९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१ हजार युवा स्थायी शिक्षक बन्दै

१८ श्रावण २०७४, बुधबार ०२:०४


साउन १८, काठमाडौं । अस्थायी र राहत कोटाका भरमा चलिरहेका मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन् । 

एकैसाथ ठूलो संख्यामा जोस–जाँगर र क्षमतावान शिक्षकको प्रवेशले सामुदायिक विद्यालयको गुणस्तर कायापलट हुन सक्ने शिक्षाविद औंल्याउँछन् ।

तर, त्यसका लागि शिक्षक सेवा आयोगले भदौ पहिलो साता लिन लागेको परीक्षा सफलतापूर्वक सम्पन्न हुनु अनिवार्य छ ।

आयोगले वर्षौंदेखि अस्थायी रुपमा कार्यरत शिक्षकलाई स्थायी गराउन भन्दै भदौ ३ मा आन्तरिक परीक्षा लिँदैछ । गत वर्ष संशोधित शिक्षा ऐनअनुसार ०४९ अघिदेखि ०७२ सम्म नियुक्ति लिएका २६ हजार अस्थायी शिक्षकको व्यवस्थापन गर्न यो परीक्षा लिन लागिएको हो ।

यसका लागि १९ हजार २ सय ६५ दरबन्दीमा विज्ञापन गरिएकामा १५ हजार ६ सय ९० ले परीक्षा दिँदैछन् । यीमध्ये करिब ९ हजार योग्य शिक्षक स्थायी हुनेछन् ।

भदौ ३ को परीक्षा लगत्तै आयोगले खुला प्रतिस्पर्धाका लागि विज्ञापन खुलाउनेछ् । उक्त विज्ञापनबाट २१ हजारभन्दा बढी नयाँले स्थायी जागिरको अवसर पाउनेछन् । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो