९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीका नाम दाहालको ‘खल्तीमै’

११ श्रावण २०७४, बुधबार ०२:१४

साउन ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित नौ मन्त्रालय पाएको माओवादी केन्द्रले आफ्ना भागमा परेका मन्त्रीहरूको नाम अझै अनुमोदन गराएको छैन। माओवादी अध्यक्ष पुष्पकमल दाहालले शीर्ष नेताहरूसँगको परामर्शका आधारमा मन्त्रीहरूको नाम टुंगो लगाएको भनिए पनि पार्टीमा औपचारिकता भने दिएका छैनन्। 

प्रधानमन्त्री देउवाले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने भएपछि मन्त्रीहरूको नाम बिहान बस्ने पार्टी कार्यालयको बैठकबाट अनुमोदन गराउने तयारी माओवादीको छ। ‘अध्यक्षले शीर्ष केही नेतासँगको परामर्शका आधारमा मन्त्रीहरूको नाम छनोट गरिसक्नुभएको छ’, नेता नारायणकाजी श्रेष्ठले भने, ‘त्यसलाई पार्टी बैठकबाट औपचारिकता दिन मात्र बाँकी छ।

‘माओवादीबाट यसअघि कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभु साह मन्त्री बनिसकेका छन्। अब ६ मन्त्री पठाउन बाँकी छ। स्रोतका अनुसार गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठलाई मन्त्री बनाउने तयारी छ। महिलाबाट सीता नेपाली वा आशा खनालमध्ये कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागिसकेको छैन। सीतालाई मन्त्री बनाउँदा प्रदेश नम्बर ४ को प्रतिनिधित्व छुट्ने देखिएपछि आशालाई मन्त्री बनाउनुपर्ने माग उठेको छ।

माओवादीले शाहीलाई ऊर्जा, श्रेष्ठलाई सामान्य प्रशासन, मण्डललाई आपूर्ति, पोखरेललाई स्वास्थ्य, महिलाबाट प्रतिनिधित्व गर्नेलाई महिला, बालबालिका तथा समाजकल्याण र बस्नेतलाई कृषि विकास मन्त्रालयको जिम्मेवारीमा पठाउन लागेको हो। कृषि विकास मन्त्रालयमा भने कांग्रेससँग अझै माओवादी केन्द्रको कुरा मिलिसकेको छैन। कांग्रेसले माओवादीलाई पशुपक्षी विकास मन्त्रालय दिन खोजेको छ।

माओवादीमा कम्तीमा दुई महिलाले मन्त्रीकै जिम्मेवारी पाउनुपर्ने माग महिला सांसदले गरिरहेका छन्। पार्टीका ८२ सांसदमध्ये २८ जना महिला रहेकाले नौ मन्त्रालयमा दुई मन्त्री आफूहरूले पाउनुपर्ने उनीहरूको माग छ। दाहालले भने क्षेत्रीय सन्तुलन मिलाउन, जनाधार रहेको स्थानको प्रतिनिधित्व गराउन दुई महिलालाई मन्त्री दिन गाह्रो रहेको बताउँदै आएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

यी हुन् माओवादीबाट मन्त्री बन्नेहरू
माओवादी केन्द्र

- कृष्णबहादुर महरा- परराष्ट्र

- जनार्दन शर्मा- गृह

- प्रभु साह – सहरी विकास

- गिरिराजमणि पोखरेल

- टेकबहादुर बस्नेत

- शिवकुमार मण्डल

- महेन्द्रबहादुर शाही

- श्यामकुमार श्रेष्ठ

- सीता नेपाली वा आशा खनाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं