साउन २४, काठमाडौं । अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो । 

उनको मृत्यु 'एच१ एन१ पिडिएम ०९ टाइप ए' नामको भाइरसका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २४, काठमाडौं । अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो । 

उनको मृत्यु 'एच१ एन१ पिडिएम ०९ टाइप ए' नामको भाइरसका "/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्वाइन फ्लु होइन, कडा रुघाखोकी

२४ श्रावण २०७४, मंगलवार ०१:३२


साउन २४, काठमाडौं । अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो । 

उनको मृत्यु 'एच१ एन१ पिडिएम ०९ टाइप ए' नामको भाइरसका कारण उत्पन्न हुने कडाखाले मौसमी रुघाखोकी (यसलाई स्वाइनफ्लु भन्ने गरिएको छ) बाट भएको थियो । उनी मधुमेहबाट समेत पीडित थिइन् ।

जुलाई २४ मा त्यस्तै प्रकृतिको अर्को घटना भयो । कडाखाले रुघाखोकी लागेपछि ढिलो गरी अस्पताल पुगेका बूढानीलकण्ठका २५ वर्षीय युवकको उपचारक्रममा मृत्यु भयो । मृत्युको पृष्ठभूमि खोज्दै जाँदा अत्यधिक मदिरा सेवन गर्ने गरेको भेटियो ।

पोखराका ७६ वर्षीय एक पुरुषको उपचारक्रममा त्यस्तै रुघाखोकीले ज्यान गएको चिकित्सकले बताएका छन् । उनलाई पनि दमको समस्या पहिल्यै भएको र यो रोग लाग्दा ज्यान बचाउन नसकिएको चिकित्सकको भनाइ छ । यो रोग फैलाउन मुख्यतः चार प्रकारका भाइरसमध्ये 'एच १ एन १' सबैभन्दा खतरनाक मानिने चिकित्सक बताउँछन् ।

१६ जुलाईमा झापाका ४७ वर्षीय पुरुषको पनि त्यस्तै प्रकृतिको रुघाखोकीबाट भारतमा उपचारक्रममा मृत्यु भएको थियो । चिकित्सकले उनलाई पहिले 'लिम्फोमा क्यान्सर' बाट पीडित भएको र रुघाखोकीले मृत्युमा सहयोग पुगेको बताएका छन् ।

पछिल्लो तथ्यांकअनुसार यो वर्ष कडा रुघाखोकीबाट १० जनाले ज्यान गुमाइसकेका छन् भने तीन सय ५६ जना बिरामी परेका छन् । पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापामा यो समस्या विकराल बनेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडौं, ललितपुर र पोखराका तीन जनाको मृत्यु यो रोगबाट भएको पुष्टि गरेको छ । महाशाखाले बाँकी मृत्युलाई शंकास्पद भनेको छ । महाशाखाका अनुसार त्यसमा थप अनुसन्धान गर्न बाँकी छ ।

सरकारले काठमाडौं टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बरुण प्रयोगशाला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालालाई मात्रै यो रोग जाँच्ने अधिकार दिएको बताएको छ । अन्य केही स्थानमा छिटो रोग पत्ता लगाउने प्रविधि (किट) सुविधा भए पनि त्यो भरपर्दो नभएको महाशाखाका डा. शर्माले बताए । मृत्युका घटना निजी अस्पतालबाट पनि आएकाले त्यसबारे थप अनुसन्धान आवश्यक परेको उनको भनाइ छ । ती बिरामी रुघाखोकी लागेको, घाँटी दुखेको र हल्का ज्वरो आइरहेका बेला अस्पताल पुगेका थिए ।

नेपालमा पछिल्लो ६ वर्षयता हरेक वर्ष मौसम परिवर्तनका बेला यो रोग फैलिन थालेको छ । सरकारी तथ्यांकअनुसार सन् २०१२ यता यो रोगका बिरामी घट्ने÷बढ्ने भइरहेका छन् । डा. शर्माका अनुसार तापक्रममा परिवर्तन आउने समय खासगरी जनवरीदेखि अप्रिलसम्म र जुलाईदेखि अगस्टसम्म यो रोग फैलाउने 'भाइरस' मौलाउने गरेको छ ।

कस्ता व्यक्तिलाई असर गर्छ ?

चिकित्सकका अनुसार यो रोग सबै मानिसमा देखा पर्न सक्छ । रोगप्रतिरोधात्मक क्षमता बढी छ भने सामान्य औषधिले पनि ठीक हुन सक्छ । तर, उनीहरूमा रुघाखोकीसँगै अन्य कुनै समस्या छ भने गम्भीर असर पर्छ । समयमै उपचार नभए मृत्यु नै हुने गर्छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसिएन डा. अनुप बास्तोलाका अनुसार यो रोगले खासगरी मिर्गौला, क्यान्सर, मुटु, फोक्सोको समस्या भएका, मधुमेह, थाइराइड र एचआईभी संक्रमण देखिएका व्यक्तिमा छिट्टै आक्रमण गर्छ । समयमै उपचार हुन नसके वा रोग प्रतिरोधात्मक क्षमतामा कमी आए ज्यानै जान पनि सक्ने उनी बताउँछन्।

अत्यधिक अल्कोहल सेवन गर्ने, धूमपान गर्ने व्यक्ति, बालबालिका, गर्भवती महिलालगायत पनि यो रोगको जोखिममा पर्ने गरेका छन् । अन्य मानिस पनि यसबाट सचेत हुनुपर्ने तर आत्तिन नपर्ने उनको भनाइ छ । समयमै परीक्षण भए यसको उपचार सम्भव भएको डा. बास्तोलाले बताए ।

यो रोगविरुद्ध खोप पनि लगाउन सकिने चिकित्सकको भनाइ छ । तर, खोप अति महँगो हुने भएकाले सकेसम्म खोप लगाउने अवस्था नआओस् भनेर सचेत हुनुपर्ने चिकित्सकको सल्लाह छ ।

कसरी सर्छ ?

डा. बास्तोलाका अनुसार प्रभावित व्यक्तिको सम्पर्कमा आउँदा हावाको माध्यमबाट सबैभन्दा छिटो सर्ने यो रोगले फोक्सोको 'टिस्यु' मा असर गरी अपर्झट श्वाप्रश्वासमा बाधा पुर्‍याउन सक्छ । यसलाई चिकित्सक 'एक्युट रेस्पिराटरी डिस्ट्रेस सिन्ड्रोम' भन्छन् । यसले गर्दा बिरामी अझ गम्भीर बन्ने गरेका छन् ।

स्वाइनफ्लुको नाममा आतंक

विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग सबैभन्दा पहिले सन् २००९ मा मेक्सिकोको बेराक्रुज इलाकाको सुँगुर फार्ममा देखिएको थियो । त्यसैले त्यो बेला यो रोगलाई 'स्वाइन फ्लु' को नाम दिइएको थियो । विस्तारै यो संसारका धेरै देशमा फैलिएको पाइन्छ । त्यसैकारण संगठनले त्यसलाई 'एच १ एन १ पेन्डेमिक ०९' नामकरण गरेको छ ।

पछि सुँगुरको सम्पर्कमा नआएका मानिसमा पनि यसका भाइरस भेटिएको पाइन्छ । संगठनले यो रोगले स्वस्थ मानिसमा कुनै क्षति नपुर्‍याउने तर पहिले नै कुनै समस्या भएकामा गम्भीर रूप लिने भएकाले 'स्वाइनफ्लु' को भ्रम नछर्न आग्रह गरेको छ । नेपालमा पनि यो समस्यालाई 'स्वाइनफ्लु' को नाममा बेला-बेला सर्वसाधारण आतंकित बन्ने गरेका छन् । पशु स्वास्थ्य निर्देशनालयले यो रोग नेपालमा सुँगुरबाट सरेको नपाइएकाले 'स्वाइनफ्लु' भन्न नहुने भन्दै विज्ञप्ति जारी गरेको छ ।

बच्ने उपाय

- संक्रमितको सम्पर्कबाट बच्नु

- सफा रहनु

- स्तरीय मास्क प्रयोग गर्नु

- खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु

- हाच्छिउँ गरेपछि साबुनपानीले हातमुख धुनु

लक्षण 

- रुघाखोकी लाग्नु

- भोक नलाग्नु

- शिथिलता बढ्नु

- हल्का ज्वरो आउनु

- टाउको दुख्नु

- घाँटी दुख्नु,

- वाकवाकी लाग्नु

कडा रुघाखोकी

- कडा रुघाखोकीबाट यो वर्ष १० जनाको मृत्यु, ३५६ बिरामी

- पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापामा समस्या विकराल

- काठमाडौं, ललितपुर र पोखराका तीन जनाको मृत्यु 'कडा रुघाखोकीबाट' भएको सरकारी दाबी

- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बरुण प्रयोगशाला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालालाई मात्रै यो रोग जाँच्ने अधिकार

- नेपालमा ६ वर्षयता हरेक वर्ष मौसम परिवर्तनका बेला यो रोगको संक्रमण

- जनवरीदेखि अप्रिलसम्म र जुलाईदेखि अगस्टसम्म यो रोग फैलाउने 'भाइरस' संक्रमण बढी

- मिर्गौला, क्यान्सर, मुटु, फोक्सोको समस्या भएका, मधुमेह, थाइराइड र एचआईभी संक्रमण देखिएकामा छिट्टै आक्रमण

- अत्यधिक अल्कोहल सेवन गर्ने, धूमपान गर्ने व्यक्ति, बालबालिका, गर्भवती महिलालगायत पनि जोखिममा  । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश