साउन ५, काठमाडौं। सत्तारुढ दल माओवादी केन्द्रभित्र अहिले पार्टीले अवलम्बन गर्ने वैचारिक-राजनीतिक कार्यदिशादेखि सांगठनिक संरचनासम्ममा भाँडभैलो छ। पार्टी संगठनात्मक का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौं। सत्तारुढ दल माओवादी केन्द्रभित्र अहिले पार्टीले अवलम्बन गर्ने वैचारिक-राजनीतिक कार्यदिशादेखि सांगठनिक संरचनासम्ममा भाँडभैलो छ। पार्टी संगठनात्मक का"/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रभित्र ‘भाँडभैलो’ किन भयो ?

२०७४, ५ श्रावण बिहीबार ०२:२६

साउन ५, काठमाडौं। सत्तारुढ दल माओवादी केन्द्रभित्र अहिले पार्टीले अवलम्बन गर्ने वैचारिक-राजनीतिक कार्यदिशादेखि सांगठनिक संरचनासम्ममा भाँडभैलो छ। पार्टी संगठनात्मक कार्यविधिबमोजिम बनाउनुपर्ने संरचना बनेको छैन भने सबैभन्दा माथिल्लो निकाय केन्द्रीय समितिकै कति नेता अहिले कुन अवस्थामा छन् भन्ने नेतृत्वलाई नै थाहा छैन। 

पार्टीको केन्द्रदेखि जिल्लास्तरसम्म कहाँ कति संख्याको कमिटी बनेको छ भन्ने तथ्यसमेत माओवादी केन्द्र्रसँग छैन। समावेशी र समानुपातिक प्रतिनिधित्वको नारा सबैभन्दा बढी उठाउँदै आएको उसले भद्दा र ठूलो आकारका संगठन निर्माण गरेको छ। ठूलो आकारका संगठन बनाएपछि माओवादी आफैंले भन्दै आएको ‘जनवादी केन्द्रीयता’ को अभ्यास उसका सदस्यले कमिटीमा बसेर गर्न पाएका छैनन्। जसले गर्दा पार्टी संगठनमा निर्णय गर्ने अधिकार सीमित व्यक्तिमा केन्द्रित छ। त्यसमाथि नेतैपिच्छेको गुटले पार्टी संगठनलाई कमजोर बनाएको छ।

पार्टी सचिवालय बैठकमै अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र ‘जोवन ढल्काउने’ र ‘गुटबन्दी’ गर्ने नेताहरू देखिएको भन्दै कि गुटबन्दी रोक्न अन्यथा घोषित गुटबन्दी गर्न चुनौती दिनुपरेको छ। पार्टी हेडक्वार्टरमै रहेका नेता ‘सनक’ का भरमा कहिले राजीनामा दिन्छन्, कहिले निष्क्रिय बसिदिन्छन्। पार्टी केन्द्रमै उसको ४ हजारको संगठन बनेको छ।

जनवर्गीय संगठन र जातीय क्षेत्रीय मोर्चाभित्र झनै भाँडभैलो छ। कतिपय भ्रातृसंगठन र मोर्चाको वर्षौंदेखि सम्मेलन नै हुन सकेको छैन भने एकताका नाममा कतिपय संगठनका पदाधिकारी मात्रै पनि सयभन्दा बढीको संख्याको बनाइएको छ। मूल पार्टीको केन्द्र्रमा देखिएको भद्रगोल र अस्तव्यस्तताको प्रत्यक्ष असर भ्रातृसंगठन र जातीय/क्षेत्रीय मोर्चामा परेको छ।

भ्रातृसंस्थाका कमिटी पनि जम्बो छन्। उसका विद्यार्थी, मजदुर, महिलालगायत २५ जनवर्गीय संगठन छन्। त्यस्तै, योङ कम्युनिस्ट लिगलगायत आठवटा सहायक संगठन, नेवाः, तामाङ, किराँतजस्ता ३४ वटा जातीय-क्षेत्रीय मोर्चा छन्। केही वर्षयता यी संगठनका कमिटी ठूलो बन्ने तर संगठनका गतिविधि, बैठक भने कहिल्यै नबस्ने अवस्थाले विघटित स्थितिमा छन्।

सबैभन्दा सशक्त मानिएको वाईसीएलको अधिवेशन नै दर्जन बढी पल्ट मिति तोकिने र स्थगन हुने भइरहेको छ। अहिले पुनः ५ भदौका लागि मिति तय भएको छ। विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समिति ९ सय ९९ सदस्यीय छ। अध्यक्ष नरेन्द्र न्यौपाने कोहलपुरमा निर्वाचन लड्न गएपछि अहिले त्यहाँ कार्यवाहक अध्यक्ष को बन्ने ? भन्नेमा विवाद चुलिएको छ।अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ३२५ सदस्यीय केन्द्रीय समिति छ। शिक्षक संगठन ३५१, बुद्धिजीवी संगठन ३२५, दलित मुक्ति मोर्चा ४५१ सदस्यीय सम्मको केन्द्र छ। यी संगठनमा लामो समयदेखि एकै व्यक्तिले नेतृत्व लिइरहेका छन्। मजदुर संगठनमा मात्रै अन्य जवस-मोर्चाको तुलनामा सानो कमिटी बनेको छ। अखिल नेपाल ट्रेड युनियन महासंघको भने १९९ सदस्यीय केन्द्रीय कमिटी छ।

माओवादी केन्द्र यतिसम्म लथालिंग छ कि आफ्नै पार्टीको सदस्य संख्या कति छ भन्ने जानकारीसमेत उसलाई छैन। सदस्यता नवीकरण गर्ने र सदस्यताको अध्यावधिक विवरण केन्द्रीय कार्यालयसँग छैन। यद्यपि, उसले कुल तीन लाख हाराहारीमा पार्टी सदस्यता रहेको बताउँदै आएको छ।

पार्टीको संगठनात्मक संरचना निर्माणका लागि नेता वर्षमान पुन नेतृत्वको समितिले बनाएको संगठनात्मक कार्यविधि पार्टी हेडक्वाटर्रदेखि पोलिटब्युरो सम्मले अनुमोदन गरे पनि कार्यान्वयनमा आएको छैन। पुनले संगठनलाई समानुपातिक समावेशी बनाउने गरी जनसंख्याका आधारमा कमिटीमा सहभागिता गराउने गरी कार्यविधि तयार पारेका थिए।

माओवादीको संगठनभित्र अहिले सबैभन्दा माथिल्लो निकाय ‘हेडक्वार्टर’ छ। ३५ सदस्यीय उक्त कमिटी नै व्यावहारिक नभएको स्वयं माओवादी नेताहरू नै बताउँछन्। हेडक्वार्टरमा नेताहरूको पदीय सन्तुलन छैन। वैचारिक÷राजनीतिक प्रस्टता नभएका र विषयको बुझाइमा कमजोरी भएका नेतासमेत अहिले माओवादीको हेडक्वार्टरमा छन्। जसकारण वैचारिक बहस पार्टी कमिटीमा हुन छाडेको माओवादीका एक वरिष्ठ नेता बताउँछन्। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा