असार ५, काठमाडौँ । नेकपाको नेतृत्वले चुनाव ‘खारेजी’ गर्ने नीति ल्याएपनि रोल्पाको थबाङ गाउँपालिकाका नेकपाका निकट नेता र कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ५, काठमाडौँ । नेकपाको नेतृत्वले चुनाव ‘खारेजी’ गर्ने नीति ल्याएपनि रोल्पाको थबाङ गाउँपालिकाका नेकपाका निकट नेता र कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस र नेकपाबीच चुनावी तालमेल गर्ने ‘गोप्य सहमति’

५ असार २०७४, सोमबार ०१:३५


असार ५, काठमाडौँ । नेकपाको नेतृत्वले चुनाव ‘खारेजी’ गर्ने नीति ल्याएपनि रोल्पाको थबाङ गाउँपालिकाका नेकपाका निकट नेता र कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । थबाङलाई विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको प्रभावकारण सुरक्षा संवेदनशील मानिएको छ । उच्च सुरक्षा संवेदनशिल ठाउँमै उम्मेदवारी दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको हो ।

स्थानीय तहको निर्वाचन ‘खारेजी’ को नीति लिएको नेकपाका कारण थबाङमा मनोनयन दर्ता कस्तो हुन्छ भन्ने सबैमा चासो हुँदै गर्दा शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थबाङमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा निकट जन स्वंसेवक दलका जिम्मेवार अगुवा अमित घर्तीले गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्। उपाध्यक्षमा भने कसैले पनि स्वतन्त्र उम्मेदवारी दिएका छैनन् । नेपाली कांग्रेसबाट उपाध्यक्ष पदका लागि श्रीकुमारी रोकामगरले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतले जनाए।

कांग्रेसबाट अध्यक्ष पदमा कोही उम्मेदवार वनेन्। स्वतन्त्रमा उपाध्यक्ष नउठाईनु र कांग्रेसबाट अध्यक्ष उम्मेदवार नवनाईनु संयोग होईन । स्रोतका अनुसार स्वतन्त्रका अध्यक्ष र कांग्रेसबीच अघोषित सहमति भएको छ । गोप्य योजना अनुसार नै स्वतन्त्रबाट उपाध्यक्ष र कांग्रसबाट अध्यक्ष उम्मेदवार नवनाईएको हो।

नेकपा एमालेबाट अध्यक्षमा हितबहादुर रोकामगर र उपाध्यक्षमा जान रोकामगरले उम्मेदवारी दिएका छन्। नेकपा माओवादी केन्द्रबाट बीरबहादुर घर्ती अध्यक्ष र रामकिरणी रोका उपाध्यक्ष पदको उम्मेदवार बनेका छन्। स्वतन्त्रबाटै भक्तबहादु घर्ती पनि अध्यक्षको उम्मेदवारी दिएका छन्। एमाले र माओवादी केन्द्रले गाउँपालिका देखि वडा सबै पदमा उम्मेदवार खडा गरेका छन्।

पाँच वटा वडा रहेको थबाङ गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुमा भने स्वतन्त्र र कांग्रेसबाट अलगअलग उम्मेदवार दर्ता गरिएको छ। स्वतन्त्रबाट अध्यक्षका रुपमा वडा नं. १ मा फर्कबहादुर बुढा, वडा नं. २ मा लिलाराम रोका, वडा नं. ४ बाट हिक्मत घर्ती र वडा नं. ५ बाट डुकमन रोका उम्मेदवार बनेका छन्।

नेकपाको नेतृत्वले उम्मेदवार नहुन पटकपटक आग्रह गरेपनि नेकपाका आस्थावान थबाङी मतदाताको भावनाको कदर गर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवार वनेको दावी गरिएको छ। स्थानीय तहको निर्वाचन भएकाले उपयोग गर्न मतदाता ईच्छुक रहेको उनीहरुले जिकिर गरेका छन्। नेकपाले पार्टी योजना र निर्देशनमा स्वतन्त्र उम्मेदवार नवनेको जनाएको छ। ‘पार्टीको नीति चुनाव खारेजी नै हो । चुनाव उपयोग गर्ने भन्ने नै होईन । स्वतन्त्रबाट उम्मेदवार पार्टीको योजनामा होईन।’, नेकपाका जिल्ला सचिव दलबहादुर खत्री ‘जागृति’ भन्छन्, ‘पार्टीको नीति विपरित जानेलाई कारवाही हुनसक्छ।’ नेकपाका नेता एवं थबाङका रैथाने जयप्रकाश रोका ‘प्रताप’ ले स्वतन्त्र उम्मेदवारीमा पार्टी संलग्न नरहेको दावी गर्छन्।

खारेजी भनेपनि नेकपाका स्थानीय नेता, कार्यकर्ता र आस्थावानले थबाङमा ‘स्थानीय चुनाव उपयोग’ गर्ने रणनीति अपनाएको स्पष्ट भएको छ । स्वतन्त्र उम्मेदवारले पनि व्यक्तिगत स्वतन्त्रता प्रयोग गरेर उम्मेदवारी दिएको वताएका छन । नेकपाका आस्थावान थबाङीको भावनामा चोट नपुग्ने गरी नेकपाको नेतृत्व मौन वस्यो भने यहाँ चुनाव शान्तिपुर्ण आंकलन गरिएको छ । संविधान सभाको दोस्रो चुनावमा थबाङ गाविसमा शून्य मतदान भएको थियो । थबाङ गाउँपालिकामा साविकका छिमेकी गाविस मिरुल र उवा गाभिएका छन्।  -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या