वैशाख १४, काठमाडौं । करिब दुई महिनादेखि उत्तरी भादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १४, काठमाडौं । करिब दुई महिनादेखि उत्तरी भादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् ।&nb"/>
2026-06-20 04:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमिकाको तीन दिनअघि मृत्यु: प्रेमीको ५५ दिनपछि जीवितै उद्धार

2017-04-27

वैशाख १४, काठमाडौं । करिब दुई महिनादेखि उत्तरी भादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् । 

ती मध्ये एकको तीन दिनअघि मृत्यु भएको थियो । उद्धार टोलीले उत्तरी धादिङको रूबिध्याली गाउँपालिकामा ती पर्यटकको जोडीलाई फेला पारेको हो । उद्धार टोलीले खोँचमा खसेर एक जना बेहोस र अर्का एक जना मृत अवस्थामा उनीहरुलाई फेला पारेको हो ।

बेपत्ता २१ बर्षीय लाइङ सिङ युन अचेत अवस्थामा फेला परेका थिए भने १९ बर्षीया लिउ चेन चुनको शव फेला परेको थियो । ताइवानी पर्यटक २१ वर्षीय लाइङ सिंङ युनलाई ५५ दिनपछि जीवितै उद्धार गरिएको हो। उनकी प्रेमिका १९ वर्षीया लिउ चेन चुनलाईको भने उद्धार हुन नसक्दा तीन दिनअघि मृत्यु भएको थियो। नेपाल घुम्न आएका यी ताइवानी जोडी फागुन २० गतेदेखि धादिङको तिप्लीङ क्षेत्रबाट परिवारसँग सम्पर्कपछि वेपत्ता थिए।

वेपत्ता भएको ५५ दिनपछि पर्यटकलार्इ बुधबार धादिङको रुवीभ्यालीस्थित खोला किनारको ओढारमा स्थानीयले फेला पारेका हुन्। परिवार र एसियन ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासीलाई प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओढारमा बसेको अवस्थामा युवकलाई गम्भीर अवस्थामा र युवती मृत अवस्थामा स्थानीयले बुधबार बिहान फेला पारेका हुन्।

स्थानीयले खबर गरेपछि युनलाई एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेको थियो। बाटो बिराएर फसेका पर्यटकलार्इ सिम्रिक एयरको सहयोगमा पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले सफलता पूर्वक रेस्क्यू गरेका हुन्। उहाँहरु सिम्रिक एयरका लङलाइट रेस्क्यु विषेशज्ञ हुन्।

धादिङको तिप्लिङलगायतका उत्तरी क्षेत्रको दुई हजार मिटरसम्म हिमपात हुदाँ पाङ्गसाङ्ग पासबाट नारचेत खर्क हुँदै सोमदाङ्ग बस्ती झर्न खोज्दा उनीहरु त्याङग्रो भीरबाट हिउँमा चिप्लेर ओढारमा फसेका थिए। अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ