साउन १४, काठमाडौँ । कांग्रेसमा मात्र होइन, माओवादी केन्द्रमा पनि मन्त्री बन्न नपाएपछि पीडा सुनाउने नेताको कमी छैन । 

‘विडम्बना नै भन्नुपर्छ, यो देशमा ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १४, काठमाडौँ । कांग्रेसमा मात्र होइन, माओवादी केन्द्रमा पनि मन्त्री बन्न नपाएपछि पीडा सुनाउने नेताको कमी छैन । 

‘विडम्बना नै भन्नुपर्छ, यो देशमा ने"/>

७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रभित्र पीडा: ‘सुरुमा बधाई अन्तिममा नाम काटियो’

१४ श्रावण २०७४, शनिबार ०२:१२


साउन १४, काठमाडौँ । कांग्रेसमा मात्र होइन, माओवादी केन्द्रमा पनि मन्त्री बन्न नपाएपछि पीडा सुनाउने नेताको कमी छैन । 

‘विडम्बना नै भन्नुपर्छ, यो देशमा नेपाली पोसाक लगाउनेलाई फाल्ने र चप्पल लाउनेलाई शपथ खुवाउने परम्पराको सुरुवात भयो’, माओवादी केन्द्रकी सचेतक सीता नेपालीले भनिन्, ‘यसपटक तपाईं मन्त्री भन्दै पार्टी अध्यक्षलगायत सबैले बधाई दिनुभयो तर अन्तिममा सकिएन भन्दै नाम काटियो ।’

एक महिनासम्म उनलाई महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीका रूपमा उचाल्ने काम मात्र भएको उनीनिकट नेता बताउँछन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारमै पनि मन्त्री बन्ने भन्दै चर्चामा रहेकी नेपाली यसपटक भने ढुक्क थिइन् । ‘मन्त्री भन्दै पार्टीले मलाई प्रचारमा ल्यायो’, उनले भनिन्, ‘बुधबार बिहान मात्रै पनि महिला सांसद समितिको बैठकमा अधिकांशले बधाई तथा शुभकामना दिनुभयो ।

म पनि होला त भन्दै ढुक्कै थिएँ तर अन्तिम समयमा पार्टी अध्यक्षको भनाइ भन्दै सचिवालय सदस्य हितराज पाण्डेले तपार्इंलाई मन्त्री बनाउन सकिएन भन्दै फोन गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति