असार ३०, काठमाडौं । मुलुकका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री मात्रै होइन, हरेक मन्त्रीसमेत चार तहको सुरक्षा घेरामा हिँड्छन् । 

निवास,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३०, काठमाडौं । मुलुकका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री मात्रै होइन, हरेक मन्त्रीसमेत चार तहको सुरक्षा घेरामा हिँड्छन् । 

निवास,"/>

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीआईपीलाई सुरक्षा थ्रेट भएकै हो ?

३० असार २०७४, शुक्रबार ०१:४१


असार ३०, काठमाडौं । मुलुकका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री मात्रै होइन, हरेक मन्त्रीसमेत चार तहको सुरक्षा घेरामा हिँड्छन् । 

निवास, सवारी र व्यक्तिगत सुरक्षामा सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेरा हुन्छ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी हरदम उनीहरुको सुरक्षा चुनौतीको सूचना संकलन र विश्लेषणमा खटिन्छन् ।

अंगरक्षकसमेत २ वटा सुरक्षा निकायबाट खटिएका छन् सेना र प्रहरी । कतै हिँड्नुपर्यो भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अगाडि र पछाडि दुवैतिरबाट घेरा हाल्छन् । सार्वजनिक कार्यक्रममा वरिपरि सुरक्षाकर्मीको घेरा अनिवार्य छ । उनीहरु सहभागी हुने सार्वजनिक कार्यक्रममा मात्र हैन, बन्द कोठामा भएका सरकारी कार्यक्रममा समेत सुरक्षाकर्मी उपस्थित रहन्छन् ।

जुनसुकै कार्यक्रम होस् वा बैठकमा नै किन नहोस्, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका पछाडि सेना उभिनु अनिवार्य झैं देखिन्छ । यतिसम्म कि राष्ट्रपतिको सुरक्षा खर्च मासिक ८२ लाख छ भने प्रधानमन्त्रीका लागि ७८ लाख रुपैयाँ छ ।

बहालवाला पदाधिकारी मात्रै होइन, पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको सुरक्षा प्रबन्ध पनि चर्कै छ । उनीहरुको निवास, सवारी र व्यक्तिगत सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या बाक्लै छ ।

गृह मन्त्रालयले तयार पारेको विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि , २०७० ले बहालवाला र पूर्वपदाधिकारीलाई अतिविशिष्ट , विशिष्ट, मध्यम र सामान्य गरी चार तहमा वर्गीकरण गरेको छ । 

सोही आधारमा अति उच्चस्तरमा खतरा, उच्चस्तरको खतरा, मध्यम र सामान्यस्तरको खतरा गरी चार तहमा थ्रेटलाई वर्गीकरण गरी त्यसैअनुसार सुरक्षा प्रवन्धनलाई पनि विभाजन गरिएको छ । र, त्यसैअनुरुपको व्यवस्था गरिएको छ । गृहको सुरक्षा चुनौती वर्गीकरण र परिचालन शैली हेर्दा राष्ट्रपतिदेखि मन्त्रीसम्म उच्च सुरक्षा जोखिममा रहेको देखिन्छ । के त्यस्तै हो त ?

सुरक्षाविद् दीपप्रकाश भट्टको भनाइमा पदमा रहेका वा पूर्वपदाधिकारी अन्तर्राष्ट्रिय आतंकवादी समूह, पृथकतावादी वा हतियारधारी विद्रोही समूह र संगठित आपराधिक समूहबाट उत्पन्न हुने सुरक्षा जोखिम देखिँदैन ।’ अहिलेको सुरक्षा चुनौती सामान्य आक्रोसबाट उत्पन्न हुने अवस्थाको व्यवस्थापन मात्रै भएको उनको भनाइ छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा