साउन ४, काठमाडौं । ‘पार्टीभित्र गुट उपगुट अझै हटेन, कि सल्लाह नै गरेर गुट चलाऊँ होइन भने गुट त्यागेर माथि उठौं,’ यो आक्रोशित भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, काठमाडौं । ‘पार्टीभित्र गुट उपगुट अझै हटेन, कि सल्लाह नै गरेर गुट चलाऊँ होइन भने गुट त्यागेर माथि उठौं,’ यो आक्रोशित भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष"/>
६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीभित्र गुटैगुट, कस्ता छन् माओवादीभित्रका गुट ?

४ श्रावण २०७४, बुधबार ०१:२०

साउन ४, काठमाडौं । ‘पार्टीभित्र गुट उपगुट अझै हटेन, कि सल्लाह नै गरेर गुट चलाऊँ होइन भने गुट त्यागेर माथि उठौं,’ यो आक्रोशित भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिल्ला इन्चार्जसमेत सहभागी पार्टी सचिवालय सदस्यहरूको विस्तारित बैठकमा भनिएको विषय हो ।

अध्यक्ष प्रचण्डले सोमबार बैठकको सुरुवातमा गुट उपगुटकै कारण स्थानीय तहको निर्वाचनमा अपेक्षाअनुसार जित नभएको र गुट उपगुट बढ्दै गए पार्टी विघटनको खतरामा पुग्नेसमेत औंल्याए । पार्टीकै अस्तित्व खतरामा पर्ने र निर्वाचनमा समेत हारमा पु¥याउने के र कस्तो हो त माओवादीभित्रको गुट ? माओवादी हेडक्वार्टर सदस्य मणि थापा भन्छन्, ‘अध्यक्षसँग बार्गेनिङ गर्ने, शक्ति र सत्ता प्रयोग गर्ने, अझ भन्दा राजनीतिक केन्द्र्र बनाएर स्वार्थ समूहहरू खोलिनु गुट हो ।’

माओवादीभित्र अध्यक्ष प्रचण्डको वरिपरी घुम्ने तर जनता र कार्यकर्तामा कम मात्रमा जाने, फाइदा भने बढी लिने एक किसिमको समूह रहेको छ । पछिल्लोपटक क्षेत्रीय र जिल्लास्तरीय गुटसमेत माओवादीभित्र झांगिएर गएको छ । अझ रमाइलो त ‘जनयुद्ध’को उद्गमस्थल मानिएको रुकुम र रोल्पासमेत गुट उपगुटले चोखो छैन । रुकुमले रोल्पाका नेतालाई नमान्ने र रोल्पाकाले रुकुमका नेतालाई नमान्ने संकीर्ण सोचाइ पछिल्लोपटक ह्वात्तै बढेर गएको छ ।

कस्ता छन् माओवादीभित्रका गुट ?

माओवादी केन्द्रभित्र विभिन्न किसिम र उद्देश्यले खोलिएका स्वार्थ समूह रहेका छन् । यही समूह निर्वाचन तथा पार्टी महाधिवेशनका बेला सबैभन्दा बढी सक्रिय हुने गरेका छन् । त्यस्ता समूह कतिपय शक्ति र सत्ताको बार्गेनिङका लागि खोलिएका स्वार्थ समूह रहेको पाइएको छ भने कतिपय विचार सिद्धान्तमा आधारित समूह रहेका छन् । अध्यक्ष प्रचण्डको वरिपरी घुम्ने प्रधान समूह रहेको छ, त्यही समूहबाट गुट उपगुटले प्रश्रय पाउने र क्षेत्रीय, जिल्लास्तरीय हुँदै तल्लो तहसम्म झर्ने गरेको छ । जसमा नारायणकाजी समूह, वर्षमान पुन समूह, महरा समूह, जनार्दन समूह भनेर नामकरण गरिएको पाइएको छ ।

त्यसो त अध्यक्ष प्रचण्डले सोमबार मौखिक प्रस्ताव राख्ने क्रममा रोल्पाको गुट, रुकुमको गुट, सिरहाको गुट, सप्तरीको गुट, सिन्धुलीको गुट, रामबहादुरको गुट, श्यामबहादुरको गुट भइराख्ने हो भने पार्टीलाई विघटन गरेर गुट चलाउँदा हुन्छ भन्दै केही गुटहरूको नाम नै लिएर आक्रोश पोखेका थिए । स्रोतका अनुसार माओवादीभित्र केन्द्रीय तहमा हर्ताकर्ता गर्नेमा पछिल्लोपटक नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा रहेका छन् ।

दोस्रो तहमा शक्ति बस्नेत, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरू रहेको बताइन्छ । अध्यक्षप्रचण्डले सरकार विस्तार तथा कुनै पनि राजनीतिक नियुक्तिका क्रममा नारायणकाजी समूहलाई छुटाउने गरेका छैनन् । कुनै कारणवश छुट्न गए पनि श्रेष्ठको आपत्तिसँगै प्रचण्डले सच्याउने गरेका छन् । कुनै निर्णय लिँदा अध्यक्ष प्रचण्डले वर्षमान पुनको सल्लाह छुटाउने गरेका छैनन् ।

अध्यक्ष प्रचण्डको वरिपरी घुम्ने नेताहरूद्वारा क्षेत्र र जिल्ला तहमा पनि आफूअनुकूल संगठन नेतृत्व बनाउने र सञ्चालन गर्ने परिपाटीको विकास बढेर गएको छ ।माओवादीभित्र ‘जनयुद्ध’ लडेकाहरूले श्रेष्ठलाई स्थायी गुटको नामकरणसमेत दिने गरेका छन् । तर ‘जनयुद्ध’कै उद्गमस्थल रुकुम र रोल्पाका नेताहरूसमेत एक हुन सकेका छैनन् । रुकुमका नेताहरूले रोल्पाका नेताहरूको अस्तित्व नस्विकार्ने र रोल्पाले रुकुमका नेताहरूको अस्तित्व नस्विकार्ने संस्कृतिले बढुवा पाएको त्यहाँका नेता कार्यकर्ता बताउँछन् । नजिकैका दुई जिल्लाका नेताहरूले एकजुट हुनुको सट्टा गुट उपगुट बनाउनेमा लाग्दा कार्यकर्ताहरू भने चिन्तित छन् ।

माओवादी केन्द्रमा ६ जेठ २०७३ बाट विभिन्न १० माओवादी घटकले एकता गरेका छन् । जसमा रामबहादुर थापा नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादव नेतृत्वको माओवादी, मणि थापा नेतृत्वको माओवादीलगायत घटकले एकता गरेका थिए ।

उनीहरू अध्यक्ष प्रचण्डसँग राजनीतिक विषयमा नजिक–टाढा रहे पनि शक्ति, सत्ता र पहुँचका हिसाबमा बार्गेनिङ गर्नेमा आफू नलागेको तथा अलग्गै स्वार्थ समूह खडा नगरेको दाबी गर्छन् ।

माओवादीको जारी सचिवालय बैठकमा रिपोर्टिङका क्रममा जिल्ला इन्चार्जहरूले बढ्दो गुटबन्दी अन्त्य गर्न जोडदार माग गरेका थिए । उनीहरूले ४ हजार सदस्यीय जम्बो महाधिवेशन आयोजक समितिको औचित्य नदेखिएको भन्दै खारेज गर्नसमेत माग गरेका छन् ।

सोमबार प्रदेश २ का इन्चार्ज मातृका यादवले त अध्यक्ष प्रचण्डले नै गुट अन्त्यको घोषणा गर्नुपर्ने भन्दै गुट उपगुट चलाउन अध्यक्षबाटै सहयोग पुगेको घुमाउरो पारामा आरोप लगाएका थिए ।माओवादीनिकट बुद्धिजीवी संगठनका केन्द्रीय उपाध्यक्ष निलकण्ठ तिवारी व्यक्तिगत स्वार्थ पूरा गर्न गुट खोलिने गरेको भन्दै पार्टीलाई सुदृढ बनाउने हो भने पहिलो नम्बरमा गुट अन्त्य गर्नुपर्ने बताउँछन् ।

‘व्यक्तिगत स्वार्थ पूरा गर्ने मेकानिजम र मेसिन अन्त्य गर्नुपर्छ, गुटको खेती गर्ने र कल्पनामा रमाउने परिपाटी हटाउनुपर्छ,’ उनी भन्छन्, ‘नेतृत्व तहले संरक्षण नगर्ने हो भने गुट त त्यसै पनि हट्छ ।’ -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश