९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परदेशबाट फर्किदा न श्रीमती, न सम्पत्ति: नौमहिने दुधे सन्तान छाडेर हिड्ने यी आमा !

१८ श्रावण २०७४, बुधबार ०३:२१


साउन १८, काठमाडौँ । इस्मा गाउँपालिका ४ सिम्पानीका ३७ वर्षिय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । परदेश हिडेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष एक पटक विदामा घर आउँछन् ।

बिहे भएको १३ वर्ष पुग्यो । श्रीमती, एक छोरा र दुई छोरीसहितको उनको परिवार छ । निकै आनन्दका साथ विदा सकेर थापा प्रदेश फर्कन्थे । तर, उनको यो विदा भने त्यस्तो रहेन् । नौ महिनाको दुधे बालक छोडेर श्रीमती भागेपछि उनको सपना र कल्पना अहिले खरानी बन्यो ।

चार लाख रुपैयाँ बैङ्कबाट निकालेर आउने बहानामा घरबाट सदरमुकाम तम्घास हिडेकी ३० वर्षिय श्रीमति बीनाको अहिलेसम्म अत्तोपत्तो छैन् । जसका कारण थापा पीडा र पश्च्यातापले भावबिह्ल बनेका छन् । ‘भागेको तीन दिन भयो, फर्किएकी छैन, मलाई त डुबे नै,नौ महिनाको दुधे बालकको समेत बिचल्ली पर्‍याे’ उनले भने ।

उनका अनुसार बैङ्कमा भएको १९ लाख रुपैयाँ पनि अहिले खातामा छैन् । घरमा बाँधिएको लैनो भैसी, दुई वटा बाख्रा र एउटा बोको समेत बेचिसकेको छ । उनले इण्डियाको साकेतमा गाडी चलाउँछन् । वर्षको चार लाख कमाउने गरेको उनले बताए । उनले रुदै भने, ‘साइन रेसुङ्कामा खाता खोलेकी छु भन्थि,’ सबै कमाई उसैलाई पठाउँथे, बैङ्कमा बुझियो १९ लाखमा एक रुपैयाँ छैन् ।’ 

गाउँमा आएर बुझदा पहिलेदेखि नै परपुरुषलाई घरमा राख्दै आएको पत्ता लागेको उनले बताए । ‘तड्पाएर गई, बाबु नानीको मुख हेर्नु शिवाय अब मसँग केहि रहेन,’ थापाले भने, ‘अर्कोतिर गाउँभरी उसैका हल्ला छन् ।’

सोमबार इस्मा प्रहरीचौकीमा उजुरी दिएपनि अहिलेसम्म कुनै सूचना नआएको उनले बताए । त्यस्तै प्रहरीको महिला तथा बालबालिका सेल र मुद्दा फाटँमा यो आर्थिक वर्षको शुरुवात मै गुल्मी दरबार गाउँपालिका १ की जमुना पुन हराएको जाहेरी परेको छ । श्रीमान लामो समय कतार बसेर घर फर्कदा श्रीमतिसँगै एक बालक पनि हराएको भन्दै श्रीमान होम बहादुर सतुङ्गे पुनले जाहेरी दिएको सहायक निरिक्षक यादवले जानकारी दिए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो