2026-06-20 09:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डराएकी छैन, डटेर सामना गर्छु: प्रधानन्यायाधीश कार्की

2017-05-01

वैशाख १८, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले व्यवस्थापिका संसद्मा दर्ता भएको महाभियोग प्रस्तावले आफू आफू कत्ति पनि बिचलित नभएको प्रतिक्रिया दिएकी छन् ।  उनले यसको डटेर सामना गर्ने समेत बताइन् ।

सोमबार प्रकाशित नागरिक दैनिकसँग कुराकानी गर्दै प्रधानन्यायाधीश कार्कीले महाभियोगले आफूलाई केही पनि फिल नभएको बताएकी छन् । तपाईंमाथि लागेको महाभियोगलाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नको जवाफमा कार्कीले भनेकी छन्, ‘मलाई त केही फिल नै भएको छैन । ममाथि महाभियोग लाग्छ भन्ने पहिल्यै थाहा थियो ।’

उनले यही विषयमा कुरा गर्न माओवादी सांसद् रामनारायण बिडारीले पटक -पटक भेटका लागि समय मागेको तर आफूले समय नदिएको बताएकी छन् । ‘केही दिनयता माओवादी सांसद् रामनारायण बिडारीले मलाई पटक- पटक फोन गरी कांग्रेसको दबाब आइरहेको छ, एकपटक भेट्नुपर्यो भनिरहनु भएको थियो । तर मैले भेट्न मानिनँ’, कार्कीले नागरिकसँग भनेकी छन् ।

कार्कीले बिडारीलाई भेट्न आफूले इन्कार गरेपछि प्रधानमन्त्रीले आइतबार बिहानै पनि दूत बनाएर वर्षमान पुनलाई निवासमा पठाएको तर आफूले नभेटेको प्रष्ट पारेकी छन् । आफूले नभेटेपछि वर्षामान श्रीमानलाई भेटेर फर्केको उनले बताएकी छन् । 

‘उहाँहरुले मलाई जे आरोप लगाएर महाभियोग दर्ता गर्नुभएको छ, त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ । तर, मैले न्यायप्रतिको निष्ठा र इमान्दारितामा कहिल्यै सम्झौता गरेकी छैन’, कार्कीले आफ्नो निडरता व्यक्त गर्दै भनेकी छन् ।

कार्कीले कार्यकारीको अधिकारमाथि हस्तक्षेप गरेको आरोपको समेत खण्डन गरेकी छन् । -नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ