साउन १५, काठमाडौं । शिक्षक सेवा आयोगले भदौको पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उवप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, काठमाडौं । शिक्षक सेवा आयोगले भदौको पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उवप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन रोक्न खोज्दैछन् शिक्षामन्त्री अस्थायी शिक्षक परीक्षा ?

१५ श्रावण २०७४, आईतवार ०१:१९


साउन १५, काठमाडौं । शिक्षक सेवा आयोगले भदौको पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उवप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं लागिपरेका छन् ।

अस्थायी शिक्षकहरूसँग परीक्षा अनुत्तीर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रोपटक परीक्षा सार्न आयोगलाई दबाब दिएका हुन्। गत वर्ष संशोधन भएको शिक्षा ऐनमा सामुदायिक विद्यालयमा २०४९ अघिदेखि ०७२असोज २ सम्म नियुक्ति लिएका स्थायी शिक्षकलाई स्थायी बनाउने प्रक्रिया एक वर्षभित्र सुरु गर्नुपर्ने व्यवस्था छ।

यही व्यवस्थाअनुसार गत चैत १९ मा आयोगले स्थायी शिक्षकलाई स्थायी बनाउन विज्ञापन गरेको थियो। गत असार २३ मा परीक्षाको मिति तय गरिएकोमा मन्त्री श्रेष्ठले अस्थायीको आन्दोलनको कारण देखाउँदै परीक्षा सारेको बताउँदै आएका छन्।

आयोगले भदौ ३ गते गर्न लागेको परीक्षा पनि पुनः सार्न उनले आयोगलाई दबाब दिएका हुन्। शिक्षामन्त्री श्रेष्ठले बिहीबार आयोगका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर परीक्षा सार्न दबाब दिएका हुन् । 

‘मन्त्रीज्यूले परीक्षा सार्न आग्रह गर्नुभयो’, आयोगका अध्यक्ष ताना गौतमले भने, ‘कानुनअनुसार परीक्षा लिइएकाले हामीले परीक्षा सार्न सकिँदैन भन्यौं।  -कान्तिपुर दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश