साउन ११, काठमाडौं । नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी)मा भारततर्फका सदस्य महेन्द्र पी. लामाले सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा नेपालले के परिम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ११, काठमाडौं । नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी)मा भारततर्फका सदस्य महेन्द्र पी. लामाले सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा नेपालले के परिम"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९५० को सन्धि पुनरवलोकन किन चाहँदैन भारत ?

२०७४, ११ श्रावण बुधबार ०२:०७


साउन ११, काठमाडौं । नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी)मा भारततर्फका सदस्य महेन्द्र पी. लामाले सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा नेपालले के परिमार्जन गर्न चाहेको हो भन्ने प्रस्ट पार्न नसकेको बताएका छन्।

‘नेपालले अहिलेसम्म सन्धिको कुन धारामा के परिवर्तन गर्न चाहन्छ भनेर प्रस्ट बताउन सकेको छैन’, जापानको टोकियोमा हालै आयोजित एक अन्तरक्रियामा प्रबुद्ध समूहका सदस्य लामाले भने, ‘स्पष्ट भएर आउन सकेको खण्डमा छलफल गर्न भारत तयार छ।’ जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापकसमेत रहेका लामा भारतमा नेपालसम्बन्धी विज्ञका रूपमा चिनिन्छन्।

सन् १९५० को सन्धि परिमार्जनका लागि आवश्यक सुझाव दिन समूहको बैठकमा छलफल जारी रहेका बेला लामाको यस्तो भनाइ आएको हो। नेपाली पक्षले भने प्रबुद्ध समूहको अहिलेसम्म बसेका चारपटकका बैठकमा उक्त सन्धिका धारामा परिवर्तन गर्न चाहेका विषय प्रस्तुत गरिसकिएको जनाएको छ। बरु भारतीय पक्षले त्यसमा स्पष्ट जवाफ दिइसकेको छैन। 

यद्यपि, भारतीय पक्षले सन्धि पुनरवलोकनबारे जवाफ नदिइसके पनि त्यसबारे नेपालले प्रस्ट कुरा राखेन भन्दै उल्टै आलोचना गर्न थालेको हो। समूहको पाँचौं बैठक अगस्ट अन्तिम साता सीमावर्ती नेपालगन्ज या विराटनगरमा बस्नेछ।

भारतका तर्फबाट समूहमा संयोजक रहेका भगतसिंह कोसियारीले अप्रिलमा भएको बैठकलगत्तै ‘सन् १९५० को सन्धि हचुवाका भरमा भएको होइन। यो त्यतिबेलाका हाम्रा पूर्वजले सुझबुझसाथ गरेका हुन्’ भनेका थिए। 

पछिल्लोपटक लामाले पनि आलोचनाको शैलीमा अभिव्यक्ति दिएपछि नेपाली पक्ष भारतले सन्धि परिमार्जन गर्न नचाहेको हो कि भन्दै सशंकित देखिएको छ। समूहमा नेपालका तर्फबाट कार्यकारी निर्देशक यादव खनालले लामाको अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरेका छन्।

‘सन् १९५० को शान्ति तथा मैत्री सन्धिका सबै धारामा नेपालका तर्फबाट प्रस्ट रूपमा आफ्ना कुरा राखिसकिएको छ’, कार्यकारी निर्देशक खनालले भने, ‘बरु भारतका तर्फबाट हालसम्म त्यसमा धारणा नदिएको अवस्था छ।’ भारतीय पक्ष सन्धि पुनरवलोकन गर्न सकारात्मक रहेको विश्वास गर्दै आएको उनको भनाइ छ। ‘आगामी दिनमा थप छलफल कसरी अघि बढ्छ ? अनि, केही भन्न सकिएला’, उनले भने। समूहका एक सदस्यले लामाको अभिव्यक्तिलाई ‘गैरजिम्मेवारपूर्ण’ भन्दै सन्धि पुनरवलोकनप्रति भारतको नियत प्रस्ट भएको टिप्पणी गरे।

अप्रिलमा काठमाडौंमा भएको बैठकमा नेपाली पक्षले सन्धिका सबैजसो धारामा संशोधन हुनुपर्ने धारणा व्यक्त गरे पनि भारतीय पक्षले त्यसमा स्पष्ट धारणा पेस गरेको थिएन। 

बैठकमा नेपाल पक्षका सदस्य नीलाम्बर आचार्यले सन्धिलाई समयानुकूल परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै विशेष प्रस्तुति दिएका थिए। उनले सन्धिका धारा ५, ६ र ७ लाई नेपालले पुनरवलोकन गर्न चाहेको स्पष्ट पारेका थिए। भारततर्फका सदस्यले उक्त सन्धिका धारा अध्यावधिक गर्न सकारात्मक रहेको संकेत गर्दै त्यसमा थप छलफल आवश्यक रहेको बताएका थिए। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो