२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा दुबई पठाएर ठग्ने अर्थलाइन र क्रोमोजोलाई कारबाही सिफारिस

२०७४, १२ श्रावण बिहीबार ०३:५१

साउन १२, काठमाडौं | भिजिट भिसामा विदेश कामदार पठाउने ट्राभल एजेन्सीलाई कारबाही गर्न श्रम मन्त्रालयले गृह मन्त्रालयलाई अनुरोध गरको छ । राम्रो काम र आकर्षक तलब पाइने भन्दै कामदारसँग लाखौँ असुल गरी संयुक्त अरब इमिरट्स (यूएई) मा अवैध ढंगले पठाउने अर्थलाइन ट्राभल एजेन्सी र क्रोमोजो ट्राभल्सलाई कारबाही गर्न श्रमले अनुरोध गरको हो। यी ट्राभल एजेन्सीले पठाएका मध्ये १९ जना यूएईमा अलपत्र परका थिए ।

अर्थलाइनले पठाएका १४ जना मंगलबार राति नेपाल फर्किएका छन् । अर्थलाइनले ३ लाख ५० हजार रुपैयासम्म असुल गरी उनीहरूलाई यूएई पठाएको थियो । ट्राभल एजेन्सीबाट कामदार पठाउने कार्य गैरकानुनी भएको र मानव तस्करीभित्र पर्ने भन्दै यसको छानबिन गृहबाट हुनुपर्ने श्रमले जनाएको छ । अध्यागमन विभागले छानबिन गर्न भन्दै उनीहरूको राहदानी नियन्त्रणमा लिएको छ । पीडितले पनि ट्राभलविरुद्ध उजुरी दिने तयारी गरका छन् ।

उनीहरूमध्ये अधिकांशलाई ‘लाइफगार्ड’ काममा २५ सय दिराम पाउने आश्वासन दिई यूएई पठाइएको थियो। ‘अर्थलाइनसँग सम्बन्ध रहेका साजन पाण्डे र ध्रुब अधिकारीले हामीसँग एक हजार डलर लिए पनि काममा लगाउन सकेनन्। उल्टो हामीलाई मानसिक यातना दिने, पिट्ने काम भयो,’ झापाका पूर्ण राजवंशीले भने, ‘नेपालमा भन्दा यूएईमा धेर दलालै रहेछन्। उनीहरू हामीलाई काममा लगाउनेभन्दा हाम्रो रकम लुट्न उद्यत देखिए । हामी डरैडरमा बस्न बाध्यभयौं ।’ सुनसरीका सुरश चौधरीले भिजिट भिसा सोझासीधा नेपालीलाई लुट्ने हतियार भएको बताए । ‘भिजिट भिसा देखाएर राम्रो काम र तलब पाइन्छ भनेर ठग्ने काम भइरहेको रहेछ । हामीजस्ता धेरै नेपाली यसबाट लुटिएका छन्,’ उनले भने, ‘यस्तो भिसामा जानेहरू ठूलो ट्र्यापमा पर्ने रहेछन्।’ 

आफूहरू ठगिएको थाहा भएपछि पीडितहरूले साजन पाण्डे र ट्राभल एजेन्सीलाई कारबाही गर्न माग राख्दै नेपाली दूतावासमा उजुरी दिएका थिए । दूतावासले पाण्डेमाथि कारबाही नगरको प्रति उनीहरू आक्रोशित देखिएका छन्। ‘पाण्डेले स्वदेश फिर्ने बेला हामीलाई टिकट त दिए, क्षतिपूर्ति दिएनन्। दूतावासले त्यसरी मान्छे ल्याई अलपत्र बनाउनेलाई यूएईको नियमअनुसार कारबाही नगरको देख्दा अचम्म लाग्यो,’ दाङका पदमलाल ओलीले भने। दूतावासले उनीहरूलाई ल्याउने साजन पाण्डेलाई दबाब दिई टिकट उपलब्ध गराई उद्धार गरको बताएको छ । यूएईका लागि कार्यवाहक राजदूत नेत्रप्रसाद टन्डनले पीडक पाण्डेलाई कारबाही गर्दा पीडितहरूको उद्धार हुन कठिन हुने भएकाले कारबाही गर्न नसकिएको बताए । ‘पाण्डेलाई कारबाही गर उनले ल्याएका नेपालीको बिचल्ली हुने र थप जटिलता हुने भएकाले कारबाही गर्न सकिदैन,’ राजदूतको भनाइ उद्धृत गर्दै जनसम्पर्क समितिका अध्यक्ष खेमराज बस्नेतले भने, ‘दूतावाससँग पीडकलाई कारबाही गर्न बजेट छैन । हामी कारबाही गर्न सक्दैनौं ।’ पीडकलाई कारबाही नभएकोप्रति बस्नेतसहित यूएईमा रहेका राजनीतिक दलका भ्रातृ संगठनका प्रमुखहरू दूतावास पुगेका थिए । -कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी