साउन ४, काठमाडौं । ‘पार्टीभित्र गुट उपगुट अझै हटेन, कि सल्लाह नै गरेर गुट चलाऊँ होइन भने गुट त्यागेर माथि उठौं,’ यो आक्रोशित भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, काठमाडौं । ‘पार्टीभित्र गुट उपगुट अझै हटेन, कि सल्लाह नै गरेर गुट चलाऊँ होइन भने गुट त्यागेर माथि उठौं,’ यो आक्रोशित भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष"/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीभित्र गुटैगुट, कस्ता छन् माओवादीभित्रका गुट ?

२०७४, ४ श्रावण बुधबार ०१:२०

साउन ४, काठमाडौं । ‘पार्टीभित्र गुट उपगुट अझै हटेन, कि सल्लाह नै गरेर गुट चलाऊँ होइन भने गुट त्यागेर माथि उठौं,’ यो आक्रोशित भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिल्ला इन्चार्जसमेत सहभागी पार्टी सचिवालय सदस्यहरूको विस्तारित बैठकमा भनिएको विषय हो ।

अध्यक्ष प्रचण्डले सोमबार बैठकको सुरुवातमा गुट उपगुटकै कारण स्थानीय तहको निर्वाचनमा अपेक्षाअनुसार जित नभएको र गुट उपगुट बढ्दै गए पार्टी विघटनको खतरामा पुग्नेसमेत औंल्याए । पार्टीकै अस्तित्व खतरामा पर्ने र निर्वाचनमा समेत हारमा पु¥याउने के र कस्तो हो त माओवादीभित्रको गुट ? माओवादी हेडक्वार्टर सदस्य मणि थापा भन्छन्, ‘अध्यक्षसँग बार्गेनिङ गर्ने, शक्ति र सत्ता प्रयोग गर्ने, अझ भन्दा राजनीतिक केन्द्र्र बनाएर स्वार्थ समूहहरू खोलिनु गुट हो ।’

माओवादीभित्र अध्यक्ष प्रचण्डको वरिपरी घुम्ने तर जनता र कार्यकर्तामा कम मात्रमा जाने, फाइदा भने बढी लिने एक किसिमको समूह रहेको छ । पछिल्लोपटक क्षेत्रीय र जिल्लास्तरीय गुटसमेत माओवादीभित्र झांगिएर गएको छ । अझ रमाइलो त ‘जनयुद्ध’को उद्गमस्थल मानिएको रुकुम र रोल्पासमेत गुट उपगुटले चोखो छैन । रुकुमले रोल्पाका नेतालाई नमान्ने र रोल्पाकाले रुकुमका नेतालाई नमान्ने संकीर्ण सोचाइ पछिल्लोपटक ह्वात्तै बढेर गएको छ ।

कस्ता छन् माओवादीभित्रका गुट ?

माओवादी केन्द्रभित्र विभिन्न किसिम र उद्देश्यले खोलिएका स्वार्थ समूह रहेका छन् । यही समूह निर्वाचन तथा पार्टी महाधिवेशनका बेला सबैभन्दा बढी सक्रिय हुने गरेका छन् । त्यस्ता समूह कतिपय शक्ति र सत्ताको बार्गेनिङका लागि खोलिएका स्वार्थ समूह रहेको पाइएको छ भने कतिपय विचार सिद्धान्तमा आधारित समूह रहेका छन् । अध्यक्ष प्रचण्डको वरिपरी घुम्ने प्रधान समूह रहेको छ, त्यही समूहबाट गुट उपगुटले प्रश्रय पाउने र क्षेत्रीय, जिल्लास्तरीय हुँदै तल्लो तहसम्म झर्ने गरेको छ । जसमा नारायणकाजी समूह, वर्षमान पुन समूह, महरा समूह, जनार्दन समूह भनेर नामकरण गरिएको पाइएको छ ।

त्यसो त अध्यक्ष प्रचण्डले सोमबार मौखिक प्रस्ताव राख्ने क्रममा रोल्पाको गुट, रुकुमको गुट, सिरहाको गुट, सप्तरीको गुट, सिन्धुलीको गुट, रामबहादुरको गुट, श्यामबहादुरको गुट भइराख्ने हो भने पार्टीलाई विघटन गरेर गुट चलाउँदा हुन्छ भन्दै केही गुटहरूको नाम नै लिएर आक्रोश पोखेका थिए । स्रोतका अनुसार माओवादीभित्र केन्द्रीय तहमा हर्ताकर्ता गर्नेमा पछिल्लोपटक नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा रहेका छन् ।

दोस्रो तहमा शक्ति बस्नेत, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरू रहेको बताइन्छ । अध्यक्षप्रचण्डले सरकार विस्तार तथा कुनै पनि राजनीतिक नियुक्तिका क्रममा नारायणकाजी समूहलाई छुटाउने गरेका छैनन् । कुनै कारणवश छुट्न गए पनि श्रेष्ठको आपत्तिसँगै प्रचण्डले सच्याउने गरेका छन् । कुनै निर्णय लिँदा अध्यक्ष प्रचण्डले वर्षमान पुनको सल्लाह छुटाउने गरेका छैनन् ।

अध्यक्ष प्रचण्डको वरिपरी घुम्ने नेताहरूद्वारा क्षेत्र र जिल्ला तहमा पनि आफूअनुकूल संगठन नेतृत्व बनाउने र सञ्चालन गर्ने परिपाटीको विकास बढेर गएको छ ।माओवादीभित्र ‘जनयुद्ध’ लडेकाहरूले श्रेष्ठलाई स्थायी गुटको नामकरणसमेत दिने गरेका छन् । तर ‘जनयुद्ध’कै उद्गमस्थल रुकुम र रोल्पाका नेताहरूसमेत एक हुन सकेका छैनन् । रुकुमका नेताहरूले रोल्पाका नेताहरूको अस्तित्व नस्विकार्ने र रोल्पाले रुकुमका नेताहरूको अस्तित्व नस्विकार्ने संस्कृतिले बढुवा पाएको त्यहाँका नेता कार्यकर्ता बताउँछन् । नजिकैका दुई जिल्लाका नेताहरूले एकजुट हुनुको सट्टा गुट उपगुट बनाउनेमा लाग्दा कार्यकर्ताहरू भने चिन्तित छन् ।

माओवादी केन्द्रमा ६ जेठ २०७३ बाट विभिन्न १० माओवादी घटकले एकता गरेका छन् । जसमा रामबहादुर थापा नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको माओवादी, मणि थापा नेतृत्वको माओवादीलगायत घटकले एकता गरेका थिए ।

उनीहरू अध्यक्ष प्रचण्डसँग राजनीतिक विषयमा नजिक–टाढा रहे पनि शक्ति, सत्ता र पहुँचका हिसाबमा बार्गेनिङ गर्नेमा आफू नलागेको तथा अलग्गै स्वार्थ समूह खडा नगरेको दाबी गर्छन् ।

माओवादीको जारी सचिवालय बैठकमा रिपोर्टिङका क्रममा जिल्ला इन्चार्जहरूले बढ्दो गुटबन्दी अन्त्य गर्न जोडदार माग गरेका थिए । उनीहरूले ४ हजार सदस्यीय जम्बो महाधिवेशन आयोजक समितिको औचित्य नदेखिएको भन्दै खारेज गर्नसमेत माग गरेका छन् ।

सोमबार प्रदेश २ का इन्चार्ज मातृका यादवले त अध्यक्ष प्रचण्डले नै गुट अन्त्यको घोषणा गर्नुपर्ने भन्दै गुट उपगुट चलाउन अध्यक्षबाटै सहयोग पुगेको घुमाउरो पारामा आरोप लगाएका थिए ।माओवादीनिकट बुद्धिजीवी संगठनका केन्द्रीय उपाध्यक्ष निलकण्ठ तिवारी व्यक्तिगत स्वार्थ पूरा गर्न गुट खोलिने गरेको भन्दै पार्टीलाई सुदृढ बनाउने हो भने पहिलो नम्बरमा गुट अन्त्य गर्नुपर्ने बताउँछन् ।

‘व्यक्तिगत स्वार्थ पूरा गर्ने मेकानिजम र मेसिन अन्त्य गर्नुपर्छ, गुटको खेती गर्ने र कल्पनामा रमाउने परिपाटी हटाउनुपर्छ,’ उनी भन्छन्, ‘नेतृत्व तहले संरक्षण नगर्ने हो भने गुट त त्यसै पनि हट्छ ।’ -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा