असार ४, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले ५ नम्बर प्रदेशका तीन जिल्ला नवलपरासी, रूपन्देही र कपिलवस्तुको चुनाव पनि प्रदेश २ सँगै गर्नुपर्ने प्रस्ताव लिएर गएका राजपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ४, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले ५ नम्बर प्रदेशका तीन जिल्ला नवलपरासी, रूपन्देही र कपिलवस्तुको चुनाव पनि प्रदेश २ सँगै गर्नुपर्ने प्रस्ताव लिएर गएका राजपा"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

३ जिल्लाको चुनाव सार्ने राजपाको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

४ असार २०७४, आईतवार ०२:५०

असार ४, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले ५ नम्बर प्रदेशका तीन जिल्ला नवलपरासी, रूपन्देही र कपिलवस्तुको चुनाव पनि प्रदेश २ सँगै गर्नुपर्ने प्रस्ताव लिएर गएका राजपा नेतालाई ‘असम्भव’ भनेर फर्काएका छन् । माओवादी केन्द्रका नेता मातृका यादवलाई लिएर गएका राजपाका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवलाई देउवाले ‘अब चुनाव सार्ने प्रस्ताव नगर्न’ आग्रह गरेको स्रोतले बतायो ।

प्रधानमन्त्री देउवाले ‘राजपासँगको सहमतिमै प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको’ उल्लेख गर्दै आन्दोलनको कार्यक्रम यथावत् राख्ने निर्णय राजपाले शुक्रबार गरेकामा असन्तुष्टि प्रकट गरेका थिए ।

तीनवटा प्रदेशका स्थानीय तहमा आइतबार मनोनयन हुँदैछ । चुनावको सक्रिय बहिष्कार गर्ने उद्घोष गरेको राजपाले यसअघि स्थानीय तह थप भएका ११ जिल्लाकै चुनाव असोज २ मा सार्न आग्रह गरेको थियो । चुनाव सम्पन्न भएपछि २ नम्बर प्रदेशबाहेक अन्य ठाउँमा स्थानीय तहको संख्या थप गर्न नमिल्ने भन्दै ११ जिल्लाको चुनाव असोज २ मा गर्नुपर्ने प्रस्ताव राजपा नेता यादवले गरेका थिए । तर देउवाले राजपा नेताहरूसँग भएको अनौपचारिक सहमतिअनुसारै २ नम्बर प्रदेशको चुनाव सारिएको बताउँदै अन्य ठाउँमा चुनाव नरोकिने बताए ।

प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले भने माओवादी केन्द्रका नेता मातृका यादवले समय लिएर भेट्न आएको बताए । ‘राजनीतिक भन्दा पनि व्यक्तिगत कुरा गर्न उहाँहरू आउनुभएको हो’, उनले भने, ‘बाहिर आएजस्तो चुनाव सार्ने प्रस्ताव लिएर आउनुभएको होइन ।’ राजपा नेता यादवले भने प्रधानमन्त्री देउवासँगको भेटघाटबारे केही बताउन चाहेनन् । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या