2026-06-20 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाको संकल्पपत्र: दश वर्षमा सबै नगर स्मार्ट सिटी

2017-04-27

बैशाख १४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनलक्षित संकल्पपत्र सार्वजनिक गरेको छ । 

आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने राप्रपाको संकल्प छ । राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेताहरू विश्वबन्धु थापा र पशुपतिशमशेर राणाले संयुक्त रूपमा सार्वजनिक गरेको संकल्पपत्रमा राष्ट्रियता, प्रजातन्त्र, हिन्दूत्व र आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य छ । गाउँपालिका-नगरपालिकालाई देशभर ‘नमुना स्थानीय तह’का रूपमा स्थापित गरेर सञ्चालन गर्ने पनि राप्रपाको प्रतिबद्धता छ ।

गौहत्या निषेध : राप्रपाले गौहत्यालाई पूर्णतः निषेध गर्ने नीति लिएको छ । संकल्पपत्रमा भनिएको छ, ‘गौहत्यालाई निषेध गर्नुका साथै त्यस्तो अपराधमा संलग्नलाई कारबाही गरिनेछ । गौरक्षाका लागि प्रत्येक गाउँ–नगरपालिकामा गौशाला निर्माण गरिनेछ ।’ विद्यालयको पाठ्यक्रममा राष्ट्रियताको भावना अभिवृद्धि हुने विषय समावेश गरिने, स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै विविधतामा एकताको मान्यतालाई सुदृढ गरिने राप्रपाले जनाएको छ । पार्टीले निर्वाचन जितेका स्थानीय तहका कार्यालयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर अनिवार्य राख्ने राप्रपाको संकल्प छ ।

बजेटको २० प्रतिशत शिक्षामा : स्थानीय तहमा विनियोजित बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउने संकल्प राप्रपाको छ । गाउँपालिका र नगरपालिकाबाट अनुदान प्राप्त गर्ने विद्यालयमा माध्यमिक तहसम्मको पढाइ निःशुल्क गरिने, सार्वजनिक र निजी विद्यालयमा प्रयोग हुने पाठ्यसामग्रीमा एकरूपता कायम गर्ने र रोजगारमूलक व्यावसायिक शिक्षालाई जोड दिने योजना राप्रपाले बनाएको छ । स्थानीय समुदायको सहमतिमा कम्तीमा शिशुशिक्षादेखि कक्षा ३ सम्म मातृभाषामा अध्ययन–अध्यापन गराउने व्यवस्था मिलाउने राप्रपाले जनाएको छ ।

प्रत्येक गाउँ–नगरमा २५ शय्याको अस्पताल : राप्रपाको संकल्पपत्रमा प्रत्येक गाउँ–नगरपालिकामा कम्तीमा २५ शøयाको अस्पताल निर्माण गरी प्राथमिक स्वास्थ निःशुल्क गर्ने घोषणा छ । विपन्न परिवारमा प्रतिशिशु एकमुष्ठ पाँच हजार ‘सुपोषण अनुदान’ आमामार्फत प्रदान गर्ने योजना पनि छ ।

राजतन्त्रसहितको लोकतन्त्र आवश्यक : थापा

संकल्पपत्र सार्वजनिक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र अबको आवश्यकता भएको बताए । थापाले भने, ‘राप्रपा संविधानको परिधिभित्र संसद्को नियन्त्रणमा रहने राजसंस्थासहितको लोकतन्त्रको पक्षमा छ ।’ राजा महेन्द्रको राष्ट्रवाद र बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति राप्रपाको प्रेरणाको स्रोत भएको पनि थापाले बताए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ