९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ मा माओवादीको सिंगो हेडक्वार्टर परिचालित, यस्तो छ आँकलन

१७ श्रावण २०७४, मंगलवार ०२:२१

साउन १७, काठमाडौं । प्रदेश २ को स्थानीय तह निर्वाचन जित्न सत्तारूढ नेकपा माओवादी केन्द्रको सिंगो हेडक्वार्टर परिचालित भएको छ । 

माओवादी केन्द्रले स्थानीय तहअन्तर्गत पहिलो र दोस्रो चरणको निर्वाचनमा सन्तोषजनक नतिजा ल्याउन नसकेपछि प्रदेश २ मा राम्रो उपस्थिति जनाउने रणनीति तय गरेर सिंगो पार्टी पंक्तिलाई प्रदेश दुईमा केन्द्रित बनाएको छ । हालै बसेको पार्टी सचिवालय बैठकमा ४० सिट जित्न सकिने आँकलनसहित सिंगो शक्ति प्रदेश २ मा परिचालित हुने निर्णय गरिसकेको छ ।

पार्टीले अध्यक्षसहित शीर्ष नेतालाई निर्वाचन अभियानको अग्रस्थानमा परिचालन गर्ने, उमेदवार छनोटमा विशेष ध्यान दिने, तालमेल प्रभावकारी बनाउनेजस्ता योजना तय गरेको छ । विगत निर्वाचनमा प्रचार संयन्त्र कमजोर भएको निष्कर्षसहित यसपटक प्रचारको कामलाई तीव्र पार्ने रणनीति पनि उसको छ । निर्वाचनलाई केन्द्रित गरेर पार्टी प्रदेश २ को प्रशिक्षण कार्यक्रमअन्तर्गत सोमबार जनकपुरमा भएको कार्यक्रममा माओवादीले सबै शीर्ष नेतालाई मैदानमा उतारेको छ ।

प्रशिक्षणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वमहासचिव रामबहादुर थापा तथा हेडक्वार्टर सदस्य तथा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, हेडक्वार्टर सदस्य हरिबोल गजुरेल, सहरी विकासमन्त्रीसमेत रहेका नेता प्रभु साह, सचिवालय सदस्यहरू उर्मिला अर्याल, विश्वनाथ साह, प्रह्लाद बुढाथोकी, रामकुमार यादव, भरत साह, डाचाराज वाग्लेलगायत उपस्थित बनेका थिए । प्रशिक्षणमा प्रदेश इन्चार्ज मातृका यादव भने अस्वस्थताका कारण उपस्थित हुन सकेनन् । प्रशिक्षणमा अध्यक्ष प्रचण्डले प्रदेश २ मा पार्टीलाई पहिलो बनाउन आग्रह गर्दै युद्धस्तरमा निर्वाचन अभियानमा लाग्न निर्देशन दिए । दाहालले भ्रम चिर्दै पार्टीलाई पहिलो बनाउन खट्न निर्देशन दिए ।

अध्यक्ष प्रचण्डले मधेसी जनताको मुक्तिका लागि १ हजार ३ सय जनाले सहादत गरेको उदाहरण दिँदै मधेसको अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी भएको समेत बताए । उनीहरूले मधेसीलगायत सम्पूर्ण समुदायको माग सम्बोधन हुने गरी माओवादी केन्द्र संविधान संशोधनका लागि प्रयत्नशील रहेको समेत उल्लेख गरेका थिए । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो