साउन २०, काठमाडौँ । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट पछि परेको कांग्रेसले तेस्रो चरणमा कमजोर ठाउँमा अन्य दलसँग तालमेल गर्ने भएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, काठमाडौँ । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट पछि परेको कांग्रेसले तेस्रो चरणमा कमजोर ठाउँमा अन्य दलसँग तालमेल गर्ने भएको छ ।&nb"/>
६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी भिड्दै छन् प्रदेश नम्बर २ मा राजनीतिक दलहरू ?

२० श्रावण २०७४, शुक्रबार ०१:३८

साउन २०, काठमाडौँ । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट पछि परेको कांग्रेसले तेस्रो चरणमा कमजोर ठाउँमा अन्य दलसँग तालमेल गर्ने भएको छ । 

प्रदेश नम्बर २ मा कमजोर रहेका तहमा तालमेल गर्न आठवटै जिल्लालाई केन्द्रले सर्कुलर गरेको छ । कांग्रेसले पहिलो र दोस्रो चरणमा सत्तासाझेदार माओवादी केन्द्रसँग केही तहमा तालमेल गरेको थियो ।

‘एक्लै जित्न सक्ने ठाउँमा हामी एक्लै लड्छौँ, एक्लै जित्न नसक्ने ठाउँमा सत्तारुढ दल माओवादी र राजपासँग चुनावी तालमेल गर्छौँ,’ कांग्रेस नेता विमलेन्द्र निधिले नयाँ पत्रिकासँग भने, ‘यसका लागि आठवटै जिल्लालाई निर्देशन दिइसकेका छौँ ।’ भारतसँग सीमा जोडिएका स्थानीय तहमा बलियो भएपनि पूर्व–पश्चिम राजमार्गका झन्डै २० तहमा तालमेल गर्ने पक्षमा कांग्रेस छ । राजमार्ग वरिपरि एमालेको पकड रहेकाले कांग्रेसले माओवादी र राजपासँग चुनावी तालमेलको तयारी गरेको हो ।

प्रदेश नम्बर २ मा केन्द्रित कांग्रेस

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसले यसपटक आक्रमक रूपमा चुनावी तयारी गरेको छ । यसका लागि प्रचारप्रसारको भरपर्दो व्यवस्थासहित संगठन परिचालनलाई पनि निकै प्राथमिकता दिएको छ । सभापति शेरबहादुर देउवाले तेस्रो चरणको निर्वाचनलाई प्राथमिकतामा राख्दै उम्मेदवार चयन पनि छिटै तय गर्ने आश्वासन दिइसकेका छन् ।

प्रदेश नम्बर २ मा बलियो बन्नैका लागि कांग्रेसले यसपटक सरकारमा तराईबाटै तीनजनालाई मन्त्री चयन गरेको छ । फरमुल्लाह मन्सुर बारा, धनुषाका रामकृष्ण यादव र महेन्द्र यादवलाई मन्त्री बनाएको छ । नेता रामचन्द्र पौडेल पक्षबाट रामकृष्ण परेपछि सरकार विस्तारमा महेन्द्रलाई अन्तिम अवस्थामा मन्त्री बनाइएको थियो । तराईकै नेतालाई मन्त्री बनाउँदा निर्वाचनमा कांग्रेसप्रति सकारात्मक सन्देश जाने बुझाइका कारण नेता निधिकै दबाबमा यादवलाई मन्त्री बनाइएको कांग्रेस स्रोत बताउँछ । केही दिनअघि प्रचारप्रसार समितिको छलफलपछि कांग्रेसले १९ साउनमा जनकपुरमा भेला गर्दै छ । भेलामा कांग्रेसका शीर्ष नेताहरूसमेत सहभागी हुनेछन् । भेलाको तयारी गरी कांग्रेस नेता रामचन्द्र पौडेल काठमाडौं फर्किएका छन् ।

तालमेल हुँदा ‘डिस्टिङसन’को आशा

तेस्रो चरणअन्तर्गत २ असोजमा प्रदेश नम्बर २ का १२७ तहमा हुने निर्वाचनमा कांग्रेसले सय सिट जित्ने लक्ष्य लिएको छ । कमजोर ठाउँमा तालमेल गरेर भए पनि लक्ष्य हासिल गर्ने उसको योजना छ । ‘१२७ पूर्णांकमा हामीले सय तहसम्म जित्न सक्ने टार्गेट बनाएका छौँ,’ नेता विमलेन्द्र निधिले भने, ‘कमजोर ठाउँमा कांग्रेसलाई अझै बलियो बनाउन तालमेल जरुरी छ । जसरी भए पनि हामीले प्रदेश नम्बर २ मा डिस्टिङसनको टार्गेट बनाएका छौँ ।’

जनकपुरबाटै पार्टी परिचालनको व्यवस्था

कांग्रेसले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको निर्वाचनमा सिंगो पार्टी परिचालन गर्दै छ । केन्द्रबाट कर्मचारी पठाएर जनकपुरबाट पार्टी परिचालनको व्यवस्थापन गरिएको छ । १२७ वटै तहमा केन्द्रीय नेताहरू खटिने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘प्रदेश नम्बर २ लाई पार्टीले हेडक्वार्टर नै बनाइरहेको छ, अब १२७ वटै तहमा केन्द्रीय प्रतिनिधि खटिनुहुन्छ,’ उनले भने । आठवटै जिल्लामा शीर्ष नेताको उपस्थितिमा सभा गरिँदै छ । उम्मेदवार टुंगिएपछि भदौको पहिलो साताभित्रै सभा गर्ने तयारी कांग्रेसकोे छ ।

कांग्रेसबाहेकसँग तालमेलका लागि एमाले तयार

मोर्चाबन्दी भए एक्लै भिड्ने तयारी कम्तीमा ६० सिट जित्ने आँकलन

एमालेले प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेसबाहेकका दलसँग तालमेलका लागि खुला रहने लचिलो नीति अख्तियार गरेको छ । २ असोजमा आठ जिल्लाका १२७ तहमा हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस देखिएको विश्लेषण गर्दै एमालेले सो पार्टीबाहेकका जुनसुकै दलसँग तालमेल गर्ने नीति लिएको हो । ‘कांग्रेसबाहेकको जुन दल तयार हुन्छ, त्यही दलसँग तालमेलका लागि हामी खुला छौँ,’ एमाले प्रदेश नम्बर २ संयोजक सत्यनारायण मण्डलले भने, ‘राजपाले चुनावमा भाग लिने निर्णय गरेर आवश्यकता ठान्यो भने ऊसँग पनि तालमेल हुन सक्छ, अरू दल लचिलो बने भने स्थानीय आवश्यकताका आधारमा तालमेलका लागि एमाले तयार हुन्छ ।’

मोर्चाबन्दी भए एक्लै भिड्ने तयारी 

कांग्रेसबाहेकका दलसँग तालमेलको नीति खुलै राखे पनि आफूविरुद्ध कांग्रेससहित सबै दलले घेराबन्दी गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको एमालेको विश्लेषण छ । त्यस्तो अवस्थामा सबै तहमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै एमालेले सोहीअनुसार चुनावी तयारीलाई तीव्रता दिइरहेको छ । ‘हामीविरुद्ध सबैले घेराबन्दी गर्ने गरी तालमेल गर्न सक्ने सम्भावना पनि छ, त्यसैले हामीले तयारी पनि त्यहीअनुसार गरिरहेका छौँ,’ मण्डलले भने, ‘जतिसुकै घेराबन्दी भए पनि तोड्दै एक सिट भए पनि बढी जितेर प्रदेश नम्बर २ मा पहिलो दल बन्नेछौँ ।’

कम्तीमा ६० सिट जित्ने आँकलन 

एमालेले प्रदेश नम्बर २ मा न्यूनतम ६० सिट जित्न सकिने प्रारम्भिक आँकलन गरेको छ । ७० प्रतिशत स्थानमा कांग्रेससँगै प्रतिस्पर्धा हुने एमालेको ठम्याइ छ । तर, पर्सा, सर्लाही, रौतहट, सिरहा, सप्तरी र महोत्तरीका ३० भन्दा बढी स्थानीय तहमा राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक नेपाल मुख्य प्रतिस्पर्धीका रूपमा रहने एमालेको विश्लेषण छ । ‘अधिकांशमा कांग्रेससँग प्रतिस्पर्धा भए पनि कतिपयमा मधेसकेन्द्रित दलसँगै हाम्रो प्रतिस्पर्धा हुन्छ, दोस्रो र तेस्रो स्थानमा देखिएका केही ठाउँमा पोजिसन सुधार्दै छौँ,’ मण्डलले भने ।

एमाले नेताहरू जिल्ला दौडाहमा को कहाँ खटिए ?

ईश्वर पोखरेल : बारा, धनुषा 

विष्णु पौडेल : पर्सा

घनश्याम भुसाल : रौतहट

प्रदीप ज्ञवाली : सिरहा, सर्लाही

योगेश भट्टराई : धनुषा

पृथ्वी सुब्बा गुरुङ : महोत्तरी 

गोकर्ण विष्ट : सिरहा 

भीम आचार्य : सप्तरी

भीमबहादुर रावल र सुरेन्द्र पाण्डे : चितवन

आगामी २ असोजमा हुने प्रदेश नम्बर २ को स्थानीय तहको चुनावी तयारीका लागि एमाले महासचिव ईश्वर पोखरेलसहितका पदाधिकारी जिल्लामा खटिएका छन् । उनीहरू एक सातादेखि प्रदेश नम्बर २ का आठ जिल्लाका बैठक, भेलालगायतका चुनावी कार्यक्रममा व्यस्त छन् । नेताहरूले जितका लागि सूक्ष्म अध्ययन गरेर प्रतिवेदन तयार गर्नेछन् । त्यसका आधारमा एमालेले चुनावी रणनीति तय गर्नेछ ।

मधेसकेन्द्रित दलसँग तालमेल गर्ने योजनामा माओवादी केन्द्र

प्रदेश नम्बर २ को निर्वाचनमा माओवादी केन्द्रले अधिकांश स्थानीय तहमा मधेसकेन्द्रित दलसँग तालमेल गर्ने योजना बनाएको छ । सो प्रदेशका धेरै तहमा मधेसी दलको प्रभाव भएकाले त्यहीअनुसार तालमेल गर्ने योजना यसको छ । ‘हामी जित्न सक्ने तहमा एक्लै प्रतिस्पर्धा गर्छौँ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘हामी कमजोर भएका तहमा अरू दलसँग तालमेल गरेर निर्वाचनमा जान्छौँ ।’

राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी र नेपाल लोकतान्त्रिक फोरमलगायतका दलसँग तालमेल हुन सक्ने भुसालले बताइन् । तालमेलका विषयमा स्थानीय पार्टी कमिटीको सुझाब पनि समेटिने प्रदेश नम्बर २ का संयोजक विश्वनाथ साहले बताए । माओवादीको केही दिनअघि बसेको केन्द्रीय सचिवालय बैठकले पनि दोस्रो जनआन्दोलनकारी शक्तिसँग मात्र तालमेल हुने निर्णय गरेको थियो । माओवादीले मधेसमा पहिलो वा दोस्रो शक्तिका रूपमा उदाउने योजना बनाएको छ । मधेसका १ सय २७ तहमध्ये माओवादीले ४४ तह जित्ने अपेक्षा राखेको छ ।

छिटै उम्मेदवार टुंगो लगाइने

केही दिनभित्र सबै तहका उम्मेदवारको टुंगो लगाउने प्रदेश नम्बर २ का संयोजक साहले बताए । ‘अधिकांश तहमा सहमतिमा उम्मेदवार टुंगो लागिसकेको छ,’ उनले भने, ‘टुंगो लगाउनुपर्ने उम्मेदवारको पार्टी हेडक्वार्टरले लगाउँछ ।’

मधेसमै माओवादी केन्द्रीय कार्यालय

माओवादी केन्द्रले पहिलो र दोस्रो चरणको निर्वाचनमा व्यहोरेको क्षति प्रदेश नम्बर २ बाट पूर्ति गर्ने योजनासहित रणनीति बनाएको छ । सो रणनीतिअनुसार निर्वाचन अवधिभर पार्टी केन्द्रीय कार्यालयसमेत प्रदेश नम्बर २ बाटै सञ्चालन गर्ने निर्णय उसले गरेको छ । पार्टी अध्यक्ष प्रचण्डदेखि सबै शीर्ष नेता मधेसमा परिचालित गर्ने माओवादीको तयारी छ । नेताहरू परिचालित हुने जिल्ला तोकिएका छन् । प्रवक्ता पम्फा भुुसालका अनुसार ८० प्रतिशत उम्मेदवार पनि सर्वसम्मत चयन गरिएका छन् ।

राप्रपा अध्यक्षसहितका नेता मधेसमै

राप्रपाले पनि प्रदेश नम्बर २ लाई आफ्नो भोट बैंक भएको दाबी गरेको छ । शीर्ष नेताहरू मधेसमै सक्रिय भएका छन् । १५ साउनबाट प्रदेश नम्बर २ को भ्रमण सुरु गरेका अध्यक्ष कमल थापा बिहीबारसम्म उतै छन् । अध्यक्ष थापाले १५ साउनमा बर्दिबास, १६ गते राजविराज, १७ गते लहान, १८ गते जनकपुर र १९ गते हेटौँडामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

राप्रपाले केन्द्रीयस्तरबाट कसैसँग तालमेल नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीयस्तरबाट तालमेल गर्ने योजना बनाएको छैन । स्थानीयस्तरमै पार्टीलाई फाइदा हुने किसिमले उपयुक्त निर्णय लिने जिम्मेवारी सम्बन्धित तहको पार्टी कमिटीलाई दिइने महामन्त्री जयन्त चन्दले बताए । ‘केन्द्रबाट प्रदेश नम्बर २ को निर्वाचनमा कुनै दलसँग तालमेल गर्ने योजना छैन,’ उनले भने, ‘अन्य दलले पार्टीलाई फाइदा हुने किसिमबाट तालमेलको प्रस्ताव ल्याएमा निर्णय लिने अधिकार सम्बन्धित तहको पार्टी कमिटीलाई दिने योजना छ ।’ -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश