२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् हेडक्वार्टरमा माओवादी नेताहरुका चुनावी रिपोर्टिङ

२०७४, २८ असार बुधबार ०२:५८

असार २८, काठमाडौं । माओवादी केन्द्रका नेताहरूले स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसक्नुमा अति आत्मविश्वास, गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तर्घात र निर्वाचन अनुभवको कमी मूल कारण रहेको बताएका छन् । 

कतिपय स्थान जितिनेमा अति विश्वास (ओभर कन्फिडेन्स) का कारण पनि पार्टी पराजित हुन पुगेको नेताहरूले जिकिर गरेका छन्। दुई चरणमा सम्पन्न ६ वटा प्रदेशको चुनावी समीक्षा, २ नम्बर प्रदेशको स्थानीय चुनावदेखि प्रदेश र केन्द्रसम्मको चुनावको तयारी र संगठनात्मक कार्यायोजनाका विषयमा छलफल गर्न २ साउनमा बोलाइएको सचिवालयको विस्तारित बैठकको तयारीका लागि मंगलबार बसेको माओवादी हेडक्वार्टर बैठकमा रिपोटिङ गर्दै नेताहरूले त्यस्तो बताएका हुन्। 

बैठकमा १४ असारमा निर्वाचन भएको प्रदेश नम्बर १, ५ र ७ का प्रदेश इन्चार्ज तथा अन्य केही नेताले बोलेका थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुरूप परिणाम ल्याउन नसक्नुमा आन्तरिकदेखि कतिपय प्राविधिक कमजोरी पनि रहेको बताउनुभएपछि प्रदेश इन्चार्ज तथा अन्य नेताले बोलेका थिए।

निर्वाचन परिणाम पार्टीको पक्षमा आउने विश्वास गरिएको रोल्पाकै तीन स्थानीय तहमा पराजित हुनु, पहिलो चरणको भन्दा राम्रो नतिजाको अपेक्षा गरेकोमा नतिजा नआएपछि माओवादी केन्द्र चुनावी समीक्षामा बसेको हो।

चुनाव समीक्षाकै लागि उसले २ साउनदेखि केन्द्रीय सचिवालयको विस्तारित बैठक बोलाएको छ।बैठकमा प्रस्तुत गर्ने लिखित राजनीतिक दस्ताबेज तयारीका लागि मंगलबार अध्यक्ष दाहालले पार्टी हेडक्वार्टर बैठक राखेका हुन्।

‘माओवादीले शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा आइसकेको अवस्थामा आफ्नो पहिचानसहित कसरी अगाडि जाने भन्नेमा गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको छ’, हेडक्वार्टर सदस्य गिरिराजमणि पोखरेलले भने, ‘त्यसैको तयारीका लागि मंगलबार हेडक्वार्टरमा सामान्य छलफल भएको हो।’बैठकमा ५ नम्बर प्रदेश इन्चार्जसमेत रहेका नेता वर्षमान पुनले नतिजाको तथ्यगत रिपोर्टिङ राख्दै समग्रमा पार्टी निराश भई हाल्नुपर्ने परिस्थिति नदेखिएको बताएका थिए।

पुनले संविधानसभाको २०७० को पछिल्लो निर्वाचनमा भन्दा पार्टीले भोट प्रतिशतमा झन्डै ४ प्रतिशतले बढाएको, ३७ वटा स्थानीय तहको प्रमुख पदको प्रतिस्पर्धामा पार्टी दोस्रो स्थानमा रहेको रिपोर्टिङ गरे।

‘कतिपय अपेक्षा गरेकै स्थानमा पनि हामी पराजित हुन पुगेका छौं, रोल्पामा तीन तह हार्‍यौं, त्यहाँ एउटामा हाम्रैमा रहेका साथी विद्रोही बनेर मालेबाट उठिदिनुभयो, अर्को स्थान अलिक कमजोर भएकै क्षेत्र हो, अर्कोमा भने मतको व्यवस्थापन गर्न नसक्दा गुमाउन पुग्यौं’, बैठकमा पुनले भने।

प्रदेश नम्बर एकका इन्चार्ज गोपाल किराँतीले निर्वाचनमा भएका आर्थिक चलखेल र धाँधलीका अनेक नयाँ रूपलाई नियन्त्रण गर्न नसक्दा पार्टी कतिपय स्थानमा पराजित हुन पुगेको शृंखला सुनाए।

उनले मतगणना गर्दा माओवादी उम्मेदवारको पक्षमा परेको मत वदर गराउने, गणनाको तथ्यांकमा गोलमोटल गर्नेजस्ता धाँधलीका नयाँ रुप देखिएको बैठकमा रिपोर्टिङ गरे। किराँतीले अब माओवादीले आफ्नो पहिचान जोगाउन नसक्ने हो भने कांग्रेस-एमालेभन्दा फरक नहुने धारणा राखेका थिए।

प्रदेश नम्बर ७ का इन्चार्ज लेखराज भट्टले भने निर्वाचनका बेला माओवादी उम्मेदवार आर्थिक र भौतिक रूपमा पनि थाकेका कारण परिणाम पक्षमा आउन नसकेको बताए।’

चुनाव लामो भयो, हामी पहिल्यैदेखि तयारीमा लागेका थियौं, त्यसबेला कांग्रेस-एमाले तयारीमै थिएनन् तर जब चुनाव लाग्यो, हामी थाक्यौं, अरू ताते, बिंड तात्ने बेला हामी तात्न नसक्दा हार्‍यौं’, भट्टले भने। 

बैठकमा गिरिराजमणि पोखरेल, कुलप्रसाद केसी, शक्ति बस्नेत, जयपुरी घर्ती, टंक राईलगायत नेताले राजनीतिक व्यक्तित्व छानिए पनि स्थानीय जनतासँग नजोडिएकालाई उम्मेदवार बनाउँदा पनि पार्टी हारेको रिपोर्ट गरेका थिए। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह