९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा दुबई पठाएर ठग्ने अर्थलाइन र क्रोमोजोलाई कारबाही सिफारिस

१२ श्रावण २०७४, बिहीबार ०३:५१

साउन १२, काठमाडौं | भिजिट भिसामा विदेश कामदार पठाउने ट्राभल एजेन्सीलाई कारबाही गर्न श्रम मन्त्रालयले गृह मन्त्रालयलाई अनुरोध गरको छ । राम्रो काम र आकर्षक तलब पाइने भन्दै कामदारसँग लाखौँ असुल गरी संयुक्त अरब इमिरट्स (यूएई) मा अवैध ढंगले पठाउने अर्थलाइन ट्राभल एजेन्सी र क्रोमोजो ट्राभल्सलाई कारबाही गर्न श्रमले अनुरोध गरको हो। यी ट्राभल एजेन्सीले पठाएका मध्ये १९ जना यूएईमा अलपत्र परका थिए ।

अर्थलाइनले पठाएका १४ जना मंगलबार राति नेपाल फर्किएका छन् । अर्थलाइनले ३ लाख ५० हजार रुपैयासम्म असुल गरी उनीहरूलाई यूएई पठाएको थियो । ट्राभल एजेन्सीबाट कामदार पठाउने कार्य गैरकानुनी भएको र मानव तस्करीभित्र पर्ने भन्दै यसको छानबिन गृहबाट हुनुपर्ने श्रमले जनाएको छ । अध्यागमन विभागले छानबिन गर्न भन्दै उनीहरूको राहदानी नियन्त्रणमा लिएको छ । पीडितले पनि ट्राभलविरुद्ध उजुरी दिने तयारी गरका छन् ।

उनीहरूमध्ये अधिकांशलाई ‘लाइफगार्ड’ काममा २५ सय दिराम पाउने आश्वासन दिई यूएई पठाइएको थियो। ‘अर्थलाइनसँग सम्बन्ध रहेका साजन पाण्डे र ध्रुब अधिकारीले हामीसँग एक हजार डलर लिए पनि काममा लगाउन सकेनन्। उल्टो हामीलाई मानसिक यातना दिने, पिट्ने काम भयो,’ झापाका पूर्ण राजवंशीले भने, ‘नेपालमा भन्दा यूएईमा धेर दलालै रहेछन्। उनीहरू हामीलाई काममा लगाउनेभन्दा हाम्रो रकम लुट्न उद्यत देखिए । हामी डरैडरमा बस्न बाध्यभयौं ।’ सुनसरीका सुरश चौधरीले भिजिट भिसा सोझासीधा नेपालीलाई लुट्ने हतियार भएको बताए । ‘भिजिट भिसा देखाएर राम्रो काम र तलब पाइन्छ भनेर ठग्ने काम भइरहेको रहेछ । हामीजस्ता धेरै नेपाली यसबाट लुटिएका छन्,’ उनले भने, ‘यस्तो भिसामा जानेहरू ठूलो ट्र्यापमा पर्ने रहेछन्।’ 

आफूहरू ठगिएको थाहा भएपछि पीडितहरूले साजन पाण्डे र ट्राभल एजेन्सीलाई कारबाही गर्न माग राख्दै नेपाली दूतावासमा उजुरी दिएका थिए । दूतावासले पाण्डेमाथि कारबाही नगरको प्रति उनीहरू आक्रोशित देखिएका छन्। ‘पाण्डेले स्वदेश फिर्ने बेला हामीलाई टिकट त दिए, क्षतिपूर्ति दिएनन्। दूतावासले त्यसरी मान्छे ल्याई अलपत्र बनाउनेलाई यूएईको नियमअनुसार कारबाही नगरको देख्दा अचम्म लाग्यो,’ दाङका पदमलाल ओलीले भने। दूतावासले उनीहरूलाई ल्याउने साजन पाण्डेलाई दबाब दिई टिकट उपलब्ध गराई उद्धार गरको बताएको छ । यूएईका लागि कार्यवाहक राजदूत नेत्रप्रसाद टन्डनले पीडक पाण्डेलाई कारबाही गर्दा पीडितहरूको उद्धार हुन कठिन हुने भएकाले कारबाही गर्न नसकिएको बताए । ‘पाण्डेलाई कारबाही गर उनले ल्याएका नेपालीको बिचल्ली हुने र थप जटिलता हुने भएकाले कारबाही गर्न सकिदैन,’ राजदूतको भनाइ उद्धृत गर्दै जनसम्पर्क समितिका अध्यक्ष खेमराज बस्नेतले भने, ‘दूतावाससँग पीडकलाई कारबाही गर्न बजेट छैन । हामी कारबाही गर्न सक्दैनौं ।’ पीडकलाई कारबाही नभएकोप्रति बस्नेतसहित यूएईमा रहेका राजनीतिक दलका भ्रातृ संगठनका प्रमुखहरू दूतावास पुगेका थिए । -कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे