साउन १७, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन आगामी २ र ३ भदौमा काठमाडौंमा हुँदैछ । निष्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन आगामी २ र ३ भदौमा काठमाडौंमा हुँदैछ । निष्क"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ वाईसीएलको सम्भावित नेतृत्व

१७ श्रावण २०७४, मंगलवार ०२:२४

साउन १७, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन आगामी २ र ३ भदौमा काठमाडौंमा हुँदैछ । निष्क्रिय जस्तै रहेको वाईसीएललाई सशक्त र सक्रिय बनाउने पार्टी सचिवालय बैठकको निर्णयअनुसार पार्टीले समेत वाईसीएलको सम्मेलनलाई महत्व दिएको पाइएको छ ।

वाईसीएलले राष्ट्रिय सम्मेलनमार्फत १ सय ५१ सदस्यीय कार्यसमिति तथा १५ सदस्यीय पदाधिकारी चयन गेर केन्द्र तथा पार्टीको अन्य सहायक तथा भातृसंगठनलाई चुस्त दुरुस्त संगठन गर्न सबक सिकाइने वाईसीएलका नेता बताउँछन् ।

वाईसीएलले नेतृत्व चयनमा छुट्टै विधि तय गरेको छ । जसअन्तर्गत ४० वर्षमाथिकालार्य उमेर हदबन्दी लाग्ने भएको छ । पार्टीमा अन्य कुनै जिम्मेवारीमा कार्यकारी भूमिका निभाएकाले पनि वाईसीएलमा कार्यकारी पदमा उम्मेद्वारी दिन पाउनेछैनन् ।

उमेर हदका कारण आयोजक समिति संयोजक निबबहादुर कुँवरले सम्मेलनबाट नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पदै बिदा हुनेछन् ।

वाईसीएलको नेतृत्वमा अहिले तीन जनाले आकांक्षा देखाएका छन् । जसमा संगठन विभाग प्रमुख रामप्रसाद सापकोटा, पूर्ववरिष्ठ उपाध्यक्ष लक्ष्मी चौलागाईं र पूर्वउपाध्यक्ष युवराज दुलाल आकांक्षी देखिएका छन् । तर अहिलेसम्म कसैले पनि सार्वजनिक रुपमा उम्मेद्वारी घोषणा गरेका छैनन् ।

वाईसीएलको महासचिव पदमा भने प्रतिस्पर्धाको सम्भावना बढी छ । पूर्वसचिव नरेन्द्र पाण्डे, निर्मल जिसी, पूर्वकोषाध्यक्ष सुबोधराज शेर्पाली, सुमन देवकोटा, नेकपा क्रान्तिकारी माओवादीबाट एकता प्रक्रियाबाट आएका दीपक देवकोटाले पनि महासचिव पदका लागि आकांक्षा देखाएका छन् ।

वाईसीएलले निर्वाचन कार्यविधिमा प्रत्यक्ष निर्वाचन प्रणालीको व्यवस्था गरे पनि प्यानल बनाएर प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने वा सहमतिबाट भन्ने विषय भने टुंगिएको छैन । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो