । स्कुलले प्याड उपलब्ध गराउन सकेन । परीक्षा सकिएपछि लाजले ती छात्रा कक्षा कोठाबाट बाहिर निस्कन सकेनन्। 

परीक्षा केन्द्रका सबै विद्यार्थी शिक्षक र कर्मचारी हिँडेपछि मुस्किलले उनीहरु घर जान सके। यहाँका स्कुलले प्याडको व्यवस्था गर्दैन, त्यसैले परीक्षा नियन्त्रण कार्यालयले व्यवस्था गरिदिनुपर्छ’, बैतडीका विद्यालय निरीक्षक शंकरदक्त जोशीले अभिव्यक्त गरेको भनाइ हो यो। 

उनको अभिव्यक्तिबाट बैतडीका सामुदायिक विद्यालयका शौचालको अवस्थाबारे सहजै अनुमान लगाउन सकिन्छ । शौचालन अधिकांशमा छन् तर प्रयोगविहीन छन्। जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको छात्रा शिक्षा सञ्जालको बैठकमा उनले भने, ‘एउटै स्कुलको ८, १० वटासम्म शौचालय छ तर पानी छैन । त्यसैले सबै शौचालय सधैं बन्द हुन्छन् ।’

सफा शौचालयको अभावले विशेषगरेर छात्राहरुले दिनभरी पिसाब रोक्ने गरेका छन् । शिक्षा सरोकारवालाहरु यसरी छात्राले पिसाब रोक्दा मूत्रसम्बन्धी रोगसमेत लाग्ने गरेको बताउँछन् । – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’