२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण ब्युँतायो माओवादीले मुद्दा

२०७४, १२ श्रावण बिहीबार ०१:३५

साउन १२, काठमाडौं । राजनीतिमा आफ्ना एजेन्डा राखेर छलफलमा ल्याउन माओवादी केन्द्र सिपालु छ । 

आफूले उठाएका एजेन्डालाई गन्तव्यसम्म ‘लिड’ गर्न नसके पनि राजनीतिक वृत्तमा बहस गराउन ऊ सक्षम पनि छ । माओवादी केन्द्रले अहिले पुनः त्यस्तै बहस छेडेको छ– शासन प्रणालीमा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी।’ 

माओवादीले उठाएको यो एजेन्डा नयाँ भने होइन। यसलाई उसले २२ महिनाअघि संविधान निर्माणका क्रममा फरक मतका रूपमा सुरक्षित गरेको थियो। संविधान निर्माणको सर्तमा आफ्नो पार्टीले यसलाई त्यतिबेला फरक मतका रूपमा सुरक्षित राखेको अध्यक्ष पुष्पकमल दाहालको तर्क छ। ‘आफ्नै अडानमा रहँदा संविधान निर्माण नहुने देखिएपछि फरक मत राखेरै भए पनि संविधान निर्माणमा त्यतिबेला सघाएका हौं’, उनले भने।

त्यसबेला संविधानमा फरक मत राख्ने दाहालको कदम पार्टीभित्र अनुमोदन नगराइएको भन्दै आलोचित बनेको थियो। तर, अहिले दाहालले फेरि मुद्दा बहसमा ल्याउने बेला पार्टीमा अनुमोदन नै गराएका छन्। 

स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको बैठकबाटै दाहालले फेरि यो एजेन्डा किन बहसमा ल्याउन खोजे ? राजनीतिक वृत्तमा अनेक अड्कलबाजी सुरु भएका छन्। तर, दाहालले त्यसको प्रस्टीकरण दिएका छन्, ‘सरकार अस्थिर भयो, आर्थिक विकास र समृद्धि हुनै सकेन। मुलुकलाई स्थिरतामा लैजान पनि अहिलेको शासन प्रणाली फेर्नै पर्छ।’

माओवादी केन्द्रले प्रदेश र केन्द्रको चुनावअघि अहिले यो विषयलाई बहसकै रूपमा अगाडि सारेको माओवादी केन्द्रका नेता मणि थापा बताउँछन्। ‘पार्टीभित्रको वैचारिक मुद्दा स्थापित गर्न र राजनीतिक धुव्रीकरणका लागि पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस आवश्यक देखियो,’ थापा भन्छन्, ‘यसलाई अहिले रणनीतिक एजेन्डाका रूपमा अगाडि बढाउने प्रयास गर्न खोजिएको हो।’

यसकारण ब्युँतायो माओवादीले मुद्दा

स्थिर सरकार र समृद्धि

सरकार असाध्यै अस्थिर हुन पुग्यो। २००७ सालयताका कुनै पनि सरकारले ५ वर्षसम्म स्थिर सरकार चलाउन सकेनन्। ०६२÷६३ सालपछि १० वर्षको अवधिमा १० वटा सरकार फेरिए। संविधान निर्माणपछि मात्रै पनि तीनवटा सरकार बने।

पटक–पटक बदलिने सरकारका कारण देशले राजनीतिक स्थिरता प्राप्त गर्न नसक्ने र यसो हुँदा आर्थिक समृद्धि एवं विकास प्रभावित हुने देखियो। नेपालमा बर्सेनि फेरिने सरकारका विकास हुन नसकेको निष्कर्षसहित शासन प्रणालीमा परिवर्तन हुनुपर्छ भनेर प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा पार्टीले उठाएको माओवादी सचिवालय सदस्य लेखनाथ न्यौपानेले बताए।

राष्ट्रिय एकता कायम गर्न

पछिल्लो समय राष्ट्रिय एकताको बहस पनि जोडदार रूपमा उठेको छ। हिमाल, मधेस र पहाडबीच विभाजन ल्याउने प्रयास पनि दलका नेताबाटै भएको देखिएको छ। अहिले राष्ट्रिय एकताको प्रतीक को हो ? भन्ने बहस पनि त्यत्तिकै छ। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो