९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के चकलेट खाँदा डन्डीफोर आउँछ? के हो वास्तबिकता?

२१ आश्विन २०८१, सोमबार १३:०३

काठमाडौँ | चकलेट र डन्डीफोरबीचको सम्बन्धबारे लामो समयदेखि विभिन्न धारणा छन्। विशेषगरी चकलेट वा गुलियो खानेकुराका कारण डन्डीफोर आउने भनाइ लोकप्रिय छ। तर, यसमा सत्यता कति छ त?

सन् १९६० मा गरिएको अध्ययनले चकलेट र डन्डीफोरबीच कुनै सम्बन्ध नदेखाए पनि, अध्ययनलाई आलोचना गरिएको थियो। पछिल्ला अध्ययनहरूमा भने चकलेटलगायत पश्चिमी आहारमा प्रशोधित फ्याट, चिनी र दूधका सामग्री धेरै हुने कारणले डन्डीफोर हुन सक्ने देखाइएको छ।

डन्डीफोर भनेको छालाको समस्या हो, जहाँ कपाल उम्रिने ‘हेयर फोलिकल्स’ तेल र मृत कोषहरूले बन्द हुन्छन्। किशोरावस्थामा यो समस्या आनुवंशिक कारणले बढी देखिन्छ, तर वयस्क महिलाहरूमा पनि देखिन थालेको छ। छालारोग विज्ञ बेबे डु-हारपरका अनुसार, तेल उत्पादनमा आनुवंशिकता महत्त्वपूर्ण भूमिका खेल्छ।

खानेकुराले छालामा सुजन गराउँछ, जसले डन्डीफोरलाई बढाउन सक्छ। खासगरी चिनी धेरै भएको आहारले रगतमा इन्सुलिनको मात्रा बढाएर छालामा सुजन गराउँछ र डन्डीफोर उत्पन्न हुन्छ।

सन् २०२० मा गरिएको एक ठूलो अध्ययनले पश्चिमी आहार र डन्डीफोरबीच सम्बन्ध रहेको देखाएको थियो। यसमा प्रशोधित कार्बोहाइड्रेट, चिनी, फ्याट र दूधबाट बनेका खानेकुराहरूले डन्डीफोर निम्त्याउन सक्छन्।

तर, चकलेट आफैँले डन्डीफोर निम्त्याउँछ भन्ने कुरा भने सिधै प्रमाणित भएको छैन। डार्क चकलेटमा चिनी कम हुने भएकाले, यसले छालामा सुजन कम गर्नसक्ने बताइएको छ। –बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो