साउन १४, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १४, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवादको घेरामा आईजीपी अर्याल, यी हुन् अर्यालमाथिका आरोप

१४ श्रावण २०७४, शनिबार ०१:२४


साउन १४, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । 

बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई काजमा तान्न अनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई ट्राफिक प्रहरी महाशाखा पठाउन मुख्यालयमा पत्र पठाएको स्रोतले जनाएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले अडान लिन नसक्दा विनाआरोप लामालाई काजमा तानिएको चर्चा मुख्यालयमा छ । लामा असार ३० गते एआईजी बढुवाको सिफारिसमा परेका थिए । मंगलबार मात्र उनलाई मुख्यालय तानेर डीआईजी बढुवा सिफारिसमा परेका एसएसपी खनाललाई महाशाखाको जिम्मेवारी सुम्पिएको छ ।

उच्च प्रहरी अधिकारीको काज सरुवाबारे पूर्वआईजीपी कुवेरसिंह राना भन्छन्, ‘बढुवा सिफारिसमा परिसकेको अवस्थामा नियमित प्रक्रियामा सरुवा गरेको भए राम्रो हुन्थ्यो, दबाब आयो भन्दैमा संगठन प्रमुखले गलत सन्देश दिने काम गर्नुहुँदैनथ्यो ।’

एसएसपीबाट डीआईजीका लागि बढुवा सिफारिस गर्दा पनि आईजीपी अर्याल विवादको घेराबाट बाहिर रहन सकेनन् । ब्याडमिन्टन खेल्दा लडेर अर्धचेत अवस्थामा रहेका एसएसपी राजेन्द्रमान श्रेष्ठ बढुवा सिफारिसमा परेनन् । उनी एसएसपीमा तेस्रो नम्बरका अधिकृत हुन् । उनकै ब्याचका एक प्रहरी अधिकृत भन्छन्, ‘आईजीपीले यो राम्रो गर्नुभएन, उहाँले गृहमन्त्रीलाई कन्भिन्स गर्न सक्नुपर्थ्यो । 

एक तह सम्मानस्वरूप बढुवा दिएपछि अर्कोपटक विचार गर्न सकिन्थ्यो । श्रेष्ठलाई अन्तिम अवस्थामा अपमानित गरियो ।’ प्रहरी स्रोतका अनुसार एसएसपी श्रेष्ठलाई बढुवा गर्नुपर्ने आशयसहितको पत्र मन्त्रालयमा पुगेको छ ।

आईजीपी अर्यालमाथि गृहमन्त्रीसामु निरीह बनेको , बढुवा सिफारिसमा न्याय गर्न असफल भएको, निलम्बन सिफारिसकालाई पुरस्कार दिएको, शक्तिकेन्द्र धाउनेलाई अवसर दिएको, पदीय मर्यादा कायम राख्न नसकेको लगायत आरोप लागेको छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो