१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनमोहन मेमोरियल अस्पताल बाहिरबाट हेर्दा मात्र भव्य !

३१ श्रावण २०७४, मंगलवार ००:५६

साउन ३१, काठमाडौं– काठमाडौंको स्वयम्भूमा स्थापित मनमोहन मेमोरियल (प्रस्तावित) मेडिकल कलेज । बाहिरबाट हेर्दा भवन भव्य देखिए पनि नेपाल मेडिकल काउन्सिलले तोकेअनुसारको पूर्वाधार भने उक्त कलेजमा छैन । पर्याप्त जनशक्ति नै नरहेको अस्पताललाई तीन वर्षअघि नै डा. केके ओली नेतृत्वको निरीक्षण टोलीले तोडमोड गरिएको तथ्यका आधारमा मापदण्ड पुगेको भन्दै घुमाउरो भाषामा सम्बन्धनको सिफारिस गरको थियो । 

प्रतिवेदनमा तथ्य नै तोडमोड गरिएको विषयमा सम्पर्क गर्न खोज्दा डा. ओलीले प्रतिक्रिया दिन चाहेनन्। ‘यसबारमा डिनलाई नै सोध्नोस् न,’ उनले यही उत्तर दिएर फोन काटे। ‘कलेजको बेसिक साइन्स, क्लिनिकल साइन्सलगायत विभागमा पर्याप्त जनशक्ति छैन,’ नेपाल मेडिकल काउन्सिलका एक पदाधिकारीले भने, ‘राजनीतिक दबाब र पहुँचलाई आधार मान्ने हो भने बेग्लै कुरा, नत्र पूर्वाधारकै दृष्टिकोणले मनमोहन अस्पताल मेडिकल कलेजको सम्बन्धन पाउन योग्य छैन ।’ अस्पतालमा पर्याप्त प्राज्ञिक जनशक्ति नरहेको स्रोतले बतायो। उक्त अस्पतालमा एनाटोमी, फिजियोलोजी र बायोकेमेस्ट्रीमा समेत पर्याप्त जनशक्ति छैन । अस्पतालमा स्किल्स ल्याबको समेत अभाव छ । त्यसैगरी कलेजमा काउन्सिलको मापदण्डमा उल्लेख भएको कुल शैयाको ७० प्रतिशत बिरामीको चाप पुग्दैन । बिरामीको चाप नभए स्वतः सम्बन्धनका लागि अयोग्य हुन्छ ।

मापदण्डअनुसार शैक्षिक तथा भौतिक पूर्वाधारको अभाव तर सम्बन्धनको प्रयासमा हुने चलखेलमा मनमोहनको नाम संधै अग्रपंक्तिमा आउने गर्छ । त्यसको प्रमुख कारण हो, कलेजमा लगानी गर्ने राजनीतिक अनुहारहरू । एमालेमा क्रियाशील दुई हजारभन्दा बढी सदस्य रहेको मनमोहन स्मृति सहकारीले सञ्चालन गरको अस्पतालमा चर्चित नेताहरू पनि छन्। सहकारीमा नेताहरू भरतमोहन अधिकारी, राजेन्द्र पाण्डे, वंशीधर मिश्र, महेन्द्र पाण्डे, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, प्रकाश ज्वाला, पशुपति चौलागाईं, आनन्दप्रसाद पोख्रेल र सोमप्रसाद पाण्डेलगायतको लगानी छ । ‘यसै त मेडिकल कलेजका सञ्चालकहरू शक्तिशाली र पहुचवाला हुन्छन्,’ धरानकोबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति मदन उपाध्याय भन्छन्, ‘त्यसमाथि सिंगो पार्टी नै यो अभियानमा सक्रिय छ ।’ – कृष्ण ज्ञवालीले आजको कान्तिपुरमा लेखेका छन्  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु