साउन ३०, काठमाडौं । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । 

ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३०, काठमाडौं । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । 

ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागि"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेरोजगार भएपछि पाइलटले खोले पेट्रोलपम्प

३० श्रावण २०७४, सोमबार ०२:१३


साउन ३०, काठमाडौं । अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । 

ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन्। 

नेपालगञ्जका अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन्। पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपैयाँ खर्च गरे ।

सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न परिवारका अभयले डेढ वर्ष लगाएर अस्ट्रेलियाबाट पाइलट कोर्स अध्ययन गरी नागरिक उड्डयन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन पाएनन् ।

अभयले सन् २००८ मा पाइलट कोर्स पढेर फर्कदा नेपाली ध्वजावाहक नेपाल एयरलाइन्स बन्द प्रायः थियो । नेपाल एयरलाइन्सका जहाज बिग्रेर थन्किएका थिए । बुद्ध र यतीमा जागिर खाने प्रयास गरे पनि अभयले सकेनन् । ‘जागिरको खोजिमा लागेँ, तरु पाइनँ,’ अभय भन्छन्,‘ नेपाल एयरलाइन्स बन्द थियो। बुद्ध र यतीमा जागिर पाइएन।’

मागभन्दा धेरै पाइलट उत्पादन भएपछि जागिर नपाएको उनको भनाई छ। पाइलटको लाइसेन्स अवधि ६ महिनामात्रै हुने गरेको छ। जागिर खोज्दा खोज्दै उनको ६ महिना अवधि सकिहाल्यो ।

आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि उनलाई फ्रस्टेसनसमेत भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले । ६ वर्षदेखि उनले नेपालगञ्जको वीपी चोकनजिक भेरी प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पम्प सञ्चालन गरेका छन् । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु